Washington DC, US : July 30, 2025, Wednesday 10:57 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

दक्षिण एशियाका मुलुकहरूसँग तुलना गर्दा नेपालको स्थिति कहाँ छ ? रेमिटेन्समा आधारित नेपालको प्रगति, केही चार्टहरू सहितको व्याख्या : डा. सुर्यराज आचार्य

  NepalMother.com | २३ चैत्र २०८१, आईतवार ०९:२४

रेमिटेन्समा आधारित नेपालको प्रगति ! विगतको तुलनामा नेपालको प्रगति कस्तो देखिन्छ ? दक्षिण एशियाका मुलुकहरूसँग तुलना गर्दा केहि प्रमुख आर्थिक सूचकहरूमा नेपालको स्थिति कहाँ छ ? केही चार्टहरू सहितको व्याख्या :
१९७०–८० को दशकमा नेपाल, भारत, बंगलादेश र भुटानको प्रतिव्यक्ति आयको अवस्था लगभग उस्तै थियो। १९९० पछि, सम्भवतः ग्लोबलाइजेसन र विश्वव्यापी आर्थिक उदारीकरणको प्रभावले, दक्षिण एशियाका अधिकांश देशहरूमा आर्थिक विकासले तीव्र गति लियो। तर, ती सबै देशहरूले नेपाललाई पछि पारे।
नेपालको आर्थिक–सामाजिक प्रगतिका कतिपय देखिने सूचकहरू मुख्यतः रेमिटेन्समा आधारित छन्। रेमिटेन्समा आधारित प्रगति भनेको कुनै ईलम र पौरख बिना, पुर्खाले जोडेको जमिन बेचेर महँगो गाडी चढ्दा र पाँचतारे होटलमा छोराछोरीको बिहेको पार्टी गर्दा देखिने गुदीविहीन र अस्थायी सम्पन्नता जस्तै हो।
दक्षिण एशियाका अन्य देशहरूको आर्थिक वृद्धि नेपालभन्दा बढि त छ नै, साथै उनीहरूको वृद्धिको आधार आफ्नै देशभित्रका उद्योग, रोजगारी र उत्पादन प्रणाली हुन्। तर नेपालको वृद्धि मुख्यतः वैदेशिक रोजगारीमा गएका युवाको श्रमबाट कमाइएको रेमिटेन्समा आधारित छ। हाल नेपालको रेमिटेन्स आय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५ प्रतिशत छ, जबकि अन्य दक्षिण एशियाली देशहरूमा यो आँकडा करिब ३ देखि ७ प्रतिशतको हाराहारीमा मात्र छ। मूलत: उच्च रेमिटेन्स आयले नै नेपालको अर्थतन्त्रको सेवा उद्योग चलायमान छ, सरकारी राजस्व सिर्जना गरेको छ।
एकातिर, देशभित्रै उद्योगधन्दा, उत्पादन र रोजगारीको अवसर नहुँदा नेपाली युवा विदेशिन बाध्य छन्। अर्कातिर, ऊर्जाशील र सिर्जनशील श्रमशक्तिको अभावले देशभित्र उद्योग र उत्पादनका सम्भावना झनै चुनौतीपूर्ण बन्दै छन्। यो दुश्चक्र झन्-झन् कसिलो हुँदै गएको छ। तत्कालका लागि रेमिटेन्सले अर्थतन्त्र धानीरहेको छ, र जसोतसो देश चलिरहेको छ।
रोजगारी वा शिक्षाको अवसरका लागि युवाको विदेशिने प्रवृत्तिको सामाजिक असर झनै कहालीलाग्दो बन्दै गएको छ। अबका धेरै युवाहरू तत्कालको रोजगारीका लागि मात्र हैन, दीर्घकालीन भविष्यको लागि पनि नेपाल छाड्ने मनस्थिति बनाउन थालेका देखिन्छन्। दाम्पत्य जीवन सुरु गर्ने उमेरका नेपाली युवा संसारभरि छरिएका छन्, जसका कारण विवाहबरीको सन्दर्भमा परिवारहरूको चिन्ता बढ्दो छ। उपयुक्त जीवनसाथी भेट्टाउन नेपाली युवाहरूका लागि झन् कठिन बन्दै गएको छ। बच्चा जन्माउने उमेरका नागरिकहरू ठूलो संख्यामा देश छाडिरहेकाले नेपालका प्राथमिक तहका विद्यालयहरूमा बालबालिकाको संख्यामा उल्लेखनीय गिरावट देखिन थालेको छ।
तर नेपालको राजनीतिक संस्थापनको नेतृत्व तह यो दुश्चक्रबारे बेखबरजस्तो देखिन्छ। सामान्य रोजगारीका लागि घरपरिवार छाडेर विदेशिन बाध्य नागरिकको ‘गणतान्त्रिक लोकतन्त्रले के दियो?’ भन्ने प्रश्नमा केही नेताको “तपाईंको हातमा पासपोर्ट दियो, अब संसारको जुनसुकै ठाउँमा गएर काम गर्न सक्नुहुन्छ” भन्ने जवाफ आफैँमा उदेकलाग्दो छ।
केही वर्षयता नेपालको व्यापार घाटा अत्यधिक बढेको छ। नेपालको निर्यात, आयातको मात्र १३.४ प्रतिशत झरेको छ। यस्तो फराकिलो व्यापार घाटा अहिले रेमिटेन्सकै माध्यमबाट परिपूर्ति गरिएको छ। यदि खाडी मुलुकहरूमा कुनै संकट आयो र ठूलो संख्यामा नेपाली श्रमिक फर्कनुपर्ने अवस्था आयो भने, त्यसले नेपालमा अझ ठूलो संकट निम्त्याउन सक्छ। अहिले नेपाल खाद्यान्नसमेत आयातमा निर्भर छ, र एकपटक खेती छाडेको जनसंख्यालाई पुनः कृषिमा फर्काउनु सजिलो हुँदैन।
खोक्रो हुँदै गरेको अर्थतन्त्रको यो अवस्थालाई अर्थ्याउँदा राजनीतिसँग जोडेर ‘आशावादी’ र ‘निराशावादी’ को रुपमा कित्ताकाट गर्ने प्रवृत्ति झन् अचम्म लाग्दो छ। विकासका केहि सतही सूचांक देखाउँदै प्रचारबाजीमा रमाउनु भन्दा राज्य प्रणालीमा उल्लेख्य संरचनात्मक सुधार मार्फत समस्याको जरोमा पुगेर सम्बोधन गर्न आवस्यक भैसकेको छ। यो विषयमा राजनीतिक संस्थापनको बेलैमा गंभिर ध्यान पुगोस्।
नोट: यी चार्टहरू क्रेडिटसहित सार्वजनिक बहसका लागि जो–कोहीले प्रयोग गर्न सकिने छ।

May be an image of text that says 'GDP per capita, South Asian Countries दक्षिण एशियाली देशहरुको प्रति व्यक्ति GDP, 1961-2023 US$ (constant 2015) 5000 L51 4500 4000 အ 3000 3500 USs 2500 2000 ថី 1500 Sri Lanka Bhutan PI 1000 500 India Bangladesh Pakistan Nepal 9 96 1961 Sri Lanka Bhutan Data source: World Bank, WDI; Graphics by: Surya R Acharya India Bangladesh Pakistan -Nepal'

May be an image of text that says 'Personal remittance inflow रेमिटेन्स आयको प्रवाह (1991-2023) %ofGDP % of GDP 30 Nepal 25 20 Sri Lanka Bangladesh 15 Pakistan- 10 India Bhutan 5 66 266568 90% 656 200 2009 2011 2013 2015 2017 2019 2021 2023 Data source: World Bank, WDI; graphics by Surya bntsuwewer.k..o.m.mom.r R Acharya'

May be an image of text that says 'Exports as % of Imports आयातको कति % निर्यात? South Asian Countries, 1980-2024 120 100 80 60 40 नेपाल 20 0 1980 1986 10O 000 2006 2008 2010 2012 2014 2016 2018 2020 2022 2024 -India SriLanka Sri Lanka -Bangladesh Pakistan Bhutan - Data source: World Bank, WDI; Nepal's 2024 (first 8 months, GoN); graphics by Surya R Acharya'

No photo description available.

No photo description available.

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।