साउदीमा ‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ स्थापित नेपाली साझा मञ्च,को दशौं वार्षिकोत्सव, चौथो अधिवेशनबाट सर्वसहमतीमा अन्जान गुभाजु लाई अध्यक्षमा चयन गरेको छ ।
मञ्चले २०२६–२०२८ कार्यकालका लागि प्रमुख संरक्षकमा कृष्ण पुरी, संरक्षकमा विष्णु घिमिरे, र प्रमुख सल्लाहकारमा अकल प्रधान सल्लाहकारमा टिकाराम पाण्डे, नगेश तामाङ चयन गरेको छ भने राजु केसी र भरत पौडेल (उपाध्यक्ष), तेज बहादुर सिलवाल सिन्धुली (महासचिव), बिपुल ढुङ्गाना (सचिव), र डिबी बलामी मगर (कोषाध्यक्ष) चयन गर्नुको साथै सदस्यहरूमा प्रनिसा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोम ब बिके चयन गरेको छ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर र अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरेर फरक शैलीमा गरिएको थियो। सो अवसरमा मञ्चका महासचिव राजु केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस कार्यकालमा मञ्चमार्फत करिब १५ हजार नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी दिए ।
प्रमुख अतिथि उप्रेतीले मञ्चको सामाजिक कार्यको प्रशंसा गर्दै साउदीको कानुनी संवेदनशीलता र श्रमिक हितका बारेमा दूतावास सधैँ गम्भीर रहेको बताउनुको साथै साउदीको कानुन र नियमलाई पालना गर्न आग्रह समेत गरे ।
भने नेपाल एयरलाइन्सकी कन्ट्री मेनेजर अन्जु शर्माले साउदी रहेका सबै नेपालीलाई एयरलाइन्स प्रयोग गर्न आग्रह गदै एयरलाइन्स लाई गरेको माया ममता प्रती धन्यवाद व्यक्त गरेकी थिइन्।
कार्यक्रममा दूतावासका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधी लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो भने उपस्थित प्रतिनिधीहरुले संस्थाको उन्नति प्रगतिको कामना गदै नयाँ वर्ष सन २०२६ को शुभकामना आदान–प्रदान समेत गरेका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति, संस्था लाई सम्मान गरिएको थियो।
नेपाली राजदूतावास, रियाद, जेद्दा स्थित महावाणिज्य दूतावास, नेपाल एयरलाइन्स, (कन्ट्री हेड अन्जु शर्मा)एनआरएनए एनसिसी साउदीकी निर्वतमान अध्यक्ष श्रीमती रबिना अर्याल, ग्लोबल आईएमई रेमिट्यान्स (गल्फ हेड श्री राम बी. छेत्री), कास्की सेवा समाज, मोरङ–सुनसरी समाज, झापाली समाज, स्याङ्जा सहयोग समाज, हेल्प मधेसीका अध्यक्ष श्री श्याम कुमार महतो, तथा प्रवासी मिलन एकता समाजका अध्यक्ष श्री काजी गुरुङ , कलाकार रोम लामा , तथा संस्थापन तर्फ कृष्ण पुरी र अकल प्रधान लाई नेपाली समुदायप्रति पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक कृष्ण पुरीले पुरानो कार्यसमिति भङ गरि नयाँ कार्यसमितीको घोषणा गदै सपथ ग्रहण समेत गराएका थिए।भने कार्यक्रम उदघोष संस्थाका कलाकार संयोजक नगेश तामाङले गरेका थिए।
। नवनिर्वाचित अध्यक्ष गुभाजुले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै संस्थाको हक हितको लागी सदैव लागी पर्ने र
आगामी दिनमा श्रमिकहरूका लागि बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण र सामाजिक सुरक्षा कोष जस्ता विषयमा मञ्चले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई थप रोचक बनाउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरूबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नुको साथै स्थानीय कलाकारहरू रोम लामा, दिव्या, दीक्षा थापा, अर्जुन केसी, राजन सुबेदी, मुस्कान शर्मा, नबिन मुडवारी समेत दमदार प्रस्तुति दिएका थिए। भने कार्यक्रम प्रश्चात संस्थाको दशौं बार्षिकोत्सवको केक काटी शुभकामना दिदै भौतिक रुपमा संस्थाको कार्यक्रममा सहयोग गर्नेलाई कदर समेत गरिनुको साथै उपस्थित सबैलाई रात्री भोजनको समेत व्यवस्था गरिएको थियो।

प्रतिक्रिया