20250101

यस्ता छन् ओलीमाथि रावलका आरोपहरू !


२०७४ मा वाम गठबन्धनसँग झण्डै दुई तिहाइ बहुमत हुँदाहुँदै उपेन्द्र यादवलाई सरकारमा किन सहभागी गराइयो ?

 पार्टीका तर्फबाट वामदेव गौतम नेतृत्वको कार्यदलले दिएको सुझाव किन रद्दीको टोकरीमा फालियो ?

 स्थायी कमिटीलाई जानकारी नदिई प्रचण्डसँग पालैपालो प्रधानमन्त्री सहमति किन गरियो ?

 प्रधानमन्त्री हुने भएपछि जबजलाई तिलाञ्जलि दिएको होइन ?

 प्रचण्डसँग आधाआधा प्रधानमन्त्री हुने गोप्य पाँच बुँदे सहमति गरेर पार्टीभित्र कलहको विजारोपण किन गरियो ?

 २०७५ सालमा सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने प्रावधान राखेर तानाशाह बन्ने कूआकांक्षा राखेको होइन ?

 ‘एसियाको नयाँ देश स्वतन्त्र मधेश’ भन्ने सीके राउतसँग प्रधानमन्त्रीले सम्झौता गर्नु उचित थियो ?

 भारतीय दूतावासको धम्कीपूर्ण पत्र आउँदा नेपालमा आयात हुने फलफूल, तरकारी, माछामासु लगायतको विषादी परीक्षण नगर्ने निर्णय कुन स्वार्थमा गरियो ?

 एक अर्ब खर्चेर नेपालमा भारतीय चलचित्रकर्मीहरूलाई दिइने आइफा पुरस्कार वितरण काठमाडौंमा गर्ने निर्णय किन भयो ?

 गुठी विधेयक किन ल्याउनु भयो ?

 होक्जा मुनको घोर कम्युनिष्ट विरोधी मन्तव्य स्वाथका साथ सुन्ने र सम्मान प्राप्त गर्दा देशको प्रधानमन्त्रीको गरिमा रह्यो ?

 असमान र अपमानजनक गोर्खा भर्ती बन्द गर्नुका साटो नेपाली युवतीहरूलाई भर्ती जान दिने किन ?

 सवारी साधनमा अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने निर्णय कसको स्वार्थमा गरियो ?

 व्यवसायमा विदेशी लगानी आउन नहुने पार्टी नीतिविरुद्ध तपाई किन ?

 एमसीसी अध्ययन गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदन किन कार्यान्वयन भएन ? एमसीसी पारित भइरहँदा संसदमा कथित् नाराबाजी नाटक किन ?

 घरघरमा खाना पकाउने ग्याँस, रेल, पानी जहाज जस्ता कार्यक्रमहरू कहाँ पुग्यो ?

 चोलेन्द्र शमशेर जबराका नातेदार गजेन्द्र हमाल मन्त्री नियुक्त हुँदा किन बोलिएन ?

 सर्वोच्च अदालतबाट नेकपाको एकता भंग गराउने फैसला तपाईकै डिजाइनमा भएको होइन ? (अरु घटनाक्रमहरू समेत सामेल गराइएको छ ।)

 बालुवाटारमा भारतीय रअका प्रमुख सामन्त गोयलसँग प्रतिनिधि सभा भंग गर्नेबारे कुराकानी गरिएको होइन ?

 लुम्बिनीका सांसद विमला वलीलाई अपहरण गर्ने शंकर पोखरलको सत्ता जोगाउन सेना परिचालन किन गरियो ?

 ९०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना सुटुक्क सम्पने तपाई होइन ?

 १७ ठाउँमा जसपालाई सिट छोड्ने अनि कमल थापालाई सूर्य चिन्ह किन दिइयो ? एकनाथ ढकाल एमालेको सांसद कसरी बने ?

 ७३ वर्षको बुढो अवस्थामा पनि अध्यक्ष र प्रधानमन्त्रीमा किन मुख वाएको वायै ? पञ्चायतकाल हुँदै १९ पटक मन्त्री भएकाले २० औं पटक मन्त्री किन ?

 संविधान दिवसलाई ‘कालो दिवस’ भन्ने राजपालाई संसदीय समितिको सभापति बनाउनुको रहस्य के हो ?

