“अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाएको हो । एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया गरेको हो ।
होटल पोखरा भिलेजमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र अर्थविद् तथा विश्लेषक अरुण सुवेदी वक्ताको रुपमा रहेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहको थियो । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा भने एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका थिए ।
यस अघि ६ वटा प्रदेशमा भएका बहसमा सहभागीहरुले सरकारी नीतिमा सुधार नगरे सम्म अर्थतन्त्र र व्यवसायी दुवै माथि उठ्न नसक्ने र सरकारी नीति झन्झटिलो भएको भन्दै सहज बनाउन माग गरेका छन् । त्यसमा उनीहरुले देशको अर्थतन्त्र सुधार र लयमा ल्याउन गर्नुपर्ने बिभिन्न उपाय बारे सरकारलाई एभिन्यूज मार्फत सुझाव पनि दिएका छन् । अन्तरक्रिया कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको एभिन्यूजले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि एभिन्यूजले आज सातौं तथा अन्तिम कार्यक्रम गण्डकी प्रदेशमा आयोजना गरेको हो । यो बहस तथा अन्तरक्रिया कार्यक्रम एभिन्यूज खबर टेलिभिजनका साथै एभिन्यूजको यूट्युव र फेसबुक पेज तथा एभिन्यूज डट टिभी र स्थानीय संचार माध्यममा प्रत्यक्ष प्रसारण गरेको थियो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक