Washington DC, US : November 10, 2025, Monday 10:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

मानब अधिकार आयोग चर्को आलोचना पछि एक हप्तामा बल्ल जाग्यो सामाजिक संजालमा चर्को आलोचना पछि १ हप्तामा बल्ल जाग्यो, तर अझै निद्रामै देखियो बिज्ञप्ति हेर्दा ! 

  NepalMother.com | २१ चैत्र २०८१, शुक्रबार ०८:५४

राष्ट्रिय मानब अधिकार आयोग को यो साइन बोर्डमा जस्तै आयोग यता हो कि उता केहि पत्तो नलागेको अबस्थामा देखियो। आफ्नो काम कर्तब्य र अधिकार मा आयोग चुकेको भनेर सर्बत्र आलोचना मात्र भएको छैन यस्तै हो भने यो आयोग खारेज गरिदिए हुन्छ काम छैन भन्ने सम्मका टिका टिप्पणी पनि भैरहेका छ अहिले। राष्ट्रिय मानब अधिकार आयोग सामाजिक संजालमा चर्को आलोचना पछि १ हप्तामा बल्ल जाग्यो, तर अझै निद्रा मै देखियो बिज्ञप्ति हेर्दा !

तीनकुने लगायत क्षेत्रमा चैत्र १५ गते भएको घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र यस आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यमहरुमा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

राष्ट्रिय मानब अधिकार आयोग भन्छ : ‘घटनामा भएको क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर आयोगमा थप उजुरी र ज्ञापनपत्रहरु समेत प्राप्त भएका छन्, घटनाको गाम्भीर्यता र उजुरीहरु समेतलाई मध्येनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन/अनुसन्धान गरिरहेको छ । छानविन/अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा आयोगले आवश्यकताअनुसार विशेषज्ञहरुको समेत सहयोग लिनेछ ।’

 

नेपाल प्रेसका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिनिधिमण्डलले घरमै नजरबन्द रहेका राजावादी नेता नवराज सुवेदीलाई भेटेको छ । आज गैरीधारास्थित सुबेदीको निवासमा पुगेर आयोग पदाधिकारीले भेटेका हुन् ।
गत चैत १५ गतेको तीनकुने केन्द्रित आन्दोलनपछि सुवेदीलाई सरकारले नजरबन्दमा राखेको छ । त्यस दिन उनी मञ्चमै रहेका बेला प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि उनलाई नेता कार्यकर्ताले निकालेर सुरक्षित स्थानमा राखेका थिए ।

यो घटनामा प्रहरी दमन भएकोप्रति आँखा चिम्लिएको भन्दै चौतर्फी आलोचना भएपछि आयोगले आज प्रतिनिधिमण्डल पठाएको हो । आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको टोलीमा तीनजना थिए । उनीहरुले करिब ४५ मिनेट सुवेदीसँग छलफल गरेको स्रोतले बतायो ।
सुवेदीले आयोग प्रतिनिधिसँग यतिञ्जेल मौनता साँधेकोमा कटाक्ष गरेका थिए । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बल्ल तपाईंहरुको होश खुल्यो ? यतिञ्जेल कहाँ हुनुहुन्थ्यो ?’
जवाफमा दुवाडीले पहलकदमी लिन ढिलाइ भएकोमा दुःख व्यक्त गरेको पारिवारिक स्रोतले बतायो ।

सुवेदीले ८७ वर्षको वृद्धलाई टियरग्याँस हानेर शान्तिपूर्ण सभाबाट लखेटिएको गुनासो गरे । ‘यो देशमा ज्येष्ठ नागरिकहरुप्रति गरिने व्यवहार के छ भन्ने यही घटनाबाट थाहा हुन्छ’, उनले भने ।

सुवेदीलाई भेटेपछि आयोगले विज्ञप्ति निकाल्दै उनलाई विनापुर्जी प्रहरी निगरानीमा राखिएको बताएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिका तर्फबाट प्रबक्ता स्वागत नेपालले एक प्रेस बिज्ञप्ति जारी गर्दै देशभक्तिपूर्ण प्रदर्शनमा सहभागीहरु, राष्ट्रवादीहरुका लागि निःशुल्क कानुनी सेवा दिने कुरा सार्बजनिक गरेका छन्। उनले भनेका छन् :
आदरणीय देशभक्त राष्ट्रवादी दाजुभाइ दिदीबैनीहरु
तीनकुनेमा भएको राज्यआतंकबाट प्रताडित शान्तिपूर्ण सभामा सहभागी राष्ट्रगान गाउँदै गर्दा कायर सरकारले चलाएको अश्रुगोलीवर्षा खप्न नसकी प्रतिरक्षामा भागदौड गर्ने देशभक्त राष्ट्रवादी नागरिकहरुलाई अझै पनि कानुन विपरित धरपकड गरिएका छन् । घाइतेहरु उपचार गर्न र फलोअपमा अस्पताल जाँदा अस्पतालबाटै पक्राउ गरिएका कारण उपचार र फलोअपमा अस्पताल जान समेत सकिरहेका छैनन् । कानुनी प्रक्रियाका बारेमा थाहा नभएका कारण हिरासतमा भएका कयौं साथीहरुले उपचार र परामर्श समेत पाइरहेका छैनन्। आफ्ना साथीहरु पक्राउ पर्दाको तथा आफूले आगलागीको समयमा उद्धार गर्दाको फोटो भिडियो पोष्ट गर्दा वा सो फोटो भिडियोमा उद्धार गर्ने क्रममा देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको समेत खबरहरु आएका छन् ।
अतः ती सबै अवस्थामा रहेका र हिरासतमा भएका साथीहरुलाई यस संयुक्त जनआन्दोलन परिचालन समितिको अनुरोधमा स्वतन्त्र निष्पक्ष तथा देशभक्त कानुन व्यवसायीहरुले निशुल्क रुपमा बहस पैरवी गरिदिनुहुने भएको हुँदा यो सूचना प्राप्त गर्ने सबैले त्यस्तो परिवारका सदस्य आफन्तहरुमा सम्पर्कका लागि जानकारी गराइदिनु हुन वा इमेल deshbachaau@gmail.com मा पूर्ण विवरण पठाइदिनु हुन पनि अनुरोध गर्दछौं । यसका लागि पहिलो चरणमा निम्न वरिष्ठ अधिवक्ता तथा अधिवक्ताज्युहरुले कानुनी उपचार प्रदान गर्नुहुनेछ । (पुनश्चः वास्तविक आन्दोलनकारीबाहेक प्रत्यक्ष रुपमा भिडियोहरुमा रक्सी आदि लुटपाटमा संलग्न देखिएका र आन्दोलनमा घुसपैठ गरी आन्दोलनलाई बदनाम गराउन सहभागी भएकाहरुका हकमा यो सूचना लागू हुने छैन ।) तपशील बमोजिम सम्पर्क गर्नुहुन अनुरोध छ
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने ९८५१०३४९१५
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ ९८४९४५११५५
डा. ज्ञान कु बस्नेत ९८५१०८४२७८
अधिवक्ता कुन्ती शाही ९८५१०४०७७६
अधिवक्ता हरि प्रसाद कटेल ९८४११८९२६१
अधिवक्ता कृष्ण प्रसाईं ९८५१०९२७९८
मणिराम उपाध्याय ९८५१२२६७९८
अधिवक्ता युबराज कोइराला ९८५१०७०२००
अधिवक्ता विनोद थापा ९८४१३५८०२३
अधिवक्ता रादिका चम्लागाईं ९८४२६३४८४३
निकेश धिताल ९८६२१३४३३३

~ स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

May be an image of text

राप्रपा आज पनि सडकमा

यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्ताको रिहाइ मागसहित आज काठमाडौंमा जुलुस निकालेको छ । जुलुसको अगुवाइ पार्टीका दुई वयोवृद्ध नेताहरु पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले गरे ।

नेता-कार्यकर्तामाथिको झूटा मुद्दा खारेजी र निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गर्दै आजको प्रदर्शन राप्रपाको उपत्यकाका तीन जिल्ला समितिले गरेका हुन् । पार्टीकै झन्डा बोकेर गरिएको प्रदर्शनमा सरकारविरोधी नाराहरु लगाइएको थियो ।

 

८३ वर्षीय राणा र ८१ वर्षीय डा. लोहनी जुलुसको अग्रभागमा थिए । राप्रपाले मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने तथा घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

     

Photos : Nepal Press

चैत्र १५गतेको घट्नामा हिँसा भड्काउनमा सरकार स्वयम् जिम्मेवार भएको विभिन्न तथ्यहरुले प्रमाणित गरेकोछ। सत्यतथ्य छानविनका लागि सर्वोच्चका पूर्व न्यायाधीशको संयोजकत्वमा मानवअधिकार आयोग र नागरिक समाज समेत संलग्न भएको न्यायिक छानविन समिति गठन हुनुपर्छ : राप्रपा

May be an image of 14 people

May be an image of text
May be an image of text

 


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।