दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छि रिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालीहरू पक्राउ परेको पुष्टि गरे।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक