Washington DC, US : October 14, 2026, Wednesday 06:21 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता|अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो|अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना|सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा|घिनलाग्दो अडियो काण्ड|साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति

इजरायल : द्वन्दग्रस्त मलुक भएपनि बिकासका दृष्टिले नमुना नेपालीहरुका  लागि इजरायल आकर्षक मुलुक, नागरिकहरु बिन्दाश छन, राज्यले नागरिकको सम्पूर्ण जिम्मा लिन्छ, प्रत्येक नागरिक देशका लागि ज्यान दिन तयार हुन्छन्

  NepalMother.com | ७ आश्विन २०८३, बुधबार १४:२१

– टंक पन्त

इजरायल नेपाली कामदारहरुका लागि निकै आकर्षक मुलुक बनेको छ । इजरायल पुग्न निकै गाह्रो छ तर त्यहां पुगिसकेपछि काम पाउन कुनै गाह्रो छैन र आम्दानी पनि  निकै आकर्षक रहेको छ । द्धन्द्धग्रस्त मुलुकका रुपमा परिचित भएपनि त्यहां काम गर्न जानेले त्यस्तो कुनै अफ्‌ट्यारो अनुभुति गर्देैनन् । सिन्धुपाल्चोक घर भएका सांगे तामाङ भारत भएर इजरायल गएको धेरै भएको छैन तर उनले मासिक करिब ६ लाख नेपाली रुपियां कमाउछन । त्यो पनि हप्तामा पांच दिन मात्र गर्छन ।  दिन भरि काम गरेर सांझ १० बजेतिर जेरुसेलम वजार तिर साथीहरुसंग घुम्दै गरेका तामाङले हामी नेपालवाट गएका सम्पादकहरुसंगको भेटमा  भन्दै थिए–दिनभरि काम गर्‍यो अनि सांझ पख एक दुइ घण्टा बाहिर घुम्यो अनि राति गएर सुत्यो आनन्द छ । द्धन्द्धग्रस्त मुलुकमा रातिमा हिडदा डर लाग्दैन भन्ने मेरो प्रश्नमा उनी भन्दै थिए–केही डर हुदैन किनकि राति १२–१ वजे सम्म बालबच्चा बृद्धबृद्धाहरु समेत सडकमा निस्किन्छन त्यतै खानपिन रमाइलो  गर्छन रमाइलो गर्छन त्यस्तो डर त्रास भन्ने केही अनुभुति पनि हुदैन किनकि कतैवाट रकेटबम वा  अन्य कुनै बमप्रहार हुदैछ भन्ने जानकारी पाउना साथ मोवाइलमा म्यासेज आउंछ साइरन बज्छ  अनि सुरक्षित स्थान (सेफहाउस)बंकरमा  जानेगर्छन । अनि एकै छिनमा बंकरवाट निस्के हुन्छ भन्ने म्यासेज आउंछ ।

हामीले यहाँबाट हेर्दा कति गाह्रो होला जस्तो लागेपनि सर्वसाधारणहरू बिन्दास देखिन्छन । साँझमा डान्स रेष्टुरेष्ट या बारमा मात्र नभइ चोक–चोकमा संगीतको धुन बजाएर नाच्न शुक्रबार पर्खिनु पर्देन  । जनतालाई तिमीहरू सकेको खुशी मनाउ,  सुरक्षाको अनुभूति दिलाउने काम हाम्रो हो भन्ने कुरा  त्यहांको सरकारले भन्ने रहेछ । शत्रुपक्षले रकेट बम प्रहार गरी आक्रमण गर्न खोजेको  रहेछ भने त्यो समुन्द्रतिरै डिस्पोज गरिदिन्छ । त्यसैले कुनै डर त्रास भन्ने हामीले ठान्दै ठान्दैनौ — साने तामाङ भन्दै थिए । उनको भनाई एउटा प्रतिनिधिमुलक हो इजरायलमा हुने नेपाली वा अन्य देशका नागरिकको पनि त्यहि भनाइ थियो । तामाङले त्यति मात्र भनेनन कि नेपालले इजरायल जान नेपालीहरुलाई सहज रुपमा खुला गरिदिएमा नेपालीहरु अन्य खाडी मुलुकमा गएर दुख पाउने थिएनन । खाडी मुलुकमा सन्तोषजनक कमाई त के धेरै नेपालीहरु दुइ तीन बर्ष बसेर पनि नेपाल फर्किदा रित्तै फर्किने गरेका कैयौ  दुखदायी कहानी छन तर इजरायलमा हप्ताको पांच दिन त्यो पनि दैनिक ८ घण्टा काम गरेर ६ लाख सम्म कमाइ हुन्छ त्यस्तो मुलुकका लागि नेपाल सरकारले खुला गर्नुपर्छ ।  सरकारले  त्यसरी जान नदिने गरेको कारण सांगे तामाङ सहित धेरै नेपालीहरु भारत भएर जाने गरेका छन । तामाङ भन्छन– हामी धेरै भारत भएर इजरायल आएका छौ यहांको सरकारले काम गर दुइ दिन आराम गर रमाइलो गर भन्छ त्यसैले हामी खुशी छौ घर बर्षेनी राम्रै पैसा पनि पठाएका छौ । बिकास छ , पैसा छ , काम गर्न आनन्द छ त्यसैले त जीटुजे बाहेक कम्तिमा  पांच हजार भन्दा बढि नेपालीहरु भारत भएर इजरायल काम गर्नेहरु छन । बर्षको एक पटक आफनो देश जान पाइन्छ ।

कन्ट्र्रसन वा अन्य क्षेत्रमा काम पाउन कुनै गाह्रो  छैन । लडाईं छ र पनि हरेक हिसाबले अगािड बढेको छ इजरायल । युद्ध लडाई भएपनि नागरिकहरु असुरक्षित महसुस गर्र्देैनन । त्यसैले त नेपाली लगायत अन्य देशका नागरिकहरु त्यहां काम गर्न जान पाउंदा निकै खुशी हुन्छन । कृषिमा संसारमै नाम कमाएको इजरायलमा कृषि र फार्महरुमा काम गर्ने नेपालीको संख्या उल्लेख्य छ । नेपालीहरुको काम प्रति इजरायल सरकार सन्तुष्ठ पनि छ ।त्यसैगरी केयरगिभरमा रहेका नेपालीहरुले पनि  पांच बर्ष मात्र होइन कम्तिमा १० बर्ष काम गर्न पाउनुपर्ने माग गर्न थालेका छन । भाषा सिकेर सबै बुझेको हुन्छ अनि घर फर्किने बेला हुन्छ त्यो हुनुभएन । केयरगिभरको रुपमा काम गर्र्देै गरेका नेपालीहरुको एउटै स्वर थियो  पांच बर्ष होइन  १० बर्ष बनाउनुपर्छ नेपालीहरुलाई खुला रुपमा काम गर्न जान सक्ने बातावरण बनाउनुपर्छ होइन भने इजरायलमा जस्तो मासिक ५ देखि ६ लाख कमाउने गरी रोजगारीको वातावरण नेपाल सरकारले बनाउनुपर्छ । नेपाल र इजरायल सरकारवीच भएको सम्झौता अनुसार केयरगिभर, कृषि खेती, गाइ फार्म डेरीउद्योग लगायतका क्षेत्रमा नेपालीहरुलाई पठाउदा पांच बर्षका लागि पठाउने गरिन्छ । एक हजार पठाउने गरी माग भएको छ भने  २० हजार  भन्दा बढिले आवेदन दिने गरेका छन ।  मरिभुमिकोदेशमा समुन्द्रको पानी प्यूरीफाइ गरेर खाने देखि कृषि फलफुल खेतीमा लगाइन्छ त्यो देशले आफनो देशलाई पूर्ण बनाई संसारका धेरै देशमा तरकारी फलफुल पुर्‍याउछ तर हाम्रो कृषि प्रधान देश भएपनि त्यसको उपयोग गर्न सकिएको छैन  ।एक इजरायली कृषि बिज्ञले भन्दै थिए–तिमीहरुको जस्तो देश भएको भए त हामीले संसारका धेरै मुलुकमा तरकारी फलफुल पुर्‍याउथ्यौ ।
१६ बर्ष उमेर पुगेपछि सबैलाई दिइने सैनिक तालिमले परेको वेला सबै देशका लागि खटिने सुन्दर पक्ष उदाहरणीय रहेको छ । इजरायलमा तालीम लिएर नेपाली सेनाको प्याराटुप्स स्थापना, त्यसपछि कृषि बिज्ञताको आदानप्रदानले गर्दा अहिले इजरायल बैदेशिक रोजगारीको आकर्षणको केन्द्र बनेको छ । जति युद्ध भएपनि मुलुकलाई सिष्टममा चलाउने हो भने बिकास हुंदो रहेछन भन्ने इजरायलवाट सिक्न सकिन्छ ।
करिब ३ हजार वर्षभन्दा बढीको इतिहास बोकेको जेरुसेलम यहूदी, मुस्लिम र क्रिश्चियन तीनवटै धर्मावलम्बीका लागि पवित्र शहर हो । यसको असाधारण धार्मिक र राजनीतिक महत्वकै कारण वर्षौंदेखि द्वन्द्व जारी छ । यहूदीहरूका लागि प्राचीन मन्दिर र वेष्टन वाल पवित्र प्रार्थना स्थल हो । मन्दिरमा प्रार्थना गरिन्छ भने ‘वेस्टर्न वाल’को भित्तामा रहेका ढुङ्गाको बीचमा कागजको चीटमा आफूले माग्न चाहेको कुरा लेखेर राख्ने चलन छ । चीट भित्ताका ढुंगामा च्यापेपछि पछाडिबाटै हिँड्ने चलन रहेछ । यता, इस्लामिक परम्पराअनुसार, पैगम्बर मोहम्मदको ‘इश्रा र मेरोजा’ अर्थात् रातको यात्रा र स्वर्गारोहणसँग जेरुसलेममा रहेको अल अक्सा मस्जिद जोडिएको छ । जेरुसेलममा रहँदा हरेक कुरा धर्मसँग जोडिए झैँ लाग्थ्यो  । पुरानो शहरमा प्रार्थना, भाकल जस्तै लाग्ने चाहना पूरा होस् भन्ने कामना, आफूले मान्दै आएको धर्ममा टेकेर उभिएको एउटा विश्वास । एउटै शहरमा मात्र नभई एउटै गल्लीमा केही मिनेटको दूरीमा रहेका फरक तीन धार्मिक स्थलको पवित्र भूमि हो । तर यति हुँदहुँदै पनि जेरुसोलम धार्मिक शहर मात्र होइन; यो धर्म, इतिहास, राष्ट्रियता, भूमि, पहिचान, राजनीति एकै ठाउँमा जोडिएको शहरको रुपमा परिचित रहेको छ ।

सन् १९४८ मा इजरायलको जन्म हुनुअघि जुइसहरू विभिन्न देशमा छरिएर रहेका थिए, उनीहरूको आफ्नो छुट्टै देश थिएन । हुन त, अहिले पनि विश्वका विभिन्न मुलुकमा यहूदीहरूको बसोबास रहेको छ । दोश्रो विश्वयुद्धको समयमा ६० लाख यहूदीहरूको हत्या गरियो, हिटलर र ग्यास च्याम्बरको कथा यहूदीहरूको हत्यासँग जोडिएको छ । मानव इतिहासको ठुलो यो नरसंहारपछि यहूदीहरूका लागि सुरक्षित राज्यको आधार तय भएको हो । यसबीचमा प्यालेष्टिाइन भूभाग, ब्रिटेनले प्यालष्टाइनमाथि गरेको शासन, संयुक्त राष्ट्रसंघलगायतको भूमिकाका पक्षहरु छन् । ब्रिटेनले प्यालेष्टिाइन समस्या समाधान गर्न नसकेपछि सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा यो विषय लेगेको थियो । सन् १९४८ मा तात्कालिन आन्दोलनका अगुवा डेभिड बेन गुरिनले इजरायल स्थापनाको घोषणा गरे । जुन घोषणालाई प्यालेष्टाइन अरब र अरब स्टेटले अस्विकार गरे । त्यसपछि तुरुन्तै युद्ध भयो, जुन युद्ध अहिलेसम्म जारी छ ।

इजरायलको भ्रमणमा हामीले त्याहाँको अस्पताल, वृद्धाश्रम, म्युजियम, मिडिया हाउस, दक्षिणी र उत्तरी भागमा रहेका गाजा र लेबनानको सीमानजिक पुगेर धेरै कुरा हेर्ने, सुन्ने र जान्ने अवसर पायौं जेरुसलेमस्थित परराष्ट्र मन्त्रालयको ‘सिचुएसन रुम’ जाँदै गर्दा त्यस्तै अनुभव भयो । कडा सुरक्षा जाँचपछि मन्त्रालय भित्र प्रबेश गर्दा  दक्षिण पूर्वी एशिया हेर्ने निर्देशक मिसेल वेलियर तालले भनिन्, ‘अहिले हामी जुन बाटो हिँडिरहेका छौँ – हाम्रा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू हिँड्ने बाटो पनि यही हो । हामी एउटै परिसरमा छौं ।उनले भनिन्, ‘आजको हाम्रो मिटिङ सिचुएसन रुममा हुन्छ ।’ राष्ट्रिय, अन्तराष्ट्रिय संकट या आपतकालीन अवस्थालाई एकै ठाउँबाट निगरानी, विश्लेषण र समन्वय गर्ने विशेष नियन्त्रण कक्ष ‘सिचुएसन रुम’ रहेछ । सुरक्षाका दृष्टिले संवेदनशील मुलुकहरूमा सिचुएसन रुमको भूमिका महत्वपूर्ण हुन्छ । इजरायलमा सुरक्षासम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय बैठकहरू सोही हलमा हुने रहेछन् । प्राकृतिक विपत्ति या मानवसिर्जित विपत्ति दुबैमा कहाँ के भइरहेको छ ? स्थिति कस्तो छ ? अब के गर्नुपर्छ ? भनेर सबै सुरक्षा रणनीतिहरू त्यहीँ ठाउंमा बनाइने रहेछ ।

सन् २००१ बाट सुरु भएको नेपाल र इजरायल सरकारबीचको ‘कमाउँदै, कृषि प्रविधि सिक्दै’ (अर्न एन्ड लर्न) कार्यक्रमअन्तर्गत हालसम्म नेपालबाट पाँच हजारभन्दा बढी विद्यार्थी इजरायल गएर फर्किसकेका छन् भने जाने क्रम पनि जारी छ । इजरायल जान चाहनेहरुको संख्या निकै छ । तालीमका लागि जानेहरु पांच दिन काम गर्छन । एक दिन पढ्छन एक दिन बिदा मनाउछन भने तालीम बाहेक भारत भएर अन्य काममा जानेहरुले दुइ दिन नै बिदा मनाउछन । इजरायलबाट फर्केका युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जा र उद्यमशीलताको अवसर प्रदान गर्नुपर्ने इजरायली अधिकारीहरूको सुझाव छ । सिकेर आएको सीप र प्रविधिलाई उपयोग गर्न नेपाल सरकारले कृषिमुखी नीति र आवश्यक पूर्वाधार तयार गरेमा नेपाली युवाले कृषिमा फड्को मार्न सक्ने उनीहरू बताउँछन् । यसै उद्देश्यलाई सघाउन सन् २०२० मा नेपालमा ‘कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने दुईपक्षीय सम्झौता भएको थियो । तत्कालीन इजरायली विदेशमन्त्री गाबी अश्केनाजी र नेपालका तत्कालीन राजदूत डा. अन्जान शाक्यबीच भएको उक्त सम्झौताअनुसार हाल नेपालका विभिन्न प्रदेशमा कृषि उत्कृष्टता केन्द्र स्थापनाको काम भइरहेको छ ।नेपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक छ । सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको इजरायल भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । नेपाल जस्तो मुलुकले काम गर्न जानेहरुलाई सहज ढंगले जान दिने गरी संवन्धित मुलुकसंग सहमति गर्ने हो भने नेपालमा रोजगारीको ब्यबस्था नहुञ्जेल काम गर्न चाहनेका लागि अबसर हुने थियो । इजरायल सरकार पनि नेपाल र नेपालीहरु प्रति निकै सकारात्मक देखिन्छ । नेपालबाट म सहित सम्पादक साथीहरु इजरायल भ्रमणमा जानुअघि नेपाल स्थित इजरायली राजदूत समुलिक एरिवासले भन्दै थिए तपाइहरु जानुस हेर्नुस हाम्रो कुनै अपेक्षा छैन तर नेपाल र नेपाली प्रति हाम्रो देशले निकै सकारात्मक दुष्टिले हेर्छ । हुन पनि भोटेकोशीको बाढीले पारेकोपीडामा इजरायल सरकारले इजरायली दूतावास मार्फत गरेको सहयोग उदाहरणीय छ । इजराययले जस्तो हाम्रो मुलुकले गर्न नसक्ने होइन तर मुलुकलाई त्यसका लागि सर्वप्रथम सिष्टममा चल्ने बनाउनुपर्छ । इजरायलमा बस वा सार्वजनिक ट्र्राभल वा बत्ति पानी लगायतका लागि मासिक रुपमा राज्यले  तलबवाटै खर्च काट्छ अनि बस चढन परे पैसा बुझाइरहन पर्र्देैन । रात दिन राज्यले खाली भएपनि सार्वजनिक यातायात चलाइरहन्छ किनकि उसका लागि राज्यले नै सुबिधा दिने गर्छ । नागरिकहरु कार्ड देखाएपछि जहां जति बेला यात्रा गर्न सक्छन भने अन्य बत्ति पानीका लागि कार्डवाटै स्वतः काटिन्छ अर्थात हरेक क्षेत्र निकाय सिष्टममा चल्ने गरेको छ । हामीले पनि नेपालललाई सिष्टममा ढाल्न ढीलाइ भैसकेको छ ।
[email protected]
इजरायल भ्रमणवाट फर्केपछि

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।