Washington DC, US : May 14, 2026, Thursday 07:29 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यालिफोर्नियामा गुञ्जियो नेपाल|“सरकारको नीति तथा कार्यक्रमको स्वामित्व प्रधानमन्त्रीकै हुन्छ, त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्छ ।”|अमेरिकी राष्ट्रपति दुई दिने उच्चस्तरीय भ्रमणका लागि बेइजिङ, विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध महत्वपूर्ण मोडमा|गैरआवासीय नेपाली (एनआरएन) को लगानी सहभागिता उल्लेख्य रूपमा विस्तार गर्ने घोषणा|संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत|इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी, नयाँ सम्झौता स्वीकार गर्न आग्रह|अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा फेरि ठूलो भ्रष्टाचार मुद्दा दर्ता|ललिता निवास सरकारी नाममा फिर्ता गर्ने कि बुल डोजर लाउने ?|संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि कानुनी वृत्तमा नयाँ बहस सुरु|Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत

बिद्या गुरुङ नासियाको अध्यक्षमा उम्मेदवार अनुभवी महिला समाजसेवी बिद्या गुरुङको उम्मेदवारीले नासियाको भावी दिशा र पहिचानमा ऐतिहासिक मोड ल्याउने संकेत

  NepalMother.com | २८ असार २०८२, शनिबार १६:१३

एटलान्टा, अमेरिका / अमेरिका दक्षिणपूर्व क्षेत्रका नेपालीहरूको साझा संस्था Nepalese Association in Southeast America (NASEA) को नेतृत्व फेरिने तयारीका साथ आगामी निर्वाचन तातिएको छ। यसैबीच, संस्थाको अध्यक्ष पदका लागि एक अनुभवी महिला समाजसेवी बिद्या गुरुङको उम्मेदवारीले नासियाको भावी दिशा र पहिचानमा ऐतिहासिक मोड ल्याउने संकेत देखिएको छ।

यदि उनी विजयी भइन् भने नासियाको झन्डै तीन दशक लामो इतिहासमा प्रथम महिला अध्यक्ष बन्ने गौरव उनैले हासिल गर्नेछिन्। यो केवल एक चुनाव मात्र नभई महिला नेतृत्व, अनुभव र समावेशीतातर्फको स्पष्ट संकेत पनि हो।


२५ वर्षको समर्पण: एक प्रेरणादायी यात्रा

बिद्या गुरुङ नासियासँग सन् १९९९ देखि नै आबद्ध छिन्। त्यही वर्ष उनी पहिलो पटक नासियाको कार्यक्रममा सहभागी भइन् र त्यही क्षणदेखि उनले ‘नेपाली घर’ निर्माणको सपना देख्न थालिन्—अमेरिकामा नेपाली समुदायलाई एउटै छातामुनि जोड्ने सपना। सन् २००० मा आजीवन सदस्य बनेपछि उनले संगठनको सदस्यता विस्तारदेखि महिला समिति, सांस्कृतिक कार्यक्रम, पर्वहरू र सामाजिक उत्तरदायित्वका हरेक अभियानमा सक्रिय भूमिका निभाइन्।

उनले दुई कार्यकालसम्म बोर्ड अफ डाइरेक्टर्सको सदस्यका रूपमा कार्य गरिसकेकी छन्। यसबीचमा उनले नासियाको भित्रिदेखि बाहिरसम्मको संरचना, नीति, आवश्यकता र सम्भावनाहरूलाई नजिकबाट बुझ्ने मौका पाइन्।


उम्मेदवारीको घोषणा: दृष्टिकोण र प्रतिबद्धता

बिद्या गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिंदै एक भावुक तर स्पष्ट सन्देश दिएकी छन्। उनले भनेकी छन्:

“यो मेरो व्यक्तिगत आकांक्षा होइन, यो मेरो जीवनको दुई दशकभन्दा बढीको सामुदायिक सेवाको निरन्तरता हो। नासियाको नेतृत्वमा म समुदायको आवाज बन्न चाहन्छु—सबै पुस्ता, वर्ग, जात र लिङ्गको प्रतिनिधित्व हुने नेतृत्व।”

उनले आफूले पाएको अनुभव र समुदायबाट प्राप्त सल्लाह तथा समर्थनलाई यो यात्राको मुख्य प्रेरणा बताएकी छन्। उनले पारदर्शिता, संस्थागत सुदृढीकरण, महिला सहभागिता, युवा सशक्तिकरण र आधुनिक प्रविधिको प्रयोगमार्फत नासियालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएकी छन्।


नयाँ अध्यायको संघारमा नासिया ?

बिद्या गुरुङको उम्मेदवारी नासियाका लागि केवल नेतृत्व परिवर्तनको मुद्दा होइन। यो संस्थाको भविष्य, त्यसको समावेशी संरचना, र नेपाली डायस्पोराको सामाजिक एकताको पुनःपरिभाषा पनि हो।

नासिया आज केवल एक क्षेत्रीय संस्था होइन—यो अमेरिका भरिका नेपालीहरूको आवाज बन्ने यात्रा तय गर्दैछ। यस यात्रामा महिलाको नेतृत्व, दीर्घ अनुभव र सशक्त दृष्टिकोण बोकेकी उम्मेदवारको उपस्थिति नयाँ युगको संकेत हुन सक्छ।

अब हेर्न बाँकी छ—समुदायले के निर्णय लिन्छ?

बिद्या गुरुङका प्रमुख दृष्टिकोण, पहल र प्रतिबद्धताहरू:

संस्थाप्रतिको दृष्टिकोण:

साझा अपनत्व:सबै नेपालीको सामूहिक भावना र आत्मसम्मानलाई उजागर गर्ने।
संस्कृति संरक्षण:हाम्रो मौलिक संस्कृतिलाई बचाउँदै दक्षिणपूर्वी अमेरिकामा बस्ने हरेक नेपालीका लागि अवसरका ढोका खोल्ने।

नासियाको लक्ष्य (मिशन): परम्परालाई प्रभावकारी बनाउने: नेपाली पर्व, सद्भावना भेटघाट, र सामाजिक सेवाका विभिन्न कार्यक्रमहरूलाई अझ सशक्त बनाउने।
जीवनमा उज्यालो ल्याउने: शिक्षा, स्वास्थ्यसेवा, र आपतकालीन सहयोगमार्फत नेपाली परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने। दीर्घकालीन सम्बन्ध निर्माण:अनुभवी संस्था र नेतृत्वसँग सहकार्य गरी नयाँ प्रतिभाहरूलाई मार्गदर्शन र स्रोत उपलब्ध गराउने।
महिला र युवाको उत्थान:दिदीबहिनी, दाजुभाइ र छोराछोरीका लागि नेतृत्व विकास र मार्गदर्शन कार्यक्रम बनाएर उनीहरूको आत्मविश्वास बढाउने।
सांस्कृतिक मेलमिलाप:अन्य समुदायहरूसँग सहकार्य गरी हाम्रो कथा बाँड्ने र दक्षिणपूर्वी अमेरिकाको विविधतालाई थप समृद्ध बनाउने।

प्रमुख पहलहरू:

करियर मार्गदर्शन:अनुभवी व्यवसायीहरूसँग युवा प्रतिभाहरूलाई जोडेर उनीहरूको आकांक्षा पूरा गर्न मद्दत गर्ने।
कला महोत्सव:वार्षिक रूपमा नेपाली कला, संगीत, नृत्य र पाककला महोत्सव आयोजना गरी हाम्रो संस्कृतिलाई जीवन्त राख्ने।
सहयोग सञ्जाल विस्तार:आवश्यकता परेका परिवारहरूलाई सहयोग, परामर्श र आशा प्रदान गर्न नेटवर्क विस्तार गर्ने।
आर्थिक मार्ग निर्माण:नेपाली उद्यमशीलतालाई प्रोत्साहन गर्न स्थानीय व्यवसायहरूसँग साझेदारी गरी आर्थिक अवसरहरू सिर्जना गर्ने।

नेतृत्व प्रतिबद्धता:

खुलापन: सबैको कुरा धैर्यतापूर्वक सुन्ने र दृढताका साथ काम गर्ने।
पारदर्शिता: हरेक निर्णय र कार्यमा स्पष्टता ल्याउने, ताकि सबै सदस्यलाई संस्थाको गतिविधिबारे जानकारी होस्।
समावेशीपन: हरेक सदस्यलाई देखिने, सुनिने र संस्थाप्रति सबैको अपनत्व महसुस गराउने।

बिद्या गुरुङले यो चुनावलाई केवल एउटा निर्वाचन मात्र नभई हाम्रो संस्कृति र विश्वासलाई बोकेर अगाडि बढ्ने एउटा उज्यालोको खोजी अभियानको रूपमा लिएकी छन्। उनी सबैको माया, सद्भाव र अमूल्य मत पाएर नासियालाई उज्जवल भविष्यतर्फ डोर्‍याउन सक्ने कुरामा पूर्ण विश्वस्त छिन्। उनले आफ्नो विश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

 

म किन उठ्दैछु अध्यक्षमा ?
म 1999 देखि यो पबित्र संस्था , Nepalese Association in Southeast America ( NASeA ) मा आबद्ध छु , मलाई पहिलोपटक NASeA को कार्यक्रममा पुगेको दिनको सम्झना अझै ताजा छ। मनमा उत्साह, अमेरिकी नेपाली समुदायसंग पारिवारिक भेटघाटको उमंग, भविष्यको आशावादी चेहराहरुसंगको साक्षात्कार, एउटा आफ्नै पहिचान सहितको नेपाली घर भए अझ कति राम्रो हुनेथियो होला भन्ने र त्यो बनाउन पाए हुन्थ्यो भन्ने कल्पना आदि त्यसबेला मेरो मन मस्तिष्कमा खेलेका विषयहरु हुन्।
सन 2000 मा यस संस्थाको विधिवत आजीवन सदस्य भएपछि यसले गर्ने हरेक कार्यक्रमहरु- नेपाली जात्रा, सांस्कृतिक पर्व, अन्तरक्रियात्मक भेटघाट, सामाजिक परम्परा धाने हरेक कार्यक्रमहरुमा सक्रियता मेरो बढाउँदै लागें। मेरो रुचि पनि समाजसेवाप्रति भएको हुनाले यो संस्थाको माध्यमबाट संचालित कुनै पनि सामाजिक, धार्मिक आदि कार्यक्रममा प्रायजसो नबिराई आफ्नो संलग्नता प्रत्यक्ष्य वा परोक्ष रुपमा जनाउंदै आएको छु। संस्थाको बिस्तार र उन्नतिको निम्ति जिम्मेवारी लिएर सफलतापूर्बक आफ्नो जिम्मेवारी निभाएको छु। यसै सन्दर्भमा दुई कार्यकाल बोर्ड निर्देशकको रूपमा र सदस्यता अभियान तथा महिलासमितिको नेतृत्व मैले सफलतापूर्बक गरेको छु। कामले काम सिकाउँछ, सफलताले थप जिम्मेवारी बहन गर्ने आँट र हिम्मत जगाउँछ भने झैं यो संस्थाको विभिन्न तहमा रहेर २५ बर्ष भन्दा बढि गरेको सेवाको अनुभवले मलाई यस संस्थाको मुख्य नेतृत्वमा जाने हौसला र आँट प्राप्त हुनु स्वाभाविक हो, त्यसमाथि यस संस्थासंग सम्बद्ध अग्रज, अनुज र सहयात्रीहरुको सल्लाह, सुझाव र नेतृत्व लिन अग्रसर हुने उत्साह हाल धेरैबाट आइरहेकोले यसबाट मलाई थप उर्जा समेत मिलेको छ।
फलतः मैले यस संस्थाको आगामी हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णय गरेकी छु, यो मेरो कदमले तपाईंहरुको माया सद्भाव, आड-भरोसा सहितको अमूल्य मत पाएर NASeA लाई फेरी यौटा उज्जवल भविष्य तिर डोर्याउन सक्नेछ भन्ने मेरो अटल बिस्वास रहेको छ।
सस्थाप्रतिको मेरो दृष्टिकोण:
• साझा अपनत्वले हाम्रो सामूहिक आत्मालाई उजागर गर्ने
• हाम्रो संस्कृति बचाउने र दक्षिणपूर्वी अमेरिकामा हरेका नेपालीको लागिअवसरको ढोका खोल्ने
हाम्रो मिशन:
1. हाम्रो नेपाली पर्व, सद्भावना भेटघाट, सामाजिक सेवाका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने परम्परालाई प्रभावकारी पार्दै लाने।
2. सामाजिक सेवा मार्फत शिक्षाको पुल, स्वास्थ्यसेवा र आपतकालीन सहयोगद्वारा नेपाली परिवारको जीवनमा उज्यालो ल्याउने
3. समाजमा दीर्घकालीन सम्बन्ध निर्माण गर्ने अनुभवी संगठन र नेतृत्वसँग साझेदारी गरी हाम्रो प्रतिभालाई मार्गदर्शन र स्रोत उपलब्ध गराउने
4. महिला र युवा उठाउने दिदीबहिनी, दाजुभाई र छोराछोरीका लागि नेतृत्व र मार्गदर्शन कार्यक्रम निर्माण गरी आत्मविश्वास जगाउने
5. सांस्कृतिक मेलमिलाप बढाउने अरू समुदायसँग सहकार्य गरी हाम्रो कथा बाँड्ने र दक्षिणपूर्वी अमेरिकाको विविधता समृद्ध बनाउने
प्रमुख पहलहरू
• करिअर मार्गदर्शन परिवार शुरुवात—अनुभवी व्यावसायीसँग युवाप्रतिभाहरू जोडी उनीहरूको आकांक्षा जागाउने
• वार्षिक नेपाली कला, संगीत, नृत्य र पाककला महोत्सव आयोजना गरी हाम्रो रङ्ग जगाउने
• आवश्यकता परेका परिवारलाई सहयोग, परामर्श र आशा प्रदान गर्नपरिचालन नेटवर्क विस्तार गर्ने
• नेपाली उद्यमशीलतालाई प्रवर्द्धन गर्न स्थानीय व्यवसायहरूसँग साझेदारीगरी आर्थिक मार्गनिर्माण गर्ने
मेरो नेतृत्व प्रतिबद्धता
• खुला मनले सुन्ने र दृढतासाथ काम गर्ने
• पारदर्शिता जगाउने, ताकि तपाईंलाई सधैं थाहा होस् हामी कहाँ छौं र कहाँ जाँदैछौं
• समावेशीपनको पालना गर्ने, हरेक सदस्यलाई देखिने, सुनिने र संस्थाप्रति सबैको अपनत्व महशुस गराउने
हामीसंग यात्रा गर्नुहोस्
यो चुनाव मात्र होइन—हाम्रो संस्कृति, हाम्रो विस्वास, बोकेर उज्यालोको खोजि अभियान हो। म तपाईं हरुको सारथि हुँ, गन्तव्यमा पुर्याउने मेरो जिम्मा। यो पल्ट मलाई बिस्वास गर्नुहोस, तपाईंहरुको विस्वासलाई कम्जोर पार्ने छुइन यो मेरो प्रतिबद्धता हो।
धन्यवाद।
भवदीय,
बिद्या गुरुङ
NASeA अध्यक्ष पदका निम्ति उम्मेदवार।

May be an image of 2 people and people smiling

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।