20250104

बौद्ध धम–दर्शनको प्रभाव विश्वमा बढ्दै जाँदा : बौद्ध शिक्षामा नालन्दा, तक्षशिला,वल्लभी, विक्रमशिला,जगदला र ओदान्तपुरीको योगदान

 - डा.बालकृष्ण चापागाईं

बौद्ध धर्म, दर्शन र संस्कृतिको विकाससँगै समयक्रममा बौद्ध शिक्षाको पनि विकास हुँदै गयो । अध्ययन गर्ने र गराइने विषयका रूपमा बौद्ध शिक्षाले मान्यता पायो । बौद्ध शिक्षाको विकास हुने क्रममा विभिन्न शैक्षिक प्रतिष्ठानहरूको पनि स्थापना भयो ।

नालन्दा

नालन्द विश्वविद्यालय सुरुमा भारतको विहार राज्यको नालन्दामा एउटा बौद्ध विहारका रूपमा थियो । बिस्तारै त्यो एउटा शैक्षिक केन्द्रमा परिणत भयो । सातौँ शताब्दीमा चीनबाट भारत गई पूर्वीय दर्शनको अध्ययन गर्ने प्रसिद्ध चिनियाँयात्री युवान च्वाङ्ले आफ्m््ना विवरणहरूमा बौद्ध शिक्षाको केन्द्र नालन्द विश्वविद्यालयको विशेष उल्लेख गरेका छन् ।  युवान च्वाङ्ले आफ्m्नो विवरणमा उक्त विश्वविद्यालयमा एकहजार पाँच सय शिक्षक र दशहजार विद्यार्थी थिए । प्राध्यापकहरूको व्याख्यानका निम्ति मात्रै दैनिक सय वटा कुर्सी वा आसनको व्यवस्था गरिन्थ्यो भनेर स्पष्टसँग उल्लेख गरेका छन् । त्यतिबेला नालन्दा महाविहारबाट बौद्ध धर्मदर्शनको प्रचारप्रसारमा निकै ठूलो योगदान पुगेको र यसलाई बौद्ध सञ्चारको धरोहरको रूपमा लिन सकिन्छ । यस विहारमा बाह«ौं शताब्दीसम्म विश्वमा चर्चित र लोकप्रिय बौद्ध केन्द्रहरू रहेका र यी केन्द्रहरूमा नेपाली लगायत विदेशी विद्वान्हरू संग्लन रहेका थिए ।

तक्षशिला

तक्षको एउटा अर्थ हुन्छ तलास्नु वा ताछ्नु र शिलाको अर्थ हो ढुङ्गा, पत्थर । त्यसैले यस स्थानमा ढुंगा कुंद्ने व्यक्तिहरूको बसोबास हुनसक्छ । यस आधारमा के भन्न सकिन्छ भने प्रस्तर कलाको केन्द्र भएकोले पनि यस स्थानको नाम तक्षशिला रहेको हुनसक्छ । टोलेमीको ज्योग्राफी ग्रन्थ र जोन हिल्डेसिमको हिस्ट्री अफ थ्री किङ्समा पनि यस स्थानको नाम ससम्मान उल्लेख छ । वराहमिहिरको ज्योतिष ग्रन्थ वृहत्संहिता, रामायण, महाभारत र कौटिल्य ग्रन्थमा पनि यस स्थानको नाम उल्लेख छ ।  तक्षशिलामा एसियाबाट मात्र होइन युरोपबाट पनि विद्यार्थी र जिज्ञासुहरू अध्ययन गर्न र आफ्ना समस्याहरू समाधान प्राप्त गर्न आउने गर्थे । ग्रीस देशका अनेक विद्वानहरूले तक्षशिलामा आएर अध्ययन गरेको उल्लेख पाइन्छ । पाइथागोरसले आफ्ना साध्यको पुष्टि यहीं आएर गरेका हुन् भन्ने मान्यता छ ।

पौरस्त्य दर्शनका विद्वान् सातवलेकरको विचारमा प्राचीन समयमा आजको जस्तो विश्वविद्यालय थिएन । बरु त्यहाँ अनेक प्रकारका स्वतन्त्र गुरुकुलहरू थुप्रै संख्यामा थिए । जहाँ अनेक गुरुहरूले आआफ्ना गुरुकुलमा विभिन्न विषयको ज्ञान प्रदान गर्थे । अर्थशास्त्रका आचार्य कौटिल्यले त्यहाँ गुरुकुलमा लामो समय रहेर अर्थशास्त्र अध्ययन गरेका थिए । पछि त्यहीं सो विषयका आचार्य भएका थिए । कौटिल्य एलेक्जेन्डरका विरुद्ध संगठन गर्नुमा तक्षशिलाको मुक्ति पनि एक कारण हुनसक्छ । चन्द्रगुप्तको सहायताले यस स्थानलाई मुक्त गराएका थिए भन्ने कुरा इतिहासकारहरूले बताएका पनि छन् । चन्द्रगुप्तको नाति अशोकले राज्य विस्तार गर्दा उत्तरमा तक्षशिला, उज्जैनलाई आफ्नो साम्राज्यमा मिलाएका थिए । तर उनले त्यहाँ सधैं असन्तुष्टि खेप्नु प¥यो ।

पाकिस्तानका विभिन्न प्रान्तका मुख्य बुद्धिस्ट धरोहर मध्ये तक्सिला (तक्षशिला)मा रहेको धर्मराजिका स्तुपा, तखत भाई, भोटिभ स्तुपा, सिंगरदार स्तुपा, अमलुकदरा स्तुपा र स्वातमा रहेको बुद्ध मूर्ति लगायत सयौँ मुख्य धरोहरका रूपमा रहेका छन् । यसलाई युनेस्कोले सन् १९८०मै विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । ईसापूर्व २०० देखि सन् ५०० बिचमा निर्मित टक्सिलाका अधिकांश पुरातात्विक महत्वका बुद्धिष्ट धरोहरहरू टक्सिला म्युजियमको वरपर रहेका छन् ।

वल्लभी

प्रसिद्ध चिनियाँ यात्री युवान च्वाङ्ले आफ््mनो यात्राविवरणमा उल्लेख गरेका तत्कालीन भारतका दुई मुख्य विश्वविद्यालयमध्ये अर्को हो वल्लभी । बौद्ध शिक्षाको उच्चतम विकास भइरहेको छैठौँ र सातौँ शताब्दीको समयमा वल्लभी शिक्षालयले पनि आफ्नो अलग विशेषतासहित विशिष्ट पहिचान दिएकोे थियो । त्यो शिक्षालय स्थविरवाद अर्थात् हीनयान बौद्ध धर्मको केन्द्र थियो । जसरी नालन्दा महाविहार महायान धर्मको शैक्षिक केन्द्रका रूपमा विकसित भएको थियो त्यसै गरी वल्लभी पनि एउटा विहारबाटै पछि हीनयानी बौद्ध धर्मको शैक्षिक केन्द्रका रूपमा विकसित भएको थियो । चिनियाँ यात्रीहरू इत्सिङ र युवान च्वाङ दुवैले वल्लभी महाविहारलाई हीनयानीहरूको शैक्षिक केन्द्रका रूपमा उल्लेख गरेकाछन् ।

 विक्रमशिला

नालन्दा र वल्लभीपछि भारतमा प्रख्यात बौद्ध शिक्षाको अर्को केन्द्र हो विक्रमशिला । युवान च्वाङ्लगायत कुनै पनि चिनियाँ यात्रीको विवरणमा नपरेको त्यस शैक्षिक प्रतिष्ठानको विकास नालन्दा र वल्लभीको उत्कर्षपछि भएको पाइन्छ । तिब्बती स्रोतहरूले त्यस सम्बन्धमा केही प्रकाश पारेका छन् । अठारौँ शताब्दीको बुद्ध धर्मको इतिहासमा आचार्य तारानाथले यससम्बन्धी केही वर्णन गरेको पाइन्छ भने तिब्बतमै प्राप्त अन्य ऐतिहासिक सामग्रीमा पनि त्यसबारे जानकारी दिइएको छ । विशाल क्षेत्रफलमा फैलिएको त्यो विश्वविद्यालयमा ६ वटा त प्रवेशद्वार मात्रै थिए भनेर तिब्बतीहरूले उल्लेख गरेका छन् ।

जगदला

एघारौँ शताब्दीका बङ्गालका पालवंशी राजाहरू शिक्षानुरागी र बौद्ध धर्र्मी थिए । सन् १०७७ देखि ११२० सम्म बङ्गालमा शासन गर्ने राजा रामपालले दुईवटा नदी मिलेर बनेको

दोभान नजिकैको डेल्टा आकारको सुन्दर भूमिमा आफ्नो राज्यको राजधानी कायम गरी त्यस ठाउँको नामकरण गरे रामवती । नदीका किनाराको त्यो मनोरम स्थलमा राजधानी बनाएर सुखपूर्वक बस्नु मात्र उनको उद्देश्य थिएन । उनी त त्यहाँ एउटा विशाल बौद्ध विश्वविद्यालयको स्थापना गर्न चाहन्थे । तिनै शिक्षानुरागी राजाले स्थापना गरेको बौद्ध विश्वविद्यालय नै जगदला विश्वविद्यालय हो । स्थापनाकालदेखि करिब डेढ सय वर्षसम्म त्यस शैक्षिक प्रतिष्ठानले अनवरत रूपमा शिक्षाको ज्योति छर्ने काम गरेको पाइन्छ ।

ओदान्तपुरी

आठौं शताब्दीमा पालवंशका राजा धर्मपालले स्थापना गरेको अर्को विश्वविद्यालय ओदान्तपुरी हो । तत्कालीन मगध अर्थात् भारतको विहार राज्यमा पर्ने त्यो शिक्षालयलाई प्राचीन भारतीय विश्वविद्यालयमध्ये दोस्रो ठूलो मानिन्छ । त्यो स्थान हाल नालन्दा जिल्लाको सदरमुकाम बिहारसरिफमा पर्छ । तिब्बती ग्रन्थहरूका अनुसार त्यस विश्वविद्यालयमा १२ हजार विद्यार्थीहरू अध्ययन गर्थे । तिब्बतमा पहिलो पटक निर्माण गरिएको विहार त्यसैको नक्कल थियो । बिस्तारै विकसित हुँदै जाँदा त्यसले शैक्षिक प्रतिष्ठानको रूप लिंदै गयो, हजारौँ भिक्षुहरूले विहारमै बसेर अध्ययन गर्न सक्ने गरी विहार विकसित भएको थियोे । पाल वंशीय राजाहरूले उदारपूर्वक ओदान्तपुरीको प्रगतिमा बल पु¥याएका थिए ।

बौद्ध धर्मदर्शनको तीब्र विकास एवम् विस्तार भइरहेको बेला सन् ११९३ मा भएको बौद्धमार्गीहरू माथिको आक्रमण पश्चात् यो धर्मदर्शन संकटमा पर्न गए तापनि विभिन्न विद्वान र बौद्ध भिक्षुहरूको प्रयासबाट बौद्ध अभिलेखका पाण्डुलिपि नेपालको हिमाली क्षेत्र, तिब्बत, श्रीलङ्का, बर्मा–म्यानमार आदिमा सुरक्षित रहेकाले बौद्ध धर्मदर्शन सम्बन्धी आधिकारिक अभिलेखहरू प्राप्त हुन सकेका हुन् । ती अभिलेखहरू मध्ये केही संस्कृत ताडपत्र हस्तलिपि नेपालको केशर पुस्तकालयमा संरक्षण गरिएको छ । त्चष्भच का धेरै जसो अनुसन्धानहरू नेपाल भ्रमणका बेला नेपाली कागज प्रयोग भएको मसीमा मिसाइएको रसायन र भौतिक हिसाबले विश्लेषण गरिएको छ ।

 राम्रो कागज र मसीको प्रयोग गरी अभिलेख राखिएको हुँदा ती सामग्रीहरू अहिले पनि सुरक्षित भएका छन् ।  बौद्ध धर्मदर्शन विज्ञानमा आधारित भएको र यसको ज्ञान एवम् प्रयोगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कुरा सिद्ध भएकोछ ।   सम्पूर्ण बौद्ध धर्मसाहित्य पालि, संकर–संस्कृत, चिनिया, जापानी, मंगोलियन, तिब्बती, थाई, लाओसी, बर्मेली तथा विश्वका अधिकांश आधुनिक भाषामा उपलब्ध छ ।  बौद्ध धर्म दर्शनले मानिसको सोच्ने तरिकामा वैकल्पिक मार्ग प्रशस्त गर्ने र जीवन एवम् जगतको यथार्थ विश्लेषण गर्दै मानव जातिको कल्याण र मुक्तिको मार्ग देखाइएकोले बौद्ध धर्म र दर्शनको विश्वव्यापी रूपमा व्यापक प्रचार प्रसार हुनु पर्नेमा जोड दिइएको छ ।

भारतमा मुस्लिमहरूको आक्रमण नहुन्जेल नालन्दा विश्वविद्यालयको शैक्षिक परम्परालाई तिनै शैक्षिक प्रतिष्ठानहरूले अघि बढाएका थिए । सन् ११९३ तिर अली बख्तियार मोहम्मद खिलजीको आक्रमणपछि ती सबै विश्वविद्यालयका धेरै विद्वान्हरूको हत्या भयो, केही भागेर नेपाल र तिब्बततिर लागे । यसरी भारतमा विकसित बौद्ध शिक्षाको एउटा युगको ढोका दुःखद रूपमा बन्दभएको थियो । बुद्धको महापरिनिर्वाण पछि बौद्ध दर्शनको विकास र सञ्चारमा विशेष योगदान दिने आचार्यहरू, अग्रस्थानको योगदान दिने विभिन्न देशका बौद्ध राजपुरुषहरूको योगदान महत्वपूर्ण रहेको छ ।

 ती बौद्धमार्गीहरूको विवरण निम्नानुसार प्रस्तुत गरिएको छ । विशेष योगदान दिने आचार्यहरूमा महादेव महास्थविर, सम्राट अशोक, राजा मिलिन्द, नागसेन, अग्रस्थानको योगदान दिने बौद्ध राजपुरुषहरूमा पाश्र्व, सम्राट कनिष्क, बसुमित्र, पूर्ण यश, अश्घोष, नागार्जुन, आर्यदेव, मैत्रेयनाथ, संघभद्र, असंग, बसुबन्धु, कुमारजीव, दिगनाग, चन्द्रकीर्ति, फाहियान, बुद्धपालित, परमार्थ, बोधि धर्म, भावविवेक, धर्मपाल, शीलभद्र, बुद्धभद, बोभि रुची, हुयन साँग, धर्मकीर्ति, ईत्सिंग, गुरु पद्मसम्भव, शान्तरक्षित, कमलशील, कुकइ, धर्मदेवदिपकर श्रीज्ञान, शिनरन, डोजेन, निचिरेन, अग्रस्थान प्राप्त आचार्यहरूमा बुद्धघोष, योगदान दिने बौद्ध राजपुरुषहरूमा सम्राट् हर्षवर्धन, राजा ऊ, उपराजा शोतोकू, खि« श्रोङ बदेवचन्, पराक्रम बाहु, अनुरुद्ध, जयवर्मा सप्तम रहेका छन् । बौद्ध संगायनहरू, नालन्दा लगायतका बौद्ध शैक्षिक प्रतिष्ठान, बौद्ध विहार, बौद्ध अभिलेख, संस्कृत ताडपत्र (हस्तलिपि), बौद्ध राजपुरुष, बौद्ध आचार्य, पालि र संस्कृत भाषामा लेखिएका विभिन्न साहित्यहरू र पछ्रिल्लो समयमा बौद्ध धम–दर्शनको प्रभाव विश्वमा बढ्दै जाँदा अनेकौँ भाषा र साहित्यमा यसले पाउन थालेको स्थान, विशेषतः समयक्रममा विकास हुँदै आएका छापा, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट लगायतका सञ्चारका साधन, तरिका र माध्यमहरूको प्रयोगले नै बौद्ध दर्शनको विकास हुन सकेको हो ।  भवतु सब्ब मंगलम् ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक