Washington DC, US : October 14, 2026, Wednesday 06:36 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता|अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो|अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना|सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा|घिनलाग्दो अडियो काण्ड|साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति

सञ्चारकर्मी सन्दीप पौड्याल सम्मानित

  NepalMother.com | १० आश्विन २०८३, शनिबार २१:१९

नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय पत्रकार सन्दीप पौड्याल ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ अन्तर्गत पत्रकारिता विधामा सम्मानित हुनुभएको छ।

यमन इन्टरटेन्मेन्टले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा पत्रकारिता र सञ्चार क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै पौड्याललाई अवार्ड प्रदान गरिएको हो। समारोहमा प्रमुख अतिथिले खादा, माला र दोसल्लासहित अवार्ड प्रदान गरी उहाँलाई सम्मान गर्नुभएको थियो।

हाल हिमालय टाइम्स दैनिकका उपसम्पादक तथा ई–हिमालय टाइम्सका सम्पादकका रूपमा कार्यरत पौड्याल समाचार लेखन, सम्पादन र सामग्री उत्पादनसँगै गीत लेखन तथा वृत्तचित्र निर्माणमा समेत सक्रिय हुनुहुन्छ। सामाजिक, सांस्कृतिक र समुदाय केन्द्रित विषयमा रुचि राख्ने उहाँले विशेषगरी थकाली समुदाय, बालबालिका तथा विभिन्न सामाजिक सरोकारका विषयमा लेखन र वृत्तचित्र निर्माण गर्दै आउनुभएको छ।

पौड्यालको सञ्चार यात्रा विभिन्न सञ्चारमाध्यमसँग जोडिएको छ। उहाँले यसअघि इमेज टेलिभिजनलगायतका सञ्चार संस्थामा काम गर्दै पत्रकारिता र सामग्री निर्माणका विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो। रेडियो क्षेत्रमा पनि सक्रिय रहँदै उहाँले आईटीसीको सहयोगमा लामो समय ‘कफीका कुरा’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

पत्रकारिताबाहेक सामाजिक विकासका क्षेत्रमा पनि उहाँको अनुभव रहेको छ। गैरसरकारी संस्था स्याण्डस नेपालसँग आबद्ध रहँदा गरिबी निवारण कोष तथा खानेपानीसम्बन्धी परियोजनामा काम गरेको अनुभव उहाँसँग छ। त्यस्तै, ‘इन स्टाइल’ मोडलिङ इन्स्टिच्युट सञ्चालन गर्दै नयाँ मोडलहरूलाई प्रशिक्षण र अवसर प्रदान गर्ने काममा पनि उहाँ संलग्न रहनुभएको थियो।

पत्रकारितालाई मुख्य पेशाका रूपमा निरन्तरता दिँदै गीतसंगीत, वृत्तचित्र, रेडियो तथा सामाजिक क्षेत्रमा समानान्तर सक्रियता देखाउँदै आउनुभएका पौड्यालले विभिन्न कार्यक्रमहरूमा निर्णायकको भूमिकासमेत निर्वाह गर्नुभएको छ।

सम्मानपछि पौड्यालले अवार्डले आफूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार यस्तो सम्मानले विगतको कामको मूल्यांकन मात्र नभई भविष्यमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्ने प्रेरणा पनि थपेको छ।

‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ समारोहमा संगीत, मनोरञ्जन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याएका कलाकार, स्रष्टा, सञ्चारकर्मी तथा अन्य व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूसमेत समावेश गरिएको थियो।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।