अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार युक्रेनमाथिको ठूलो रुसी आक्रमणप्रति असन्तोष व्यक्त गर्दै राष्ट्रपति पुटिनलाई “धेरै मानिस मारेको” आरोप लगाए। मोरिस्टाउन म्युनिसिपल विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,”म पुटिनले के गर्दैछन् भनेर खुसी छैन। उनी सहरहरूमा रकेट प्रहार गरेर मान्छे मारिरहेका छन्। मलाई थाहा छैन उनलाई के भयो।”
ट्रम्पले भने, “म उहाँलाई धेरै लामो समयदेखि चिन्छु, सधैं मिलेर काम गरें। तर अहिले उहाँ शहरहरूमा रकेट पठाउँदै हुनुहुन्छ, निर्दोष नागरिकहरू मारेका छन्, मलाई त्यो बिल्कुल मन परेको छैन।”
उनी थपे, “पुटिन अहिले किभ र अरू सहरहरूमा रकेट प्रहार गरिरहेका छन्, त्यो पनि वार्ताको बीचमा। मलाई त्यो पटक्कै राम्रो लागिरहेको छैन। उहाँ केही फरक किसिमले परिवर्तन हुनुभयो, के भयो थाहा छैन।”
युक्रेनमा शनिबार राति रुसले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको थियो। युक्रेनी वायुसेनाका अनुसार, रुसले २९८ वटा ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको थियो। कम्तिमा १२ जना नागरिकको मृत्यु भएको र दर्जनौं घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा लेखे: “अमेरिकाको मौनताले पुटिनलाई हौसला दिएको छ। हरेक यस्ता रुसी आतङ्ककारी आक्रमण रूसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने कारण हो।” यसपछि ट्रम्पले ट्रुथ सोसियलमा लेखे: “पुटिन एकदम पागलजस्तै भएका छन्!” साथै उनले जेलेन्स्कीप्रति पनि आलोचना गर्दै भने,
“मैले सधैं भनेको छु, पुटिनलाई सम्पूर्ण युक्रेन चाहिएको हो, सानो टुक्रा होइन। र यदि उनले त्यो गरे भने, त्यसले रुसकै विनाश ल्याउनेछ!”
जेलेन्स्कीप्रति टिप्पणी गर्दै ट्रम्पले भने: “जेलेन्स्कीले जुन तरिकाले कुरा गर्छन्, त्यो आफ्नै देशको हितमा छैन। उनका भनाइहरूले झन् समस्या सिर्जना गर्छन्, मलाई त्यो मन पर्दैन, र अब त्यो रोकिनु पर्छ।”
प्रतिक्रिया