20241208

गृहयुद्धमा ५ लाख जनता मारिएको, आधा जनता देश छोडेर भागेको देश सिरियाका राष्ट्रपति पनि देश छाडेर भागे, रुसमा शरण, ५० बर्ष लामो शासन ढल्यो, अमेरिका बोल्यो, अब के हुन्छ ?

   

  अमेरिकाका राष्ट्रपति जो बाइडेनले सिरियामा बसर अल असदको पतन पछि अब एकातिर सिरिया अत्यन्त जोखिमको अवस्थामा रहेको बताउँदै तर  अर्को तिर सबै मिलेर काम गरे ऐतिहासिक अवसर हुने पनि बताएका छन । असद देश छाडेर भागे पछि अमेरिकाले आइसिसका ७५ भन्दा बढी अखाडाहरूमा आज पनि हमला गरेको अमेरिकाले आइसिसलाई कुनै हालतमा नसहने बताए । उता नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  भने सिरियाको युद्ध बाट अब अमेरिका बाहिरिनु उपयुक्त हुने बताए ।  देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका छन । रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको एक स्रोतलाई उद्धृत गर्दै असद र उनको परिवारलाई रूसले ‘मानवीय आधारमा’ शरण दिएको जनाएका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् । यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गरेको छ ।

असद सिरियामा क्रूर शासनका लागि परिचित छन् । असदकै कारण २०११ देखि सिरियामा गृहयुद्ध सुरु भयो । गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ । गृहयुद्धले ल्याएको अस्थिरता चरमपन्थी समूह आईएसआईएसका लागि उर्वर बन्यो । गृहयुद्ध तन्किदा सिरियाबाट लाखौँ विस्थापित र शरणार्थी बन्न बाध्य भए । ‘अरब स्प्रिङ’का दौरान सिरियामा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका जनताको आवाज राष्ट्रपति असदले सुनेनन् । शान्तिपूर्ण आन्दोलन दबाउन उनले दमनको बाटो रोजे । प्रजातन्त्रको माग गर्ने हजारौं मारिए र जेल पुगे । त्यसपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।



सिरियाका नेता बशर अल–असद एक निरंकुश परिवार वंशको दोस्रो पुस्ता हुन् । असदको परिवारले पाँच दशकभन्दा बढी समय सिरियामा शासन गर्‍यो । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका छन् । यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गर्छ । 

असद सिरियामा क्रूर शासनका लागि परिचित छन् । असदकै कारण २०११ देखि सिरियामा गृहयुद्ध सुरु भयो । गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ । गृहयुद्धले ल्याएको अस्थिरता चरमपन्थी समूह आईएसआईएसका लागि उर्वर बन्यो । गृहयुद्ध तन्किदा सिरियाबाट लाखाँै विस्थापित र शरणार्थी बन्न बाध्य भए । 

‘अरब स्प्रिङ’का दौरान सिरियामा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका जनताको आवाज राष्ट्रपति असदले सुनेनन् । शान्तिपूर्ण आन्दोलन दबाउन उनले दमनको बाटो रोजे । प्रजातन्त्रको माग गर्ने हजारौं मारिए र जेल पुगे । त्यसपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो । 

असद र उनको सेनामाथि १३ वर्षको युद्धमा धेरै आरोप लागेका छन् । यसमा क्रूर आक्रामणदेखि गम्भीर मानवअधिकार उल्लङ्घनका घटनासम्म छन् । उनीमाथि आफ्नै जनताविरुद्ध रासायनिक हतियारहरू प्रयोग गरेको आरोप पनि छ ।

गृहयुद्धको सुरुवातमा अमेरिका, जोर्डन, टर्की र युरोपेली संघले असदलाई राजीनामा दिन आग्रह गरेका थिए । तर शक्तिशाली सहयोगी रुस र इरानको समर्थन असदलाई थियो । 

सत्ताबाट नहटेपछि अमेरिकालगायत पश्चिमी राष्ट्रले सिरियामाथि अनेक प्रतिबन्ध लगाएका थिए । त्यसपछि असद विश्व समुदायबाट एक्लिँदै गएका थिए । उनी रुस र इरानको साथ र समर्थनमा मात्र सत्तामा टिकेका थिए ।

पछिल्ला वर्षहरूमा रुसको ध्यान युक्रेनमा केन्द्रित छ । इजरायलको आक्रामणका कारण असदलाई सघाइरहेको लेबनानको चरमपन्थी समूह हिजबुल्ला निकै कमजोर बनेको छ । हिजबुल्लाह र असदलाई सघाइरहेको इरान पनि कमजोर देखिएको छ ।

यसैबखत विद्रोही समूह एचटीएसले पछिल्ला केही दिनयता असदविरुद्धको युद्धलाई तिव्रता दिएको थियो । विद्रोही समूहले एक सातामा प्रमुख सहर कब्जामा लिए । 

गत हप्ता एचटीएसले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो र हामाका उत्तरपश्चिमी सहरहरू कब्जा गरेको थियो । त्यसपछि शनिबार राती तेस्रो ठूलो शहर होम्स कब्जा गरेको थियो । आइतबार बिहान राजधानी दमास्कस कब्जा गर्यो । विद्रोही दमास्कस प्रवेश गरेलगत्तै सिरियाका राष्ट्रपति असद देश छोडेर भागेका थिए ।

असदको उदय 

असदले आफ्ना बुबा हाफेज अल–असदको मृत्युपछि शासन सत्ता सम्हालेका थिए । असदले सन् २००० मा चुनावमा निर्विरोध हुँदै सत्तामा पुगेका थिए । उनको बुबा हाफेज गरिबीबाट उठेर बाथ पार्टीको नेतृत्व गर्दै सन् १९७० मा सत्ता कब्जा गरेका थिए । त्यसको अर्को वर्ष उनी राष्ट्रपति बनेका थिए । 

असदको पिताले सोभियत संघ र पछि रुसको सहयोगमा तीन दशकसम्म सिरियामा शासन गरेका थिए । अल्पसंख्यक अलावाइट जनसंख्यालाई प्रमुख राजनीतिक, सामाजिक र सैन्य पदहरूमा पुर्‍याउन मद्दत गरेका थिए ।

हाफेज अल–असदले पनि जनतामाथि व्यापक दमन र हिंसा प्रयोग गरेका थिए । सन् १९८२ मा हामा शहरमा (जसलाई विद्रोहीहरूले सुरुमा कब्जा गरेका थिए) हाफेज अल–असदले आफ्नो सेनाको सहयोगमा हजारौं विरोधीहरूलाई मारेका थिए । मुस्लिम ब्रदरहुडको नेतृत्वमा भएको विद्रोह दबाइएको थियो ।

हाफेज अल–असदले आफ्नो उत्तराधिकारी अर्को छोरा बसेललाई बनाउन चाहेका थिए । बसेलको सन् १९९४ मा कार दुर्घटनामा मृत्यु भयो । त्यसपछि लण्डनमा आँखा रोगसम्बन्धी अध्ययन गरिरहेका असद सिरिया फर्किएका थिए । 

बशर अल–असदलाई त्यसपछि राष्ट्रियस्तरमा जोडियो । त्यसपछि उनले सैन्य विज्ञान अध्ययन गरे । पछि सिरियाली सेनाको कर्णेल बने । असदले अस्मा अल–असदसँग सन् २००० मा विवाह गरेका थिए ।

जुन २००० उनको बुबाको मृत्यु भयो । बुबाको मृत्यु भएको केही घण्टामै सिरियाको संसदले संविधान संशोधन गर्र्दै राष्ट्रपति हुन योग्य उमेर ४० बाट ३४ वर्ष बनायो । केहीको विरोधका बाबजुद यही संशोधनले असदलाई राष्ट्रपति हुने बाटो खोल्यो । अर्को महिना राष्ट्रपतिको लागि निर्वाचन हुँदैथियो ।

युरोप र अमेरिकाका धेरै पर्यवेक्षकहरू राष्ट्रपति निर्वाचनबाट आशावादी थिए । नयाँ तथा युवा शासक आउने विश्वासमा उनीहरू उत्साहित देखिन्थे । असद निर्विरोध निर्वाचित हुँदा उनीहरूको आशा मरेको थिएन । 

तर नयाँ नेताले हमास र हिजबुल्लाह जस्ता चरमपन्थी समूहसँग सम्बन्ध प्रगाढ बनाएपछि पश्चिमीहरूको आशा मर्यो । सन् २०११ मा प्रजातन्त्रको माग गर्दै भएको आन्दोलन दबाउन असदले दमनको बाटो रोजेपछि पश्चिमी राष्ट्रको लागि असद निन्दाको पात्रमा सीमित बने । 

मे २०११ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले असदको शासनले ‘हत्या र आफ्ना नागरिकहरूको सामूहिक गिरफ्तारीको बाटो रोजेको’ बताएका थिए । त्यतिबेला ओबामाले उनलाई लोकतान्त्रिक संक्रमणको नेतृत्व गर्न तथा बाटो प्रशस्त गर्न आव्हान गरेका थिए ।

असद प्रत्येक सात वर्षमा बहुमतद्वारा पुनः निर्वाचित हुँदै आएका छन् । उनको विजयलाई पश्चिमी राष्ट्रले मान्यता दिएका छैनन् । सन् २०२१ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले उनी विजयी भएको चुनावलाई ‘धोखापूर्ण चुनाव’ भनेका थिए ।



गृहयुद्ध

असदका सेनाहरू गृहयुद्धको समयमा क्रूर रणनीतिका लागि परिचित थिए । सन् २०११ मा प्रजातन्त्र समर्थक विरोध प्रदर्शन दबाएपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।  स–साना समूहहरू आपसमा जोडिँदै ठूलो सशस्त्र समूह बनेपछि गृहयुद्ध सुरु भएको थियो । यी समूहमा असन्तुष्ट सिरियाली सैनिक पनि सहभागी थिए । 

सन् २०१३ मा संयुक्त राष्टसंघका हतियार निरीक्षकहरू सिरियामा स्नायु ग्यासको प्रयोग अध्यधिक भएको प्रमाणसहित फर्किएका थिए । त्यसपछि संयुक्त राष्ट्रका तत्कालीन महासचिव बान की मुनले दमास्कसमा अगस्ट २१ मा भएको आक्रमणलाई ‘२१ औं शताब्दीमा सामूहिक विनासका हतियारहरूको सबैभन्दा खराब प्रयोग’ भनेका थिए ।

अमेरिकाले उक्त आक्रामणमा सयौं सर्वसाधारणसहित १ हजार ४०० भन्दा बढीको मृत्यु भएको हुन सक्ने बताएको थियो । सिरियाली अधिकारीहरूले भने युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोप बारम्बार अस्वीकार गर्दै आएका छन् ।

असदले विद्रोह दबाउन रासायनिक हतियार प्रयोग गरेको भेटिएपछि अमेरिकाले सन् २०१३ देखि सिरियाका विद्रोही समूहलाई सघाउन थालेको थियो । त्यसपछि असदले पश्चिमी राष्ट्रहरूलाई चेतावनी दिएका थिए ।

सिरियाका विद्रोही समूहलाई दिँदै आएको सहयोग नरोके अमेरिका र अन्य पश्चिमी राष्ट्रमाथि आक्रमण गर्नेसम्म चेतवानी असदले दिएका थिए ।  सन् २०१५ मा आर्ईएसआईएसलगायतका आतंकवादी समूहलाई तहसनहस पार्न अमेरिकाले सुरु गरेको कारबाहीमा सहभागी नहुने घोषणा असदले गरेका थिए । 

असदको दमनको कारण ७० लाखभन्दा सिरियाली आन्तरिक रूपमा विस्थापित र ६० लाखभन्दा बढी सिरियाली अन्तर्राष्ट्रिय शरणार्थी बन्न बाध्य भएको प्रतिवेदन राष्ट्रसंघले हालैमात्र सार्वजनिक गरेको थियो । 

सत्तामा रहिरहने असदको चाहनाका कारण सिरियामा सन् २०११ यता हजारौंले ज्यान गुमाएका छन् । आफ्नै हजारौं नागरिकलाई मारेर असद सत्तामा रहिरहन चाहन्थे । तर विद्रोही आइतबार विहान दमास्कस प्रवेश गरेपछि असद देश छोडेर भागेका हुन् । उनी कता गए खुलेको छैन ।

सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले सरकारी टेलिभिजन च्यानल र रेडियोमार्फत सन्देश जारी गरेको छ ।

“हामीले राष्ट्रपति बसर अल–असदको शासन अन्त्य गरिसकेका छौँ,” विद्रोही समूहले सरकारी टेलिभिजन र रेडियोमार्फत दाबी ग¥यो ।

विद्रोही समूहले जेलबाट राजनीतिक बन्दीहरूलाई मुक्त गर्ने घोषणा पनि गरेको छ । एचटीएएस नेतृत्वको विद्रोही समूहले बसर अल–असदले देश छाडेको दाबी गरेको छ ।  शनिबार सिरियाको तेस्रो ठूलो सहर होम्स र आइतबार राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको विद्रोहीले दाबी गरेका छन् ।

सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले भने आफू दमास्कसमै रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, “सिरिया आफ्नो छिमेकी र विश्वका अरू देशहरूसँग राम्रो सम्बन्ध राख्ने मुलुक बन्न सक्छ ।” 

राष्ट्रप्रमुखहरू प्रायः राजनीतिक, आर्थिक संकट, सैन्य विद्रोह वा जनआन्दोलनका कारण आफ्नो देश छाड्न बाध्य हुन्छन् । यस्ता घटनाले न केवल उनीहरूको शासनको अन्त्य गर्छ, देशको भविष्य र राजनीतिक स्थायित्वलाई पनि गम्भीर रूपमा प्रभावित गर्छ ।

नागरिक, सैन्य विद्रोह र सुरक्षा कारण देखाउँदै राष्ट्रप्रमुहरू देश छाडेर भाग्ने चलन निकै पुरानो हो । हालसम्म थाह भएअनुसार, ६०९ बीसीमा जुदाह राज्यका राजा भागेर इजिप्ट गएको अवस्थालाई राष्ट्रप्रमुखले देश छाडेको पहिलो घटना मानिन्छ । त्यसयता सयौँ शासकले देश छाड्नुपरेको छ ।

सन् २००० यता देश छाडेर भागेका राष्ट्रप्रमुख यी हुन्:

चार्ल्स टेलर (लाइबेरिया)

लाइबेरियामा गृहयुद्धका कारण चार्ल्स टेलर देश छाडेर भाग्न बाध्य भएका थिए । सन् २००३ को अगस्टमा देश छाडेर भागेका चार्ल्समाथि मानवअधिकार उल्लंघन गरेको आरोप लगाइयो । देश छाडेर भागेका उनी नाइजेरियामा शरण लिन गएका थिए । उनलाई युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतले दोषी ठहर्‍यायो ।

परवेज मुशर्रफ (पाकिस्तान)

पाकिस्तानका चर्चित शासक हुन्, परवेज मुशर्रफ । पाकिस्तानी नागरिकमा मुशर्रफको शासनविरुद्ध असन्तोष बढेको थियो । सन् २००८ को आमनिर्वाचनमा उनको पार्टी हार्‍यो । पार्टीले चुनाव हारेपछि उनले राष्ट्रपति पद छोडे । भ्रष्टाचारमा कानुनी कारबाहीको सामना गर्नुपर्ला भन्ने डरले उनले देश पनि छोडे । सन् २००९ अप्रिलमा देश छाडेर उनी दुबई गए ।

जिन अल अबिदिन बेन अली (ट्युनिसिया)

सन् २०१० को सेरोफेरोमा अबर देशहरूमा ‘अरब स्प्रिङ’ आन्दोलन सुरु भयो । भ्रष्टाचार, तानाशाहीको विरोधमा र स्वतन्त्रताको पक्षमा भएको उक्त आन्दोलनले इतिहास रच्यो ।

अरब स्प्रिङ आन्दोलनको सबैभन्दा ठूलो प्रभाव ट्युनिसियामा पर्‍यो । ट्युनिसियन नागरिकले बेन अलीको भ्रष्टाचार र तानाशाहीविरुद्ध आन्दोलन सुरु गरे । ठूलो विरोध प्रदर्शनपछि उनी सन् २०११ मा देश छोड्न बाध्य भए । देश छाडेर उनी साउदी अरेबिया पुगे । यही आन्दोलनले संसारभर अरब स्प्रिङ आन्दोलनको जग बसाल्यो ।

भ्लादिमिर यानुकोभिच (युक्रेन)

युक्रेनमा भएको ‘युरो मैदान’ प्रदर्शनले राष्ट्रपति भ्लादिमिर यानुकोभिचको शासनविरुद्ध जनआन्दोलनको रूप लियो । भ्रष्टाचार र रुससँगको निकट सम्बन्धको विरोध गर्दै प्रदर्शनकारीले राजधानी कब्जा गरे । सन् २०१४ फेब्रुअरीमा उनी भागेर रुसमा शरण लिन पुगे । त्यसपछि युक्रेनमा नयाँ सरकार गठन भयो । नयाँ सरकार गठनपछि युक्रेन रुससँग युद्धमा फसेको छ ।

एडोर्डो डोस सान्तोस (अंगोला)

लामो समयसम्म अंगोलाको सत्तामा रहेका डोस सान्तोसको शासनसँग असन्तुष्ट नागरिकलो विद्रोह गरे । भ्रष्टाचार गरेको, देशको विकास नगरेको भन्दै नागरिकले विरोध गरेपछि उनी देश छाड्न बाध्य भए । सन् २०१७ मा उनी देश छाडेर स्पेनमा शरण लिन गए ।

मोहम्मद अशरफ घानी (अफगानिस्तान)

तालिबानसँग लडिरहेको अमेरिकी सैनिक फिर्ता भएपछि अफगानी राष्ट्रपति देश छाडेर भागे । तालिबानले अफगानिस्तानको अधिकांश भाग कब्जा गरेर शासन चलाउन थाल्यो ।

तालिबानी समूह अफगास्तिानको राजधानीमै प्रवेश गरेपछि घानीले सन् २०२१ को अगस्टमा देश छाडेका हुन् । तालिबानले काबुल कब्जा गर्नु केही घण्टाअघि घानीले आफ्नो जीवन खतरामा परेको भन्दै देश छाडेका थिए । उनी भागेर संयुक्त अरब इमिरेट्स (यूएई)मा शरण लिन गए । हाल अफगानिस्तानको शासनसत्ता तालिबानले चलाइरहेको छ । घानी संयुक्त यूएईमै छन् ।

गोटाबाया राजापक्षे (श्रीलंका)

श्रीलंका चरम आर्थिक संकटमा परेपछि सन् २०२२ मा नागरिकले विद्रोह गरे । पेट्रोल, खाद्यान्न र अरू अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्य भएपछि नागरिक विद्रोहमा उत्रिएका थिए । विद्रोहमा उत्रिएका जनताले राष्ट्रपति भवन नै कब्जा गरे । उनीहरू भवनमै छिर्ने चाल पाएपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भाग्न बाध्य भए ।

देश छाडेर राजापक्षे थाइल्यान्ड पुगे । थाइल्यान्डबाट उनी सिंगापुर पुगे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हाल उनी सिंगापुरमै छन् । राजापक्षेको शासन समाप्त भएपछि श्रीलंकामा भर्खरै चुनाव सम्पन्न भएको छ ।

शेख हसिना (बंगलादेश)

१५ वर्षसम्म बंगलादेशको शासन चलाएकी शेख हसिना विद्यार्थी आन्दोलनले चर्को रूप लिएपछि देश छाड्न बाध्य भइन् । बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हसिनाले सन् २०२४ को अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन बाध्य भइन् ।

सरकारी जागिरमा दिइने आरक्षणको विरोधमा सुरु भएको आन्दोलन चर्कियो । आन्दोलनकारी राष्ट्रपति निवासमै छिर्न थालेपछि हसिनाले भारतमा शरण लिएकी हुन् । हसिनाको शासन अन्त्य भएपछि बंगलादेशमा हाल अन्तरिम सरकारको नेतृत्व नोबेल पुरसकार विजेता मुहम्मद युनुसले गरिरहेका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक