20240424

ए सर्वोच्च अदालतका न्यायमुर्तिहरु हो यो ढिलो न्याय अन्याय हुन्न र ? अदालतले कती बर्ष सम्म हेर्न नभ्याउने हो ??

काठमाडौं । पूर्वसभामुख एबम हत्या आरोपी अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दहेर्दै मा राखिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ । यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए । त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ ।

यस्ता छन् नेपाल र कतारबीच भएका आठ सम्झौता तथा समझदारी

१) नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२) राष्ट्रिय समाचार समिति (रासस) नेपाल र कतार न्युज एजेन्सी (क्यूएनए) बीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता ।

20240422

विश्व पृथ्वी दिवस, विश्वभर यो दिवस मनाइरहँदा पृथ्वीको अस्तित्व भने बढदो प्रदूषण र तापक्रम बृद्धिका कारण संकटमा


 - धुर्ब सागर शर्मा /  आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । विश्वभर यो दिवस मनाइरहँदा पृथ्वीको अस्तित्व भने बढदो प्रदूषण र तापक्रम बृद्धिका कारण संकटमा पर्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०.०८ डिग्रीका दरले भइरहेको तापक्रम वृद्धि र त्यसबाट उत्पन्न मानवीय वा प्राकृतिककारणले सिर्जित प्रदूषणका कारण पृथ्वीको अस्तित्व संकटमा पर्दै गइरहेको वैज्ञानिकहरुको भनाइ रहेको छ । ‘हरियो पिण्ड’ को नामले चिनिने पृथ्वीमा प्राणी जीवनको अस्तित्व सुरक्षित रहने भए पनि बढ्दो वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तात्दै गएको छ । मानवीय क्रियाकलापकै कारण पृथ्वी संकटतर्फ धकेलिँदै गएको वातावरणवीद्हरुको भनाइ छ ।

सहकारीहरु चोरीमा संलग्न रहेका ६ जना प्रहरीद्वारा पक्राउ

 झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।

सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । 

राजाको सवारी हुने सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइने, सेनाले हवाई गस्ती समेत गर्ने

राजाको सवारी हुने सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइने छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दूरविन प्रयोग गरी निगरानी गर्नेछन् । नेपाली सेनाले हवाई गस्ती समेत गर्नेछन् !


 

राम्रो कामलाई राम्रो भन्नै पर्छ - यो व्यबहारमा लागु होस

 

पछिल्ला दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका २९ निर्णय

20240421

अख्तियारद्वारा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको अख्तियारले बाटएको छ ।  

 

गुल्मीमा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भए, सयौँको सङ्ख्यामा चौपायाको मृत्यु

 
गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट करोडाैँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

20240420

बुढा निस्किए कुनै भर नभाको !

 एउटा "बा" हुनुहुन्छ हाम्रो गाउँमा

गफ र उखान टुक्काका खानी 
कहनु हुन्छ जानी नजानी 
केही छैन वहाँले नजानेको 
केही छैन वहाँले नबुझेको 
बिहान उठे देखी राती नसुत्दा सम्म
नदी बगे जस्तै बगिरहन्छन् उखान टुक्काहरू
गफहरू सुन्दा लाग्छ 
"बा" अनौठो प्राणी हो  
हामी सुनिरहन्छौ "बा" लाई 
चौतारोमा बसेर 
घर भित्र पसेर 
"बा" हिँड्दा लाग्छ लाइन पछि पछि   
वाह वाही छ गाउँ भरी "बा" को 
"बा" पनि मख्ख
हामी सुन्ने पनि मख्ख
मनोरञ्जन मिलेकै छ 
दिनहरू कट्दै छन् 
मुखिया हुँदै प्रधान पनि बनाइयो "बा" लाई 
तर मरेन माखो 
अरूको खान्थे सातो 
तर आफै डगाउन सकेनन् 
मुखिया र प्रधान हुँदा बोकेको जाँतो 
कुरौटे उनी
गाली गलौचका शिरोमणि उनी 
कुरा पनि कति हो आको 
उखान टुक्काको त बरदाननै छ पाको 
तर छैनन् कुनै भर भाको 
अहिले त छन् अर्कैको पछि लाको 
बुढा निस्किए कुनै भर नभाको 
तर पनि उखान टुक्का र गफ,
सुन्न र हाँस्न मजा आउँछ "बा" को !

- रामप्रसाद खनाल ( यो हाम्रा गाउँका "बा" को सत्य कथा हो, कहीँ कतै मिल्न गएमा संयोग मात्रै हुने छ ) 

20240419

लोकप्रिय कलाकार मनोज गजुरेलको नयाँ प्रस्तुति "शहीद गेट"

 

टेक्सास डालस महायज्ञ : हजारौं व्यक्तिहरु ज्ञान महायज्ञको लागि आए पनि यो "धन महायज्ञ" बनेको अनुभव भयो यहाँ

 - लेखनाथ गौतम 


अमेरिकाको टेक्सास डालस नजिकै रहेको युलेस सिटीमा नवाह महायज्ञ बुधबार देखि सकिएको छ। यस भित्रका समस्या, अप्ठेरा र केहि व्यक्तिहरुका बाबजुद यो समग्रतामा हेर्दा ठिकै रुपमा सम्पन्न भएको छ। अहा  भन्ने अवस्था नभए पनि केहि भएन भन्न मिल्दैन।  

९ दिन भएको महायज्ञमा ३३ लाख डलर पैसा दिने कबुल गरिएको जानकारी गराईएको छ। १६ हजार भन्दा बढी मान्छे दर्ता भएका छन्। अन्य दिनहरुमा उपस्थिति पातलो भए पनि शनिवार र आइतबार परिसर निकै व्यस्त रह्यो। करिव ४ सय गाडी पार्क गर्ने ठाउँ नपुगेर अलि टाढा पार्किंगको ब्यबथा गरिएको थियो। अपबाद बाहेक पार्किङ्गको समस्या भएन।   

के के भैरहेको छ अहिले न्युयोर्कमा ट्रम्पको मुद्धामा ? अदालत बाहिर एक जनाले आगो लगाए !

नेपाल अमेरिका पत्रकार संघले स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै, सानफ्रान्सिस्कोमा यसरी सम्पन्न भयो कार्यक्रम


सानफ्रान्सिस्को (क्यालिफोर्निया) / नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा संघसम्बद्व पत्रकारहरुले अप्रिल १३, शनिबार सानफ्रान्सिस्कोमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । नेपाली नयाँ वर्षको शुभारम्भको अवसर पारेर नेजा स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

विराटनगरस्थित अतिथि सदनमा विहिबार भएको विवाहमा दुलहा–दुलहीकै भीड, एकै पटक १५ जोडीले सामुहिक बिवाह गरे


 विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा–दुलही हुन्छन्, उनीहरुसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितीले विवाहमा भीडभाड हुन्छ । तर, विराटनगरस्थित अतिथि सदनमा विहिबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामुहिक बिवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको सामुहिक विवाह

गृह मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सडक विभागलाई बोधार्थ दिंदै निर्माण व्यवसायीलाई कारबाहीका लागि हस्तक्षेपसहित निर्देशन दिन प्रजिअ गणेश अर्यालले लेखे पत्र

 

20240416

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै प्रदर्शन


भैरहवा / रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरुप विरोधमा उत्रिएको बताएका छन् । 

"बालेनको शहर" भनेर नारा तय भएको काठमाडौं पनि विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत, हरे शिव !


काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा

20240415

३२ सिटे प्रधानमन्त्रीको सरकारलाई १२ सिटेले गुल्टाइदिने खेल शुरु, काँध कुहिन्जेल प्रचण्ड बोक्ने ओली पनि बर्बराउन थाले

 
केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पुर्व सहमति अनुसार नगरको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ । हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीम, जसपा र एकीकृत समाजवादी रहेका छन् । यसअघि केन्द्रमा नयाँ समीकरण बनाउदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफुहरुलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।