नेपालमा कास्की जिल्ला अदालतले आज रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार नीतिज राईको इजलासले लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यस्तै, छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भए पनि कास्कीमा धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ । काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ । बाह्रखरीका अनुसार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली न्यायालयले व्यक्तिलाई लागेको अभियोगको गम्भीरता, त्यसमा प्रमाणको भारका आधारमा आदेश गर्ने बताए । उनका अनुसार, लामिछानेलाई लागेको आरोप गम्भीर भएको, त्यसमा तत्काल प्राप्त प्रमाणले उनलाई दोषी देखाउने आधार प्रदान गरेको र थुन्न प्रमाण नपुगेपछि उनलाई धरौटीमा रिहा हुने आदेश भएको हो । ज्ञवालीले भने, “अभियोग गम्भीर छ, तत्काल प्राप्त प्रमाणले पुष्टि भइसकेको छैन । तर, प्रमाणका आधारहरु देखिएका छन् र भविष्यमा प्रमाण पुष्टि हुने आधार छ भने त्यस्तो अवस्थामा धरौटीमा रिहा गर्ने आदेश हुन्छ ।”
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिन्दै भनेका छन - "प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ १ २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमामत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।"
त्यसबाहेक गम्भीर अभियोग लगाएर पनि प्रमाणले पुष्टी गर्ने आधार नदेखिएमा वा अभियोग गम्भीर नभएर प्रमाण पनि बलियो नभएको अवस्थामा साधारण तारिखको आदेश हुने उनले बताए । “अभियोग गम्भीर छ । तर, तत्काल प्राप्त प्रमाणले पुष्टिको आधार प्रदान गर्दैन वा अभियोग त्यति धेरै गम्भीर छैन भने साधारण तारेखमा छाड्ने अभ्यास रहन्छ,’’ उनले भने ।
यसै बिच सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् । आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि नेताहरूले खुशी व्यक्त गरेका छन् । अनलाइन खबर सँग कुरा गर्दै पोखरामा रहेका पार्टीका प्रवक्ता मनिष झाले अदालतको आदेशले ‘यो देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने पुष्टि गरेको’ बताएको अनलाइन खबरालए लेखेको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
‘यो आदेशले राज्यपछि लागेपछि कसैको केही लाग्दैन भन्ने भाष्यलाई गलत हो भन्ने स्थापित गर्यो’, झाले अनलाइनखबरसँग भने, ‘राज्य, गठबन्धनले जतिसुकै प्रतिशोध गरेपनि न्यायमाथि विश्वास थियो, जुन अझ बढेर गएको छ ।’ उनले अदालतले धरौटीमा छाड्नुलाई स्वागतयोग्य भएको बताए । ‘यसअघि हामीले जति बहस, तर्कवितर्क जे गरेपनि न्यायालयले एउटा आदेश दिएको छ’, उनले थपे, ‘यसले न्यायालय जीवित छ, न्यायालयले न्याय दिँदो रहेछ भन्ने पुष्टि भयो ।’ अदालतको आदेशलाई आफूहरुले ‘न्यायिक निर्णय’ भनेको उनले बताए । ‘यो पूर्णरुपमा न्याय नभएपछि न्याय पाउने प्रक्रियातर्फ अग्रसर भएको संकेत हो’, उनले थपे ।
रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि ‘सरकारले जबरजस्ती हिरासतमा राखेर गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको’ भनेका छन् । अदालतले लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहितका आरोपीहरूलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ । रास्वपाका समर्थकहरू कास्की जिल्ला अदालतबाहिर नाराबाजीसहित खुसियाली मनाइरहेका छन् ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक