20250106

अमेरिकामा भइरहेको हिमपातले अत्यधिक चिसो बढाएको मात्र छैन यहाँ र क्यानाडामा कैयौं नदी, ताल र झरनाहरु पनि जमे !

 अमेरिकामा भइरहेको  हिमपातले अत्यधिक चिसो बढाएको मात्र छैन यहाँ र क्यानाडामा कैयौं नदी, ताल र झरनाहरु पनि जमेका छन । अहिले पनि अमेरिकाका बिभिन्न राज्यहरुमा बाक्लो हिउँ परिरहेको छ र यो भोली सम्म जारी रहने छ । हिउँले जनजिबनलाई निकै ठुलो प्रभाब पारीरहेको छ भने भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको थियो जुन अहिले शुरु भैसकेको छ र भोली सम्म जारी रहने छ । एक दशकपछि यसपालि ठूलो हिमपात हुँदै छ यसले गर्दा निकै जाडो बढेको छ । 

ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात भइरहेको  छ। क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको क्यान्ससदेखि ईस्ट कोस्टसम्मका ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यूजर्सीका कतिपय ठाउँमा सङ्कटकाल घोषणा गरिएको छ। यी राज्यहरूका लगभग सबै राजमार्गहरूमा हिउँ जमेकाले सडक बन्द गरिएको छ । प्रशासनले सडक मार्ग प्रयोग नगर्न चेतावनी दिएको छ । स्कुल कलेजहरू बन्द गरिएका छन्। 

मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था 'पोलर भोर्टेक्स'का कारण उत्पन्न भएको बताएका छन्। आर्क्टिकमा फैलिने चिसो हावा भएको एउटा क्षेत्रलाई 'पोलर भोर्टेक्स' भनिन्छ। यसपालिको हिउँदे आँधीले ईस्ट कोस्टलाई स्थानीय समयानुसार आइतवार साँझदेखि शुरु भएको छ। न्यूयोर्क राज्यका कतिपय उत्तरी भागहरूमा अहिलेसम्म कम्तीमा तीन फिट हिउँ परिसकेको छ। एक्यूवेदरका मौसमविद् डान डिपोड्विनले भने, " सन् २०११ यता यसपालि ज्यानुअरी महिना सर्वाधिक चिसो हुन सक्छ।" उनले "तापक्रम ऐतिहासिक औसतभन्दा न्यून" रहेको जनाउँदै गर्दै यस्तो अवस्था एक सातासम्म लम्बिन सक्ने बताए। साधारणभन्दा १२ देखि २५ फरेनहाइटभन्दा कम तापक्रम हुने भविष्यवाणी गरिएको छ। यसले यात्रामा विलम्ब हुन सक्ने ठानिएको छ। अमेरिका भित्रिने र बाहिरिने २००० उडानहरु रद्द गरिएका छन् भने झन्डै ५,००० भन्दा बढी  उडानहरु विलम्ब हुने फ्लाइटअवेअर डट कमले जनाएको छ।

एम्ट्र्याकले पनि कैयौँ रेलसेवा स्थगित गरेको छ। सम्भावित अवरोधका कारण अमेरिकन, डेल्टा, साउथवेस्ट र यूनाइटेड एअरलाइन्सले उडान परिवर्तन गर्दा लाग्ने शुल्क हटाएका छन्। संयुक्त राज्य अमेरिकाबाट उत्तरमा पर्ने क्यानडामा पनि पोलर भर्टेक्सको प्रभाव परेको देखिएको छ। अत्यन्त चिसो मौसमका कारण क्यानडाको अधिकांश क्षेत्रमा सप्ताहान्तबाटै चरम मौसमसम्बन्धी चेतावनी जारी गरिएको थियो। त्यहाँका कतिपय क्षेत्रमा अकस्मात् भीषण हिमपात भएको र हावाहुरी चलेको छ। मध्यक्यानडामा अवस्थित म्यानिटोबा राज्यमा हिउँदे आँधीका कारण तापक्रम घटेर माइनस ४० डिग्री सेल्सिअससम्म पुग्न सक्ने ठानिएको छ। आइतवार ओन्टारिओका कतिपय भागमा १५ इन्चसम्म हिमपात भएको थियो। 

खराब मौसमका कारण सडकमा जोखिम बढेको छ। लरी र कारहरू ठोक्किएका र क्यान्ससमा एउटा दमकल दुर्घटनामा परेको विवरण प्राप्त भएको छ। "सेताम्मे अवस्थाले यात्रालाई ज्यादै खतरनाक बनाउँछ, सडक पार गर्न असम्भव बन्न सक्छ र चालकहरू अलपत्र हुने उच्च जोखिम रहन्छ," एनडब्ल्यूएसले चेतावनी दिँदै भनेको छ। यसैबीच 'टोर्नडो' उत्पन्न गराउन सक्ने सामर्थ्य भएको आँधी आर्कान्सा र लुइजियानाबाट पूर्वतर्फ मिसिसिपी र अलाबामातर्फ आइतवार साँझ अघि बढ्ने उक्त विभागले बताएको छ। मौसमविद् रायन मुए भन्छन्, "अवस्था ज्यादै बिग्रिएको छ र अझै बिग्रन सक्छ, विपद् निम्तन सक्छ। केही समययता हामीले यस्तो परिस्थिति देखेका थिएनौँ।" । मौसम विभागले सोमबारदेखि मौसममा सुधार आउने बताएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक