आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो। भूकम्पले काठमाडौँ उपत्यकासहित, नेपालको तराई एवं पूर्वी जिल्लामा ठुलै धक्का महसुस गरिएको थियो । विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको र मानिसहरु एकाविहानै होहल्ला गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ । भूकम्पले तिब्बतको दक्षिणी क्षेत्रमा ठुलो धक्का दिएको छ, जसले आसपासका जिल्लामा समेत असर पारेको छ। उच्च म्याग्निच्युडका कारण ठुलो क्षतिको सम्भावना रहेकोले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। हालसम्म ठुला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने
20250106
Breaking News : फेरी ठुलै भुकम्प गएछ नेपाल र तिब्बतको सीमामा ७ म्याग्नेच्युडको, नेपाल भुकम्पको निकै जोखिममा छ सुरक्षित रहने प्रयास गर्नुहोला !
चेतावनी दिएका छन् र नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन्। स्थानीय राहत टोलीहरू परिचालन भई क्षतिको आकलन गरिरहेको छ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे काउन्टी रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् । ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक