श्री ५ पृथ्वीनारायण शाहले अङ्रेजहरुलाइ धुलो चटाइ खेदेर एकीकृत गरि निर्माण गरेको यो मातृभूमि नेपाललाई उनका उत्तराधिकारी राजाहरुले आफ्नो स्वार्थको लागि देशको बिपरित हुने काम कहिलै गरेनन।
तथाकथित शुगौलिको शन्धिको नाममा अङ्रेजले लुटेको नेपालको आधा भूभाग सन १९४७ मा उनै अङ्रेजले ईन्डियालाइ आफ्नो गुलमीबाट मुक्ती दियो र लुटिएको नेपालको भूभाग काला अङ्रेजलाइ सुम्पेर गयो।
विभिन्न कारणबस नेपालका तत्कालिन शाशकहरुले अङ्रेज र काला अङ्रेजका नेताहरुसङ्ग आखामा आँखा जुधाएर गुमाएको जमिन फिर्ता लिन सामर्थ्य राख्न सकेनन।
स्वतन्त्रता सङ्रामका नेता भनाउदा ईन्डियनहरु, गान्धी, नेहरु, पटेल आदिले नेपालको भूमि नेपाललाई फर्काउने कुरो त परै रहोस, बाकि रहेको नेपाललाई खाने प्रयास गर्दै गए। सन १९४७ मा बाद्धेताको कारण श्री ५ त्रिभुवन नया दिल्लीमा आस्रय लिएको समयमा राजालाइ ईन्डियाका नेताहरुले नेपाललाई ईन्डियामा मिलाउन भित्री तथा गोप्य तबरले धेरैनै कोसिस गरेका हुन। तत्कालिन युबराज महेन्द्र, राजा त्रिभुवनसङ्गै दिल्लीमा नभएको भए सायद काला अङ्रेज, ईन्डियन नेताहरुले राजालाइ प्रलोभन, त्रास दबाबमा पारेर नेपालको सार्बभौमिकता हात लगाउन सफल हुन पनि सक्थे होला।
राजा महेन्द्रलाई पनि इन्डियन प्र म नेहरूले नेपाललाई ईन्डियाको अधिनमा राखन कोसिस गरेकै हो। नेपालमाथी आर्थिक, ब्यपारिक नाका बन्धी लगाएकै हो । इन्दिरा गान्धिले राजा महेन्द्र समक्ष नेपाललाई ईन्डिया मिलाउ, हामी राज सस्थाको समर्थन गरिदिन्छौ आदि भन्ने प्रस्ताव राखेको र राजा महेन्द्रले पनि हुन्छ, त्यसो गर्ने भए देशको नाम चाही नेपाल राख्नु पर्छ भनी, उडाइ दिएका थिए भन्ने कुरा निक्कै सुनिएको हो। साथै राजा महेन्द्रले “कम्मुनिजम नेपालमा ट्याक्सि चढेर आउदैन” भनेर ईन्डियन पत्रकारसँगको प्रश्नोत्तरमा भनिदिएको कुरा पनि अन्तर्राष्ट्रिय समाचार भएकै हो।
राजा बिरेन्द्रलाइ पनि ईन्डियन नेताहरुले कम दुख दिएनन । नेपाललाई उनिहरुको नियन्तणमा राख्ने, नेपालको जलश्रोत, परराष्ट्र नीति आदि उनिहरुको नियन्त्रणमा राख्न सहमत भए, नेपालमा उठाइएका आन्दोलनहरुलाई निस्कृय बनाइ दिन्छौ र साथै राजसस्थाको पनि समर्थन गर्छौ भन्ने प्रस्ताव लिएर मन्त्री, विशेष दुतहरु काठमाडौ पठाएको कुरा त सर्बबिदित नै छ नि । देशद्रोहि काम राजाहरुले गरेनन। राजाहरुलाइ उनिहरुको सर्तहरुलाइ लत्त्याइ दिएकोमा नेपाल माथी काला अङ्रेज ईन्डियनहरुले पट्क पटक नाका बन्धी लगाए।
आखिरमा राजा ज्ञानेन्द्र प्रती पनि ईन्डियनहरुको उहि प्रयास जारि रह्यो । नेपाललाई सधै अस्थिर, गरिब,अबिकसित राखेर नेपाली जनतालाई आजित पारेर नेपाललाई आफ्नो अधिनमा राख्ने ईन्डियाको नेताहरुको यो सार्बोपरी नीति तथा योजना हो।
नेपाल अबिकसित रहनुको मुख्य कारण ईन्डिया हो। नेपालको सबै जस्तो नेताहरुलाइ कुनै कुनै प्रलोभन, सत्ता लम्बाइ दिने, आर्थिक अथबा पद्को खास गरि प्र म पद आदिमा रहिरहन मद्धत गर्ने जस्ता कुराले आफ्नो दलालमा परिणत गरेको हुन्छ। उधारणको ललागी हालैको रबि लामिछानेको ईन्डियाको भ्रमण, उनले पाएको ठुलो स्वागत सत्कारलाई लिन सकिन्छ। अझ स्वर्णिम वाग्लेको हालै भइरहेको ईन्डियाको भ्रमणमा उनले गरेको प्रस्नोत्तर कार्यक्रम र अभिव्यक्तिहरुबाट यस्ता कुराहरुको पुष्ठि गर्द्छ। जति धाक लगाए पनि, देश बनाउने भाशन गरे पनि ईन्डियाको दलाली नगरी नेपालको नेताहरु राजनीतिमा टिक्न नस्क्ने बाद्धेतालाई स्विकार्नै पर्ने देखिन्छ। यो नेपाली दुर्भाग्य हो।
प्रतिक्रिया