Washington DC, US : January 30, 2026, Friday 11:25 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

अनिश्चितकालीन आमहडताल र अकुपाइ नारायणहिटीसम्म अब घोषणा गरिने 'सबै जिल्ला र सबै देशमा संयुक्त आन्दोलन परिचान समिति गठन गरिने' -स्वागत नेपाल, प्रवक्ता - संयुक्त जनआन्दोलन परिचालन समिति

  NepalMother.com | १९ चैत्र २०८१, बुधबार २३:२८

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति
सबै जिल्ला र प्रवासका सबै देशमा संयुक्त आन्दोलन परिचान समिति गठन बारे
आदरणीय देशभक्त, राष्ट्रवादी, जनवादी, प्रगतिशील, अग्रगामी र निरंकुशताविरोधी नेपाली दाजुभाइदिदीबैनीहरु !
हालसम्म राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कुनै कार्यक्रम सार्वजनिक गरेको छैन। यसपूर्व श्री ५ महाराजाधिराज सरकारको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको कार्यक्रम स्वागत कार्यक्रम मात्र थियो, जनआन्दोलन थिएन । त्यसैगरी कोटेश्वर तीनकुनेमा आयोजित कार्यक्रम पनि आन्दोलन थिएन, अभियानका आफ्ना नीतिहरु घोषणा कार्यक्रम मात्र थियो । आन्दोलन कमजोर बनेको भन्ने देशविरोधी र निरंकुशतावादीहरुले सिर्जना गर्न खोजेको भाष्य मात्र हो । शुरु नै नभएको आन्दोलन कमजोर हुने भन्ने प्रश्नै रहँदैन । खासमा अहिलेसम्म आन्दोलन घोषणा नै भएको छैन । जनआन्दोलनका चरणबद्ध कार्यक्रमहरु प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहडताल र अकुपाइ नारायणहिटीसम्म अब घोषणा गरिने छन्।

आन्दोलनका कार्यक्रम घोषणा नै नभई निरंकुशतावादी र परचक्रीहरुको चङ्गुलमा फसेको सरकार आत्तिएर आफ्नो सबै शक्ति प्रयोग गरी पराजित भएर आफ्ना अपराधहरु लुकाउन षडयन्त्रपूर्वक दोष अन्यत्र थोपर्दै दमनको नीतिमा उत्रिइसकेकोछ । तर हाम्रा सबै आन्दोलन शान्तिपूर्ण हुनेछन् तथापि शान्तिपूर्णरुपमा राष्ट्रगान गाइरहेको अवस्थामा अश्रुग्यासगोलीवर्षा भएको खण्डमा राष्ट्रिय झण्डाको शान बचाउनका लागि भने आवश्यक प्रतिरोधमा आन्दोलन स्वभावतः उत्रिने नै छ।

अतः आन्दोलनलाई सभ्य, सुसंस्कृत, शान्तिपूर्ण र दमन विरुद्ध प्रभावकारी बनाउनका लागि सबै जिल्लामा परिचालन समिति र विभिन्न देशमा जनआन्दोलन समर्थन समितिहरु गठन गरिने भएकोले जुनसुकै दल वा अभियानमा भए पनि नभए पनि राजसंस्थावादी, देशभक्त, राष्ट्रवादी, निरंकुशताविरोधी, अग्रगामी विचार राख्ने सबै नेपाली नागरिकहरुलाई आआफ्ना स्थानका परिचालन समिति गठन गरी जिम्मेवार भूमिकामा रहन चाहनु हुने सबैमा आफ्नो स्पष्ट खुल्ने परिचय सहित नाम, ठेगाना, उमेर, पेशा र सम्पर्क नम्बर तथा इमेल आइडी उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं । यस सञ्जालको कमेन्टमा आफ्नो विवरण राखिदिन समस्या महसुस हुने भएमा तत्कालका लागि मोबाइल नम्बर ९८५१०१७७१० को ह्वाटसएप वा इमेल आइडी deshbachaau@gmail.comमा आफ्नो विवरण पठाइदिनु हुन पनि अनुरोध गर्दछौं । यसरी विवरण पठाउनुहुने साथीहरु नै सबै जिल्लामा हुने आन्दोलनलाई सुसभ्य ढंगले परिचालन गर्न यसपूर्वका जिम्मेवारीमा रहनु भएका साथीहरुसँगको पहिलो घेराको सम्पर्कमा रही जिम्मेवारीमा रहनु हुने छ । सो पश्चात सबै पालिका र वडामा समेत अन्य समिति र उपसमितिहरु गठन गरिने छन्।

 

-स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।