Washington DC, US : January 30, 2026, Friday 03:55 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

भ्रस्टाचार र बेथितिको अर्को नग्न रुप : नेपालको बेइज्यत, विदेशी पर्यटकको ‘नक्कली उद्धार’ देखाएर बीमा रकम ठगी

  NepalMother.com | १३ माघ २०८२, सोमबार १७:४८

पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकको ‘नक्कली उद्धार’ देखाएर बीमा रकम ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। साथै, उक्त गतिविधिसँग सम्बन्धित अस्पतालहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार प्रारम्भिक अनुसन्धानबाट नक्कली बीमा दाबीमार्फत झन्डै १९.६९ मिलियन अमेरिकी डलर, नेपाली रुपैयाँमा करिब २ अर्ब ८६ करोड, बराबरको रकम असुल गरिएको देखिएको छ। कठिन हिमाली क्षेत्रमा पर्यटक अलपत्र परेको नक्कली विवरण तयार पारेर उद्धार खर्च देखाउँदै बीमा कम्पनीसँग रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन वटा कम्पनीका सञ्चालक तथा व्यवस्थापक पक्राउ परेका हुन्।

सीआईबीका एक प्रवक्ताले उद्धार उडान र स्वास्थ्य जाँचसँग सम्बन्धित कागजातहरू समेत किर्ते गरिएको पाइएको भन्दै अनुसन्धानको दायरा अझ विस्तार गरिने जानकारी दिए। यस वर्षको असोज र पुस महिनामा नक्कली उद्धार भइरहेको भन्ने उजुरी प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको र त्यसकै क्रममा ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

यस विषयमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो। सन् २०१७ मा डब्लिनमा मुख्यालय रहेको ट्राभलर एसिस्ट नामक संस्थाले नेपालमा करिब ३५ प्रतिशत उद्धार उडान नक्कली वा अनावश्यक भएको विवरण सार्वजनिक गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरेको थियो। त्यसपछि सन् २०१८ मा पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उद्धार कम्पनीहरूले उडान तालिका, यात्रु विवरण र उपचारसम्बन्धी कागजातहरू फरक–फरक तरिकाले किर्ते गरेको प्रमाण भेटिएको छ। कतिपय अवस्थामा एउटै उडानलाई धेरै पटक भएको देखाइएको, एकभन्दा बढी उडान देखाएर रकम दाबी गरिएको तथा कानुनी बाध्यताका कारण अस्पताल पुर्‍याइएको बिरामीको उपचारलाई समेत नक्कली उद्धारको आधार बनाइएको पाइएको उनले बताए।

प्रहरीका अनुसार अहिलेसम्म तीन वटा कम्पनीमार्फत ३१७ वटा शंकास्पद उद्धार घटना फेला परेका छन्। अनुसन्धानका क्रममा अमेरिका, क्यानडा, जर्मनी, स्पेन, बेलायत, पोल्यान्डलगायत १४–१५ वटा देशका पर्यटक नक्कली उद्धारको सिकार भएको देखिएको छ। पर्यटकलाई हेलिकोप्टर उद्धार माग गर्न कर गर्ने, डर देखाउने र निश्चित अस्पतालमा पुर्‍याएर उपचार गराएको देखाइने गरेको सीआईबीको भनाइ छ।

हाल यो प्रकरणमा मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रिय हित प्रतिकूल काम गरेको कसुरमा अनुसन्धान भइरहेको छ। उक्त कसुरमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यसका साथै आपराधिक लाभ, किर्ते तथा संगठित अपराधसम्बन्धी कसुर पनि आकर्षित हुन सक्ने प्रहरीले जनाएको छ।

यस घटनापछि पर्यटन व्यवसायीहरूले पनि प्रतिक्रिया दिएका छन्। ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले नक्कली उद्धारविरुद्ध प्रहरीले थालेको कारबाहीलाई सकारात्मक भनेका छन्। उनका अनुसार सस्तो प्याकेजमा ट्रेकिङ गराएर पछि उद्धारको नाममा ठूलो रकम असुल्ने प्रवृत्तिले इमानदार व्यवसायी र समग्र पर्यटन क्षेत्र बदनाम भएको छ।

त्यस्तै, हिमालय क्षेत्रमा उद्धार कार्य गर्दै आएको हिमालय रेस्क्यू एशोसिएसन का महासचिव श्रीराम खत्रीले अत्यावश्यक अवस्थाबाहेक हेलिकोप्टर उद्धार नगर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक जाँचको व्यवस्था हुनुपर्ने र स्वास्थ्यकर्मीको सिफारिसबिना उद्धार नहुने प्रणाली लागू गर्न सके नक्कली उद्धार निरुत्साहित हुने उनको सुझाव छ।

विशेषज्ञहरूका अनुसार नक्कली उद्धार प्रकरणले नेपालको पर्यटन विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। बीमा कम्पनी र अन्तर्राष्ट्रिय पर्यटकमा नकारात्मक सन्देश जाने जोखिम रहेकाले यसमा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नु अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।