प्रेस विज्ञप्ति (FIJA Press Release)
वाशिङ्टन डिसी, अमेरिका / पेशागत पत्रकारहरूको स्वतन्त्र,
साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation
of International Journalist, america) अमेरिकामा स्थापना भएको छ । अमेरिकामा दर्ता
भई सर्व सम्मत रूपमा पहिलो कार्य समिति गठन पनि गरिएको छ ।
अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America) यो पत्रकारहरू को अन्तर्राष्ट्रिय छाता सङ्गठन हुने छ र यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखा हरू स्थापना गर्ने तयारी महासङ्घले गरेको छ ।
पुराना देखी नयाँ सम्म, अधिकांश वरिष्ठ पत्रकारहरू कार्य
समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत
पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक
एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक,
नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक
अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष,
स्वाधीनका प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ, यसै गरी
गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज
पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका
प्रधान सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासङ्घको सल्लाहकार रहनुभएको
छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of
International Journalist, America) को नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर
डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक जो रेडियो नेपाल,
नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्व प्रधान
सम्पादक एबम वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिनुभएको छ ।
महासङ्घको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका
प्रधान सम्पादक, लोक पत्र देखी विभिन्न पत्र पत्रिकामा लामो समय देखी पत्रकारिता गरेका
वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीन देखी धेरै मिडियाहरूमा
लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका
समाचार प्रमुख, कैयौँ टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गरेका वरिष्ठ
पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्व सम्पादक, जनता टेलिभिजनका समाचार
प्रमुख, कैयौँ पत्रपत्रिकाका सम्पादक रहिसकेका वरिष्ठ पत्रकार टङ्क पन्त छानिनुभएको
छ । यसै गरी उपाध्यक्षमा पत्रकारितामा लामो समय देखी क्रियाशील पत्रकार, अमेरिकाबाट
प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।
यसै गरी महासङ्घको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका
धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टङ्क दाहाल छानिनुभएको
छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि
उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकार समेत
रहेका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनुभएको
छ ।
यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड
अफ डाइरेक्टरमा लामो समय देखी पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान
सम्पादक एबम वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक,
विगत लामो समय देखी पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका क्यानका
पूर्व अध्यक्ष, हाल Asian-Ocean Computing Industry Organization का उपाध्यक्ष समेत
रहेका वरिष्ठ पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र
पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह सम्पादकका
रूपमा २०५० साल देखी कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहेका
वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ । क्यानाडाबाट
विगत २० वर्ष देखी नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार
अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनु भएका र विशेष गरी चलचित्र,
कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट
देशान्तर देखी अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा
पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।
सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय
पत्रकार महासङ्घलाई पूर्णता दिइने छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया,
जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा
पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ । त्यस का लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई
fijaheadquarters@gmail.com मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसै गरी अन्य देशहरूमा
पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देश स्तरीय शाखाहरू स्थापना गरिने छन जहाँ पेशागत
पत्रकारहरू रहनेछन । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको बारेमा, यसका गतिविधिहरू यसको
वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ ।
पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International
Journalist, america) ले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई
समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था
गरिएको छ ।
…………………… …………………………..
रामप्रसाद खनाल - अध्यक्ष टङ्क दाहाल -
महासचिव एबम प्रवक्ता
१- संस्थाको नाम : अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका हुने छ । यसलाई अङ्ग्रेजीमा Federation of International Journalist, America भनिने छ र छोटकरीमा FIJA भनिने छ ।
२- संस्थाको उद्देश्य : अमेरिका र संसार भर छरिएर रहेका जुन सुकै देशका पेसागत पत्रकारहरू लाई समेट्ने, स्वतन्त्र र निष्पक्ष ढङ्गले पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सङ्गठित गर्ने, पत्रकारिताको मर्म र धर्म अनुसार कामहरू गर्ने, गराउने, पत्रकारहरूको हक हित र संरक्षणका लागि आवाज उठाउने संस्थाको मूल उद्देश्य हुने छ ।
३- संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ र ठेगाना यस प्रकार हुने छ: 1945 Melvor Ln, Winchester, Virginia, 22601, USA. संस्थाको आफ्नै लोगो, वेब्साइट हुने छ ।
४- संस्थाको संस्थापक अध्यक्ष रामप्रसाद खनाल रहनुहुने छ । कार्यकाल समाप्ति पछि संस्थापक अध्यक्ष नै संस्थाको स्थायी प्रमुख संरक्षक रहने छ । पहिलो कार्य समिति सहमतिमा निर्माण गरिने छ र कार्यकाल २ वर्षको हुने छ ।
५- संस्थाले अमेरिकी नियम कानुन अनुसार भर्जिनिया राज्य र IRS मा दर्ता भई अमेरिका भर र संसारका अन्य देशमा पनि देश स्तरीय शाखा खोली काम गर्न सक्ने छ । संस्था नाफा नकमाउने संस्था अर्थात 501C अन्तरगत सँचालन हुने छ । एउटा देशमा एउटा मात्र देश स्तरिय शाखा खोलिने छ ।
६- यो संस्था गैह्र सरकारी र नाफा नकमाउने अन्तर्राष्ट्रिय संस्थाको रूपमा स्थापित र काम गर्ने संस्था हुने छ ।
७- संस्थामा १ अध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोशाध्यक्ष र १४ जना सम्म बोर्ड अफ डाइरेक्टर रहन सक्नेछन । हरेक महादेशबाट एक एक जना बोर्ड अफ डाइरेक्टरहरू छानिने छन । कार्य समिति बढीमा २५ जना सम्मको हुने छ । कार्य समितिले आवश्यकता अनुसार सल्लाहकार बोर्डमा सल्लाहकार मनोनयन गर्न सक्ने छ । पहिलो कार्य समिति गठन गर्दा सबै महादेशबाट प्रतिनिधित्व गराउन नसकिए अर्को नयाँ कार्यसमिति निर्वाचित हुँदा सबै समेटिनेछन ।
८- हरेक दुई वर्षमा निर्वाचन वा सहमतिमा कार्य समिति चयन हुने छ । दुई दुई वर्षमा हुने साधारण सभा र निर्वाचनबाट कार्य समिति चयन हुने छ । सहमति कायम नभएमा निर्वाचनका माध्यम बाट कार्यसमिति छायान हुने छ ।
९- कार्य समितिको अध्यक्षको कार्यकाल अन्तर्राष्ट्रिय समिति होस वा देश स्तरीय शाखा एक कार्यकाल मात्र हुने छ ।
१०- संस्थाको सञ्चालन कार्य समितिको निर्णय अनुसार हुने छ ।
११- संस्थामा आजीवन सदस्यता मात्र स्वीकार हुने छ । आजीवन सदस्यता शुल्क १०० डलर मात्र हुने छ ।
१२- संस्था सञ्चालनका लागि आवश्यक आर्थिक श्रोत देखी आवश्यक सम्पूर्ण कुराहरू कार्य समितिले निर्णय गरे अनुसार हुने छ ।
१३- कार्य समितिको बैठक बसेका बेला कार्य समिति र नबसेका बेला पछि कार्य समितिको बैठकले पास गर्ने गराउने गरी अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको बैठकले गर्ने निर्णय महासङ्घको निर्णय हुने छ । भइपरी आउने इमर्जेन्सी इस्युमा अध्यक्षले निर्णय लिन सक्ने छन तर त्यस्ता निर्णय पछि कार्यसमितिमा लगी पास गर्नुपर्ने छ ।
१४- कार्य समिति मातहतमा विभिन्न उप समिति निर्माण गर्न सकिने छ ।
१५- यो प्रारम्भिक विधान हुने छ र पछि साधारण सभाबाट पूर्ण विधान बनाइने छ ।
१६- यस संक्षिप्त अन्तरिम विधान - २०२४ मा उल्लेख नभएका तर भइपरी आउने हरेक इश्युहरु कार्य समितिले निर्णय गरे अनुसार हुने छ ।
https://www.fijahq.com/
Brief Interim Bylaws – 2024 of the Federation of International Journalists, America
1. Name of the Organization: The name of the organization shall be "अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका." (In English - "Federation of International Journalists, America" ) and abbreviation should be "FIJA."
2. Purpose of the Organization: Primary purpose of the organization shall be: o Include Nepali origin professional journalists who are spread across the world (including USA). o Organize journalists who are practicing independent and impartial journalism. o Conduct and promote activities according to the principles and ethics of journalism. o Raise a voice for the rights, welfare, and protection of journalists.
3. Headquarters: Main office of the organization shall be in Virginia, USA, with the address: 1945 Melvor Ln, Winchester, Virginia, 22601, USA. The organization shall have its own logo and website.
4. Founding President: The founding president of the organization shall be Ram Prasad Khanal. After the completion of his term, the founding president shall remain the permanent chief patron of the organization. The first executive committee shall be formed through consensus, and the term shall be two years.
5. Registration and Branches: The organization shall be registered in accordance with U.S. laws in the state of Virginia and with the IRS. It may establish national-level branches within the U.S. and in other countries. The organization shall operate as a non-profit under section 501(c). There shall be only one national-level branch in each country.
6. Nature of the Organization: The organization shall be established and operated as a non-governmental, non-profit international organization.
7. Organizational Structure: The organization shall consist of: o 1 President o 7 Vice Presidents o 1 General Secretary o 1 Secretary o 1 Treasurer o Up to 14 members of the Board of Directors (one from each continent). The executive committee shall consist of a maximum of 25 members. The executive committee may nominate advisors to an advisory board as needed. If representatives from all continents cannot be included in the first executive committee, the next elected committee shall ensure their inclusion.
8. Committee Formation and Elections: The executive committee shall be selected every two years, either through consensus or election. A general assembly shall be held every two years, during which the executive committee shall be selected. If consensus cannot be reached, the executive committee shall be selected through elections.
9. Presidential Term: The president’s term for both the international committee and national-level branches shall be limited to one term only.
10. Operations: The operation of the organization shall be conducted as per the decisions made by the executive committee.
11. Membership: Only lifetime memberships shall be accepted. The lifetime membership fee shall be $100.
12. Financial Resources and Operations: The financial resources and all necessary operations for running the organization shall be determined by the decisions of the executive committee.
13. Meetings and Emergency Decisions: Decisions made during official executive committee meetings shall be considered official. In the absence of an executive committee meeting, decisions made by the president, general secretary, secretary, and treasurer shall be valid. In case of emergencies, the president may make decisions, but those decisions must later be approved by the executive committee.
14. Subcommittees: The executive committee may form subcommittees as needed.
15. Interim Nature of the Bylaws: These are interim bylaws. A full constitution shall be developed and approved by the general assembly at a later stage.
16. Unforeseen Issues: Any issues not mentioned in these interim bylaws shall be resolved by the executive committee according to its decisions.
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक