Washington DC, US : November 16, 2025, Sunday 11:27 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Exclusive News : अमेरिका र चीन दुवै प्रशान्त क्षेत्रमा हवाई प्रभुत्व सुनिश्चित गर्न भिन्न–भिन्न तरिका प्रयोग|Breaking News : तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रूपैयाँ बराबरको क्षति, आगजनी गर्ने समूहको पहिचान तथा पक्राउ अभियान तीव्र, हालसम्म ५११ जना पक्राउ,|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन कंग्रेसवुमन मार्जोरी टेलर ग्रिनबीचको मतभेद अहिले खुला विवादमा रूपान्तरित|Breaking News : जापान र चीनबीच तन्नाव चुलियो|संसारले चुन्यो नेपाल, हामी कता हरायौं ?|“राजनीति फोहोरी खेल रहेछ”|नेपालमा ‘केजरीवाल मोडेल’, ‘योगी मोडेल’, ‘नीतीश मोडेल’ सबै दुई दिनको चर्चामा सीमित, “आज सम्झियो, भोलि बिर्सियो” मानसिकता|Breaking News – मृत्यु विवरण : वैदेशिक रोजगारीका क्रममा ११ वर्षमा १२ हजारभन्दा बढी नेपालीको मृत्यु|Breaking News : बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई गलत तरिकाले सम्पादन गरिएको स्वीकार्दै औपचारिक क्षमायाचना|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुने

  NepalMother.com | २५ जेष्ठ २०८२, शनिबार १६:४५

  • ईश्वरी न्यौपाने

सान् फ्रान्सिस्को (क्यालिफोर्निया) / नेपालीपन र संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्था नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।

महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुने भएका छन् । श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत बाचन गर्नु हुनेछ भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नु हुनेछ ।

भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोही मण्डपमा भक्तजनले निजी पुजा पनि गर्न पाउने भएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो । ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाईदिने र भक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भन्नुभयो । यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यत्रम छ । यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरु क्लश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिनुभयो ।

भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भन्नुभयो– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।

संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई

नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।

नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछी ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीले जानकारी दिनुभयो ।

धर्म संस्कृति प्रबद्र्धन मुल उद्देषयसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको कार्कीले बताउनुभयो । यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकहरुमा बिष्णु घले, पशुपती कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहनु भएको छ । त्यस्तै बोर्ड अफ ट्रष्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाईएको छ । जसको संयोजकमा दिक्पाल केसी रहनु भएको छ ।

करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।