Washington DC, US : July 27, 2026, Monday 02:31 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

“अहिले दक्ष जनशक्ति छिमेकी देशहरूबाट ल्याउनुपर्ने अवस्था छ” - चन्द्र ढकाल, अध्यक्ष - नेपाल उद्योग वाणिज्य महासंघ

  NepalMother.com | २३ चैत्र २०८१, आईतवार ०७:५५

हाम्रा परम्परागत कानुनलाई परिवर्तन गर्न सांसदहरूले तदारुकता देखाउनुभयो । यसमा धन्यवाद दिनुपर्छ । ऐन परिवर्तन भएर मात्र पुग्दैन, त्यसानुसार कार्यविधि र नियमावली पनि चाँडै बनाउनुपर्छ । अहिले कतिपय हाम्रा राम्रै कानुन छन् । तर, कार्यान्वयन गर्ने कुरामा हाम्रो मनोवृत्ति सुधार गर्नुपर्छ ।

अहिले मन्त्रालय–मन्त्रालयबीच समन्वय छैन । मन्त्रालय–विभागबीच समन्वय छैन । अर्थ मन्त्रालयले राजस्व उठाउनेभन्दा अरू सोच्न सकेको छैन । उद्योगधन्दा बढाएर बढीभन्दा बढी व्यावसायिक क्रियाकलाप बढाउने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउने र त्यसबाट आउने राजस्व सरकारले खर्च गर्ने संयन्त्र बनाउनुपर्ने हो ।

अहिले वन तथा वातावरण मन्त्रालयको कुरा वन काट्नै हुँदैन भन्ने छ । नेपाली सेनाको प्रधानसेनापतिले एउटा रुख काट्न ६ महिना लाग्यो भन्नुभयो । जबसम्म हाम्रो समूहिक हिसाबको वातावरण बन्दैन, हामीले यथार्थमै परिवर्तन गर्न सक्दैनौँ । त्यस्तै, परिवर्तन भएका नीति कार्यान्वयनमा लान सकियो भने छोटो समयमा धेरै गर्न सकिन्छ ।

अहिले अर्थतन्त्र चलायमान नभएको अवस्थामा पनि सरकारको तर्फबाट सानो नीतिगत सुधार गर्न सकियो भने त्यसले आर्थिक क्रियाकलाप बढाउन सक्छ । निजी क्षेत्रले उठाउने विषयहरू केवल निजी क्षेत्रले फाइदाको लागि मात्र हुँदैनन् । जनताको यस्तो धारणा बदलिनुपर्छ ।

कुनै एउटा लगानीकर्ताले उद्योगमा लगानी गरेर उद्योग चलायो भने त्यहाँ पाउने रोजगारीले राज्यको दायित्व केही हदसम्म पूरा गर्छ । यस्ता उद्योगबाट राज्य सञ्चालनका लागि राजस्व प्राप्त हुन्छ । जनतालाई दिने सेवा पनि थपिन्छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ ।

सरकारमा जाने राजनीतिक दलका नेताहरूले निजी क्षेत्र नै रहेर आर्थिक समृद्धिको सहयोगी भनेर बुझिसक्नुभएको छ । बाहिरी देशमा कर तिर्नेलाई सम्मान गरिन्छ । जो करदाता हुन्छ, उसलाई इज्जत हुन्छ । जबसम्म हामीले कर तिर्नेलाई सम्मान गर्न सक्दैनौँ, तबसम्म राज्यले चाहेको परिणाम आउन सक्दैन ।

अहिले भएको कानुनको परिवर्तनलाई निजी क्षेत्रले स्वागत गरेको छ । कानुन परिवर्तनको गतिअनुसार नियत र तलबाट कामको परिणाम आयो भने त्यसले पूर्ण रूपमा रिजल्ट दिन्छ ।

अहिले हामीलाई स्किल (सीप) भएका जनशक्तिको खाँचो छ । तर, बजारमा दक्ष जनशक्ति पाइँदैन । अहिले सरकारले यथार्थमै दक्ष जनशक्ति तयार गर्न पहिलो प्राथमिकता दिनुपर्छ । उदाहरणको लागि फिलिपिन्स र नेपालबाट बाहिरी देशमा काम गर्न जानेहरूको तुलना गर्दा नेपालको न्यून छ । नेपाली कामदारले ५०० डलर प्राप्त गर्दा फिलिपिन्सको कामदारले प्रतिमहिना २५ सय डलर पाउँछ ।

भरसक हामीले दक्ष जनशक्ति तयार गर्नुपर्छ । अहिले पनि हामीलाई चाहिने दक्ष जनशक्ति छिमेकी देशहरूबाट ल्याउनुपर्ने अवस्था छ । यस्ता जनशक्ति यही नै तयार गर्नुपर्छ । स्वरोजगार बनाउने हिसाबमा पनि दक्ष जनशक्ति तयार पार्नुपर्छ । यो अत्यन्त आवश्यक काम हो ।

संरचनागत सुधार र सुशासनको कुरामा पनि ध्यान दिनुपर्छ । जनतासँग जोडिने सेवालाई डिजिटलाइजेसन गर्नुपर्छ । यसरी डिजिटलाइज हिसाबमा जाँदा अटोमेटिक रूपमा सिस्टमले काम गर्छ । अहिले हामीले धेरै झमेला भोग्नुपरेको अवस्था छ ।

लगानी बढाउन राजनीतिक स्थायित्वभन्दा नीतिगत स्थायित्व हुनुपर्छ । किनभने, जापान, थाइल्यान्डलगायत अन्य देशमा पनि राजनीतिक परिवर्तन हुन्छ । तर, लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता महत्त्वपूर्ण छ । अहिले आएका कानुनलाई सरकारले कार्यान्वयन गर्न सक्नुपर्छ ।

कर तिरेर सबै क्लियर गर्‍यो, तीन वर्षपछि तपाईंको फेरि ट्याक्स तिर्नुपर्ने रहेछ भन्ने अवस्था आउँछ । यस्ता भूतप्रभावी जुन कानुनका कुरा छन्, त्यसले गलत सन्देश दिएको छ । यसका लागि पनि स्थिर कानुन चाहिन्छ । स्थिर कानुन भए भने लगानीकर्ताको आत्मविश्वास बढ्छ ।

विदेशबाट लगानी भित्र्याउनेले पहिला हामी (निजी क्षेत्र)सँग देशमा कानुन र लगानीको वातावरण कस्तो छ भनेर बुझ्छन् । लगानी भित्र्याउन पहिलो चरणमा व्यवसायीहरूबीच छलफल हुन्छ । यहाँका लगानीकर्ताको आत्मविश्वास बढाउने गरी स्थिर नीति बनाउन सकियो भने साँच्चिकै परिणाम आउँछ । अर्काे कुरा, नियामक र सेवाप्रदायक (रेगुलेटर र अप्रेटर) छुट्ट्याउनैपर्छ ।

बैंकहरूले बढी नाफा गरे भन्ने कुरा पनि सुनिन्छन् । तर, औसतमा बैंकको नाफा डबल डिजिजभन्दा तल नै छ । पहिले बैंकहरूले कमाएका थिए होला । तर, अहिले यो अवस्था छैन । बैंकले नाफा कमाउनैपर्छ । यदि, बैंकको नाफा भएन भने तपाईं हाम्रो पब्लिकको पैसा राखेको डिपोजिटको ब्याज नआउन सक्छ । एउटा बेसिक लेवलको नाफा भएन भने बैंकमा निक्षेपकर्ता लाइन लागेर डिपोजिट झिक्ने काम हुन्छ । यसका लागि पनि एउटा मिनिमम लेवलको नाफा हुनुपर्छ । तर, ऋणी र बैंकर दुवैलाई सेभगार्ड गर्ने हिसाबले पोलेसी आउनुपर्छ ।

निजी क्षेत्र पारदर्शी हुनुपर्छ । यसमा म सहमत छु । पहिलेको जस्तो निजी क्षेत्र अहिले छैन । अहिले हरेक कुरा पारदर्शी छ । कसैले चाहेर पनि कुरा लुकाउन सक्दैन ।

अहिले सरकारले कानुनमा ल्याएको परिवर्तनमा निजी क्षेत्र सकारात्मक छ । विदेशीहरू पनि नेपालमा लगानी गर्न तयार छन् । हामीले थाइल्यान्डका व्यवसायीसँग पनि कुरा गरेका छौँ । हामी आशावादी छौँ ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शनिबार काठमाडौंमा आयोजित एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा व्यक्त गरेको विचार ।)

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor