Washington DC, US : October 24, 2025, Friday 09:30 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

शेरबहादुर देउवालाई जिताउन लागेका ११ नेता नै देउवा निवास बुढानीलकण्ठमा भेला भए पछि

  NepalMother.com | १२ फाल्गुन २०८१, सोमबार ०१:२०

नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशमा सभापतिमा शेरबहादुर देउवालाई जिताउन लागेका ११ नेता केही दिनअघि देउवा निवास बुढानीलकण्ठमा भेला भए । भेलामा देउवासँग नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै इतरसमूहका नेताहरू डा. शेखर कोईराला र महामन्त्री गगन थापाले अभियान तिब्र बनाएको मात्रै बताएनन्, आफूहरूमध्य एक जनालाई संस्थापनको उम्मेदवार तोक्न आग्रह गरे । जसलाई तोके पनि आफूहरू एक ठाँउमा रहने उनीहरूको भनाइ थियो ।
नेताहरूको त्यो आग्रहपछि देउवाले काँग्रेस–एमालेबीच १७ असारमा भएको सहमति देखाउँदै वर्तमान आफू नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष थप्ने प्रश्ताव गरे । दुई दलबीच भएको सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने,’ उल्लेख छ ।
यो सहमति अनुरुप २०८३ असार २९ गतेसम्म प्रधानमन्त्री हुने र त्यसपछि काँग्रेस सभापतिमा हैसियतमा आफू प्रधानमन्त्री हुने भएकाले त्यसपछि मात्रै महाधिवेशनको प्रक्रिया शुरु गर्ने देउवाले बताए । देउवाले त्यसअघि पार्टीको महाधिवेशन भएमा आफू विधानतः सभापति हुन नसक्ने भएकाले सहमतिमा काँग्रेस सभापतिको हैसियतमा भनिएको प्रधानमन्त्री बन्न गाह्रो हुने तर्क नेताहरूसँग गरे । नेताहरूकाअनुसार देउवाले भनेका थिए ‘म ०८२ भित्रै महाधिवेशन गर्ने पक्षमा थिएँ । तर सातबुँदे सहमतिअनुसार करिव डेढ वर्षपछि मात्र काँग्रेसले सरकारको नेतृत्व पाउँछ । सात बुँदे सहमतिमा ओलीपछि मैले सरकारको नेतृत्व गर्ने उल्लेख छ । महाधिवेशनपछि म सभापति हुन्न र प्रधानमन्त्री हुने सम्भावना पनि खस्किन्छ ।’
देउवाको आग्रहपछि ११ भाई नेताहरू २०८३ साउनबाट महाधिवेशनको प्रक्रिया शुरु गर्न तयार भए । महाधिवेशनको प्रक्रिया २०८३ साउनमा शुरु गर्न वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नुपर्छ । काँग्रेस विधानमा पार्टीको केन्द्रिय समितिलगायत सबै समितिको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ । कारण देखाएर काँग्रेस केन्द्रिय समितिले कारण देखाएर एक वर्ष थप्न सक्छ ।
काँग्रेसको विधानको दफा ४३ मा लेखिएको छ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रिय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।’
संस्थापन पक्षीय उच्च तहका नेताहरू सहभागी बैठकमा देउवाको त्यस्तो आग्रहपछि बाहिर आएर नेताहरूले काँग्रेस महाधिवेशन २०८२ मंसिरमा सम्भव नभएकोले वर्तमान केन्द्रिय समितिको म्याद एक वर्ष थप्ने बताए । बैठकमा सहभागी प्रवक्ता डा. प्रकाशशरण महतले २०८२ मंसिरसम्म महाधिवेशन गर्न सम्भव नभएको बताए ।
त्यसलाई थप स्पष्ट पार्न ३ फागुनमा प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिरभित्र सम्भव नभएकाले वर्तमान कार्यसमितिको म्याद केन्द्रीय कार्यसमितिले थप्ने बताए । ‘पार्टीको १५ औँ महाधिवेशन केही समय पछि सर्नसक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ । विधानतः वर्तमान कार्यसमितिको म्याद एक वर्ष छ महिना थप्न सकिने भएपनि कति समय थप हुन्छ केन्द्रिय समितिको बैठकले निर्णय गर्छ,’ प्रवक्ता डा. महतले पत्रकारहरूसँग भनेका थिए ।
११ भाइको त्यो भेला अघिसम्म काँग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोईरालाले महाधिवेशन तोकिएको समयमा हुनुपर्ने बताउँदै आएका थिए । महामन्त्री गगनकुमार थापाले पनि महाधिवेशन ०८२ मंसिरभित्र हुने बताउँदै आएका थिए ।
त्यसपछि केन्द्रिय समिति बैठकले एक वर्ष म्याद बहुमतले थपे पनि त्यसअघि चार वर्षमै महाधिवेशन गर्नुपर्छ भनेर डा.कोइराला र महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा बोल्छन् भन्नेमा काँग्रेस नेता कार्यकर्ता थिए । धेरै नेता कार्यकर्ताहरूले त अनौपचारिक रूपमा काँग्रेसमा अहिलेसम्म कार्यकाल सकिएर केन्द्रिय कार्यसमितिले एक वर्ष म्याद नथपी महाधिवेशन भएको इतिहास नभएको भन्ने प्रश्न गर्दा पनि डा. कोईराला र महामन्त्री थापाले सभापति देउवा र संस्थापनलाई दबाब दिएर निरन्तरतामा क्रमभंगता गर्छन् समेत भन्ने गर्दथे ।
तर डा. कोईराला र महामन्त्री थापाले संस्थापन पक्षीय नेताहरूको अनौपचारिक भेलाको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने सहमति स्वीकार्य रहेको भावना झल्कने अभिव्यक्ति दिएका छन् ।
फागुन ८ गते सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै डा. कोईरालाले २०८२ मंसिरभित्र महाधिवेशन गर्नपर्छ भनेनन् । बरु पार्टी विधान र संविधानमा भएको व्यवस्थासहित वर्तमान कार्यसमितिको म्याद डेढ वर्ष थप गर्न सकिने बताए ।
‘वर्तमान कार्यसमितिको म्याद २०८२ संसिरमा सकिन्छ । पार्टी विधान र संविधान अनुसार थप डेढ वर्ष कार्यसमितिको म्याद थप्न सकिन्छ । त्यो समयभित्र महाधिवेशन गर्नुपर्छ । २०८४ को निर्वाचनपछि पार्टी महाधिवशेन गरे पार्टी झन् कमजोर हुन्छ । निर्वाचन अघिनै गर्नुपर्छ,’ डा.कोइरालाले भने ।
महामन्त्री थापाले शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरूसँग पार्टीको १५ औँ महाधिवेशन विधानले तोकेको समयभित्र हुने बताए । विधानले तोकेको समय भनेको चार वर्षे कार्यकाल र त्यसमा केन्द्रिय समितिले कारण खुलाएर एक वर्ष थप्न मिल्ने समय हो ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन कहिले हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा महामन्त्री थापाले भने, ‘महाधिवेशनका सवालमा हामीले आफ्नो प्रक्रियाहरू सुरु गरिसकेका छौँ । महाधिवेशन पार्टीको विधानले तोकेको जुन समय छ, त्यो समयको सीमाभित्र हुन्छ ।’
विधानको धारा १७ को उपधारा (१) अनुसार, पार्टी केन्द्रीय महाधिवेशन केन्द्रिय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुने उल्लेख भएपनि सोही विधानको धारा ४३ को पदावधि सम्बन्धी व्यवस्थाले असाधारण स्थिति भएमा केन्द्रिय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने उल्लेख छ । महामन्त्री भनेजस्ते विधानले तोकेको समय सीमा विधानको धारा १७ बमोजिम हो अथवा धारा ४३ बमोजिम ५ वर्षको हो त्यो सञ्चारकर्मीले पटक पटक सोध्दा पनि खुलाएनन् ।
थापाले विधानको कुन व्यवस्थाभित्र महाधिवेशन हुने हो भन्ने नखुलाएपछि उनी पनि संस्थापन पक्षीय नेताहरूको अनौपचारिक सहमतिमा सहमत रहेको अर्थले संस्थापन पक्षीय नेताहरूले हेरेका छन् ।
१४ औँ महाधिवेशनमा डा. कोईरालाको प्यानलबाट महामन्त्रीमा निर्वाचित थापा पछिल्लो समय सभापति देउवासँग नजिक रहेको नेताहरू बताउँछन् । डा. कोइरालाले गर्ने आफू पक्षीय नेताहरूको भेलामा थाप सहभागी हुन छाडेका छन् । तथापि थापा संस्थापनका नेताहरूको गुटको भेलामा पनि सहभागी भएका छैनन् । तर पहिला सभापति देउवा र संस्थापन समूहले गर्ने सहमतिविपरीत प्रतिक्रिया दिँदै आएका महामन्त्री थापाले पछिल्लो समय त्यस्ता अभिव्यक्ति दिन छोडेका छन् । थापाको शुक्रवारको अभिव्यक्तिले पनि त्यहीँ झल्को दिएको छ ।
इतर समूहको नेतृत्व गर्ने नेता डा. कोईराला र सभापति तथा संस्थापनको धारणाको विरोध गर्ने महामन्त्री थापाको घुमाउरो समर्थनले काँग्रेसको १५ औँ महाधिवेशन केन्द्रिय कार्यसमितिले कारण खोलेर आफ्नो म्याद एक वर्ष थपेपछि मात्रै हुने निश्चितजस्तै देखिएको छ । हुनतः डा. कोईराला र महामन्त्री थापाले विरोध गरे पनि केन्द्रिय समितिको झन्डै ८२ प्रतिशत मत अगटेका देउवाले आफ्नो इच्छाअनुसार केन्द्रिय कार्यसमितिको म्याद थप्न सक्थे । तर पनि इतर समूहले एकत्रित रूपमा आवाज उठाएको भए उनलाई म्याद थप नगर्न नैतिक दबाब पर्न सक्थ्यो ।
संस्थापनले ‘आए आँप गए झटारो’ भन्दै फालेको लठ्ठीमै घुमाउरो पारामा समर्थन दिएपछि केन्द्रिय कार्यसमितिको म्याद थप्ने प्रक्रिया शुरु गर्ने तयारीमा संस्थापन जुटेको छ । बुढानीलकण्ठ निकट स्रोतकाअनुसार देउवाले केन्द्रिय कार्यालयलाई आफू नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष थप्ने कारण के लेख्ने हो तयारी गर्न निर्देशन दिएका छन् । पहिला पदाधिकारी, त्यसपछि केन्द्रिय कार्यसमिति बैठकमा प्रश्ताव लैजाने तयारी देउवाको छ । तर तत्काल नै म्याद थप गर्ने निर्णय गर्ने पक्षमा पनि देउवा छैनन् र महाधिवेशनका लागि आवश्यक पर्ने पूर्वतयारी गर्ने पक्षमा पनि देखिन्नन् ।
प्रवक्ता महत व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको बताउँछन् । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेकाले महाधिवेशनका प्रक्रिया अगाडि बढाएर ०८२ मंसिरभित्र सम्पन्न गर्न सम्भव नरहेको उनको भनाइ छ । – अनुपम भट्टराई/NAN

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।