Washington DC, US : February 22, 2025, Saturday 09:51 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १०:३९

नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गर्नुभएको हो ।

अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताउनुभयो । ‘यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले परिचयपत्र प्राप्त गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफ्नो पेशागत पहिचान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । कार्डमा क्यूआरसहितको डिजाइन गरिएकाले यसको विश्वशनीयता अझ बढी हुने विश्वास गरिएको छ ।

बोर्डले प्रत्येक वर्ष विशिष्ट चलचित्रकर्मी, चलचित्रकर्मी, विशेष चलचित्रकर्मी र मानार्थ चलचित्रकर्मी शिर्षकमा परिचयपत्र प्रदान गर्ने गरेको छ । परिचय पत्र प्राप्त गर्न चलचित्रकर्मीले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्ने हुन्छ ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।