Washington DC, US : October 13, 2026, Tuesday 04:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति|Breaking News : आजको बाढीको आतंक, फोटो आफै समाचार बोल्छन !|Breaking News : नेपालमा फेरि रसुवा र भोटेकोशीको जस्तै बाढी आयो, गोरखामा बूढीगण्डकीको विनाशकारी बाढी|अमेरिकाको पेन्सिलभेनियामा विभत्स सामूहिक गोलीकाण्ड|साउदी अरबको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आक्रमण : १२ जनाको मृत्यु, ३०९ घाइते, अमेरिकी नागरिकसमेत मारिए|यस्ता छन् आजका नेपालका समाचारहरु|सरकारी जग्गा संरक्षण र भ्रष्टाचार छानबिनको माग गर्दै सत्य र न्यायको खोजी अभियान फेरि अख्तियारमा

धुर्मुस–सुन्तली फेरि हँसाउन फर्किए, ‘म त मर्छु कि क्या हो’ सुरु पीडा र ऋणको भारी बोकेर अमेरिका पुगेका धुर्मुस–सुन्तली !

  NepalMother.com | ३० भाद्र २०८३, मंगलवार १३:४४

अमेरिका । लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको ऋण, राज्यसँगको विवाद, आरोप–प्रत्यारोप, निराशा र न्याय नपाएको गुनासो बोकेर पुनः अमेरिका फर्किएका चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि आफ्नो पुरानै कर्म—दर्शकलाई हँसाउने काममा फर्किएका छन्। उनीहरूले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ सुरु गरेका छन्।

नेपालमा महिनौँसम्म राज्यका विभिन्न निकाय धाउँदा पनि चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको करिब १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्व समाधान हुन नसकेको भन्दै निराश बनेका धुर्मुसले गत अगस्टमा पुनः अमेरिका फर्किनुपरेको बताएका थिए। उनका अनुसार आफू न्याय पाउने आशामा छोरीसहित नेपाल पुगेका थिए, तर दुई महिनासम्म विभिन्न सरकारी निकायमा धाउँदा पनि समस्या समाधान भएन। उनले १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार, अधुरा सपना र पीडा बोकेर फेरि मातृभूमि छाड्नुपरेको गुनासो सार्वजनिक गरेका थिए।

धुर्मुसले नेपाल फर्कँदा यसपटक आफ्नो समस्या समाधान हुने, आफ्नै देशमा बसेर पुनः कलाकारितामा सक्रिय हुने र दर्शकलाई पहिलेजस्तै हँसाउने ठूलो विश्वास रहेको बताएका थिए। तर राज्यका ढोका–ढोका पुग्दा पनि आफ्ना कुरा सुनाउन नसकेको र समस्या समाधानको बाटो नखुलेको उनको गुनासो थियो। उनले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज ‘बेवारिसे’ बनेको अनुभूति भएको समेत उल्लेख गरेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मेवारी लिएर ठूलो राष्ट्रिय अभियानमा होमिएको धुर्मुस–सुन्तली फाउन्डेसन अन्ततः आर्थिक संकटमा फसेको थियो। करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना जनस्तरबाट सहयोग जुटाएर निर्माण गर्ने लक्ष्यसहित सुरु भएको थियो। तर प्रतिबद्धता गरिएको सहयोग नआउनु, कोरोना महामारी, निर्माण लागत र आर्थिक व्यवस्थापनको संकटका कारण काम रोकियो। निर्माण रोकिँदासम्म फाउन्डेसनमाथि करिब १८ करोड रुपैयाँभन्दा बढी दायित्व बाँकी रहेको विवरण सार्वजनिक हुँदै आएको छ।

त्यसपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरियो र परियोजना सरकारी संयन्त्रमार्फत अगाडि बढ्यो। फाउन्डेसनको बाँकी ऋण तिर्न संघीय सरकारले पटक–पटक रकम छुट्याए पनि कानुनी तथा प्रशासनिक जटिलताका कारण रकम भुक्तानी हुन नसकेको विवरण सार्वजनिक भएको छ। २०२६ अप्रिलसम्म संघीय सरकारले विभिन्न किस्तामा १५ करोड रुपैयाँ भरतपुर महानगरलाई पठाएको भए पनि रकम भुक्तानी हुन नसकेर फ्रिज भएको कान्तिपुरले जनाएको थियो।

अर्थात् धुर्मुस–सुन्तलीले लगाउँदै आएको ‘राज्यबाट न्याय नपाएको’ आरोप उनीहरूको सार्वजनिक धारणा हो भने स्थानीय तहले ऋण भुक्तानीका लागि स्पष्ट कानुनी आधार नभएको तर्क गर्दै आएको छ। यही अन्योल वर्षौँसम्म लम्बिँदा एउटा समय देशभर हास्य कलाकारका रूपमा अत्यन्त लोकप्रिय धुर्मुस–सुन्तलीको कलाकारिता नै लगभग ओझेलमा परेको थियो।

तर परिस्थितिले उनीहरूलाई कलाकारिताबाट टाढा राख्न सकेन। अनेक मानसिक दबाब, आर्थिक बोझ र विवादको घेराबीच पनि धुर्मुस–सुन्तलीले फेरि दर्शकसँग हाँसोको सम्बन्ध जोड्ने प्रयास गरेका छन्। यसपटक उनीहरूको कर्मभूमि नेपाल होइन, संयुक्त राज्य अमेरिका बनेको छ।

अमेरिकाको नर्थ क्यारोलाइनास्थित राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको नयाँ सिरियल ‘म त मर्छु कि क्या हो’को छायांकन रालेसँगै केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो र चार्लोटलगायत क्षेत्रमा गरिएको छ। सिरियलले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको जीवन, संघर्ष, अवसर, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश, नेपाली संस्कार जोगाउने प्रयास र प्रवासी जीवनका अनेक रमाइला तथा कठिन पक्षलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

सिरियलको शीर्षक ‘म त मर्छु कि क्या हो’ धुर्मुसको वर्षौँदेखि चर्चित संवाद तथा थेगोबाट लिइएको हो। यही नाममा धुर्मुस–सुन्तलीले यसअघि वेब फिल्मसमेत निर्माण गरेका थिए। तर अमेरिकाबाट सुरु गरिएको पछिल्लो प्रस्तुति भने नियमित हास्य शृंखलाका रूपमा आएको हो।

नयाँ सिरियलको प्रसारण हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ बजेर १५ मिनेटमा र अमेरिकाको पूर्वी समयअनुसार शुक्रबार बिहान १० बजेर ३० मिनेटमा धुर्मुस–सुन्तलीको आधिकारिक युट्युब च्यानलबाट हुने व्यवस्था गरिएको छ। सिरियलको नियमित प्रसारण सेप्टेम्बर ११, २०२६ देखि सुरु भएको हो। यसअघि प्रसारण सुरु गर्ने मिति तय गरिए पनि नेपालमा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कार्यक्रमको सुरुवात स्थगित गरिएको थियो।

सिरियलको अर्को आकर्षण धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेल पनि हुन्। बाबुआमासँगै उनी बाल कलाकारका रूपमा सिरियलमा देखिएकी छन्। यस अर्थमा धुर्मुस–सुन्तलीको नयाँ सिर्जनात्मक यात्रामा परिवारको दोस्रो पुस्तासमेत जोडिएको छ।

सिरियलमा मोहन मिश्र, सीताराम कट्टेल, कुञ्जना घिमिरे, दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईं, चुडा धिमाल, धर्म भारती, सुभद्रा आचार्य र हिरादेवी भट्टराई लगायत कलाकारको अभिनय छ। वरिष्ठ हास्य कलाकार मोहन मिश्र लामो समयपछि पुनः पर्दामा फर्किनुलाई पनि सिरियलको विशेष पक्ष मानिएको छ। बाल कलाकारका रूपमा सुबिहानी कट्टेलको सहभागिता छ।

सिरियलको कथा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तयार गरेका हुन्। पटकथा तथा संवादसमेत धुर्मुस–सुन्तलीकै रहेको छ भने लेखन तथा निर्देशनको जिम्मेवारी पनि उनीहरू दुवैले सम्हालेका छन्। अर्थात् लामो समय सामाजिक अभियानमा व्यस्त भएर कलाकारिताबाट टाढिएका यो जोडी नयाँ सिरियलमार्फत अभिनयसँगै लेखन, निर्देशन र सिर्जनात्मक नेतृत्वमा एकैपटक फर्किएको छ।

संगीततर्फ राजेन्द्र बजगाईंको संगीत, प्रकाश पुञ्जको शब्द तथा आशिष अविरलको स्वर रहेको छ। एरेन्जमेन्टको जिम्मेवारी राजेन्द्र बजगाईंले सम्हालेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। पृष्ठभूमि संगीत अलिश कार्कीको छ।

सिरियलमा सुरेश दर्पण पोखरेल, अर्जुन के. संग्रौला ‘मज्जाको टिभी’ र शर्मिला बुढाथोकीको भ्वाइसओभर रहेको छ। कला निर्देशन सुभाष बस्नेत, आईटीतर्फ धिरज कार्की, टिम सदस्यमा अर्जुन प्रधान र सानुराम दाहाल तथा मेकअपमा कुञ्जना घिमिरे स्वयं संलग्न छन्। ऋषिराम कट्टेलले संयोजनको जिम्मेवारी सम्हालेका छन्।

पोस्टर डिजाइन ‘टौवा क्रिएसन’ले गरेको छ भने मोसन ग्राफिक्स विजय बस्यालको रहेको छ। राजु केसी निर्देशक छायांकन (डीओपी) मा छन्। सम्पादन राजेन्द्र मानन्धर तथा कलर ग्रेडिङ प्रवीण सायमीले गरेका छन्। भीएफएक्सतर्फ ‘६ ए.एम. आर्टिस्ट्स’का शीतल वाग्ले, किरण सिम्खडा, अनोज खड्गी र सन्दीप लामाको सहभागिता छ। सिरियलको ट्राभल पार्टनर Diligent Travels / Flights2Nepal.com रहेको छ।

एउटा समयमा नेपालका टेलिभिजन दर्शकलाई ‘मेरी बास्सै’ लगायत कार्यक्रममार्फत हँसाउँदै घर–घरमा पुगेका धुर्मुस र सुन्तली कलाकारिताबाट सामाजिक सेवातर्फ मोडिएका थिए। भूकम्पपछिको पुनर्निर्माणदेखि एकीकृत बस्ती निर्माणसम्म उनीहरूको अभियानले ठूलो प्रशंसा पाएको थियो। त्यसपछि उनीहरूले अझ ठूलो राष्ट्रिय सपना भन्दै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको अभियान थाले। तर यही परियोजना अन्ततः उनीहरूको जीवनकै सबैभन्दा जटिल अध्याय बन्न पुग्यो।

समाजसेवाको उद्देश्य लिएर सुरु गरिएको परियोजनाबाट उनीहरू प्रशंसासँगै विवाद, आलोचना, ऋण र मानसिक दबाबको घेरामा परे। रंगशालाको निर्माण अहिले भरतपुर महानगरपालिका, बागमती प्रदेश र सरकारी संयन्त्रमार्फत पुनः अघि बढिरहेको छ। जुलाई २०२६ सम्म परियोजनाको काम करिब ४८–५० प्रतिशत पुगेको विवरण सार्वजनिक भएको थियो।

विडम्बना के छ भने जुन परियोजनाले धुर्मुस–सुन्तलीलाई कलाकारिताबाट टाढा पुर्‍यायो, त्यही रंगशाला अहिले सरकारी लगानीमा निर्माण भइरहेको छ; तर उनीहरूको फाउन्डेसनसँग जोडिएको पुरानो ऋण विवाद अझै पूर्ण रूपमा समाधान भएको छैन।

यही पीडा र परिस्थितिबीच उनीहरूको नयाँ सिरियललाई केवल एउटा हास्य कार्यक्रमका रूपमा मात्र हेर्न कठिन छ। नेपालमा राज्यसँग न्याय माग्दै कार्यालय र राजनीतिक–प्रशासनिक संरचनाका ढोका धाउँदा थकित भएका कलाकार फेरि क्यामेराअघि आएका छन्। देश बदलिएको छ, छायांकनस्थल बदलिएको छ, वरिपरिका पात्र र कथा बदलिएका छन्, तर दर्शकलाई हँसाउने उनीहरूको प्रयास भने बदलिएको छैन।

अमेरिकाको प्रवासी जीवनभित्र नेपालीपन, पारिवारिक सम्बन्ध, पुस्ताबीचको अन्तर, कमाइको संघर्ष, सामाजिक देखासिकी, संस्कार, भाषा र विदेशमा नेपालीले भोग्ने अनेक उतारचढावलाई हास्य–व्यंग्यमा उतार्ने प्रयास ‘म त मर्छु कि क्या हो’मा गरिएको छ।

सायद यही कारणले यसको शीर्षकसमेत धुर्मुसको पुरानो थेगो भएर पनि अहिलेको जीवनसँग अनौठो रूपमा मेल खान पुगेको छ—जीवनमा अनेक पीडा, ऋण, निराशा र विवाद आए पनि पर्दामा उभिएर उनी फेरि भन्दैछन्, ‘म त मर्छु कि क्या हो!’

रंगशालाको ऋणले थिचिएका छन्, राज्यसँग गुनासो बाँकी छ, नेपालमा न्याय नपाएको अनुभूति उनीहरूले सार्वजनिक गरिरहेका छन्, तर धुर्मुस–सुन्तलीले दर्शकलाई हँसाउन भने छाडेका छैनन्।

यो उनीहरूको अमेरिका बसाइको एउटा नयाँ सिरियल मात्र नभएर, कठिन परिस्थितिपछि आफ्नो मूल पहिचान—कलाकारिता—तर्फ फर्किएको नयाँ अध्याय पनि बनेको छ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।