 बागमतीको किनारमा बस्नेहरूका लागि बनाइएको भवन प्रधानमन्त्री भएको बेला आफ्नी पत्नी संरक्षक रहेको मानव सेवा आश्रम नाम गैससलाई निःशुल्क किन दिइयो ?

 एक व्यवसायीको घरमा सातबुँदे गरी सत्ता फेर्नु अवसरवादी चरित्र होइन ?

 तपाई प्रधानमन्त्री भएकै बेला नेपालीहरूलाई नक्कली शरणार्थी बनाएको होइन ? तपाईकै गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेको होइन ? २०८० वैशाख २० गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले (टोपबहादुर रायमाझी) लाई गिरफ्तार नगर्न आग्रह गरेको होइन ?

 २०७७ वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टीमा विग्रह ल्याएको होइन ?

 मदन भण्डारी फाउन्डेसनबाट देशभर समानान्तर पार्टी कमिटी चलाएको होइन ?

 ५ पुस २०७७ मा प्रतिनिधि सभाको असंवैधानिक निर्णय गरी देश, जनता र पार्टीलाई अनिश्चयतिर धकेलेको होइन ?

 संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको होइन ?

 पार्टी बैठकको माग गर्दा १० पृष्ठको पत्र लेखेर तत्कालीन नेकपामा संकट निम्त्याएको होइन ?

 तपाईं पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति कसको स्वार्थमा अवज्ञा गर्नुभयो ?

 प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएपछि फागुन २८ गते आफ्ना गुटका केही केन्द्रीय सदस्यको बैठक राखेर पार्टीलाई विभाजनतर्फ धकेलेको होइन ?

 बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णुप्रसाद पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित ढंगले पाएको जग्गा फिर्ता गर्ने योजना तपाईकै होइन ?

राष्ट्रको ढुकुटीबाट चारवटा हेलिकोप्टर प्रयोग गरी बर्ड थे मनाउने तपाई होइन ?

 राजाको प्रत्यक्ष शासनका बेला समेत अवसर छोप्ने युवराज खतिवडालाई राष्ट्रिय सभाको पदावधि सकिएपछि पनि अर्थमन्त्री बनाउने तपाईं होइन ?

 सार्कको अध्यक्ष राष्ट्रको हैसियतले कुनै कुरा नगर्नुमा कसको स्वार्थ र दबाब हो ?

 एमसीसी पारित नहुँदै बजेटमा किन राखियो ?

 कोरोना संक्रमणका बेला जनताको निःशुल्क उपचार नगर्ने निर्णय भएको होइन ?

 एमालेको एकता जोगाउने प्रयासमा संकट ल्याउने गरी २०७८ वैशाख २८ मा प्रधानमन्त्री पदमा विश्वासको मत लिन्छु भन्ने निर्णय किन ?

 एमालेको एकता कायम राख्ने गरिएको १० बुँदे सहमति कार्यान्वयनमा एकरुपता किन गरिएन ? एमाले र नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिएँ, १० बुँदेपछि किन दिइएन ?

 १० बुँदे कार्यान्वयन नभएकाले उक्त कार्यान्वयन गर्ने समितिबाट राजीनामा दिने मेरो निर्णयलाई गम्भीरताका साथ किन हेरिएन ?

 राष्ट्रहितविपरीत नागरिक विधेयक ल्याएर अधिकारको दुरुपयोग गरेको होइन ?

 दीपक मनाङेलाई निर्विरोध निर्वाचित गराउने र मन्त्री बनाउने तपाईं होइन ?

 वामपन्थी एकता नगर्ने शर्तमा प्रधानमन्त्री बन्ने तपाईं ?

 गिरीबन्धु टी–इस्टेटबाट जोगिन रातारात गठबन्धन फेरेको हो ?

 कुन सिद्धान्तका आधारमा मीनबहदुर गुरूङबाट भवन लिने निर्णय भयो ?

 चीन भ्रमणमा जाँदा नेपालको लिपुलेक भञ्ज्याङ प्रयोगबारे मौन रहनुको अर्थ के हो ?

 मलाई पार्टीबाट निस्कान र अरु दुईजनालाई निलम्बन गर्ने निर्णयप्रति सातजना पदाधिकारीले दिएको सुझाव नसुन्नुले तपाईंको शैली र व्यवहार निरंकुश र दमनकारी भएको पुष्टि हुँदैन र ?


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक