सम्झना र सम्मान भइरहेको छ आज सचिनको पनि, सामाजिक सञ्जालहरू भरिभराउ छन श्रध्दान्जलीले
बाल कलाकार सचिन परियारका गुणगानहरूले !
देशका प्रधानमन्त्रीले पनि सम्झिएछन सचिन आज,
शोक समवेदना व्यक्त गरेछन अरूहरूले जस्तै !
सचिन बिहान बेलुका खाना खान नपाएर भोक भोकै हुँदा,
बिरामी भएर उपचार नपाई दश धारा रुँदा
स्कुल जान र पोसिलो आहार खान पाउनु पर्ने उमेरमा
चल्यो उनको व्यापार, बेचिइरहे सामाजिक सञ्जालहरूमा
आफ्नै बाबुले त व्यापार गर्थे उनको, अरूको के कुरा गर्नु !
युट्युबर, फेसबुके, टिकटकेहरुमा मात्र कसरी भर पर्नु,
मेला महोत्सव र प्रदर्शनहरूमा बिकाऊ थिए सचिन,
लेखेको रहेछ उनलाई उपचार नपाएर अल्पायुमै मर्नु
सरकार नभएको देशमा, मानवता र धर्म नभएको देशमा
आफ्नै बाबु र मान्छेहरू व्यापारी बनेर "बालक" बेच्ने देशमा
अब तिमी कहिल्यै जन्मिन नखोज्नु है सचिन,
स्वर्ग यदि हुन्छ भने, तिमी स्वर्गमै रमाउनु,
तर मानवता नभएको ठाउँमा आउँदै नआउनु !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक