20241231

नेपाल स्रष्टा समाज, स्थापनाको १८औँ दिवस विशेष कार्यक्रम : नेपाली भाषा साहित्यमा समर्पित दुई व्यक्तित्वलाई सम्मान


 काठमाडौं । नेपाल स्रष्टा समाजले स्थापनाको १८औँ दिवस विशेष कार्यक्रम गरी मनाएको छ । उक्तअवसरमा समाजले नेपाली भाषा साहित्यमा समर्पित दुई व्यक्तित्वलाई सम्मानित गरेको छ । मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार डा. राजेन्द्र विमलले भाषासेवी तथा साहित्यकार आरडी प्रभास चटौतलाई २१ हजार १०१ नगद राशिसहित ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ र कवि मनोज भण्डारीलाई १५ हजार एक नगद राशिसहित ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ प्रदान गरे ।

प्रमुख अतिथि डा. विमलले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्‍याउने नैतिक दायित्व नेपाली साहित्यकारहरूको नै भएको बताए । डा. विमलले साहित्य र दर्शनको प्रसंग उठाउँदै मानिसको जीवनको अर्थ र त्यसको सार्थकताबारे विहङ्गम चर्चा गरे । साहित्यिक पत्रकार रोचक घिमिरेले स्रष्टा समाजको कार्य स्तुत्य रहेको बताए भने समाजका संरक्षक पवन आलोकले २०६४ साल पुस १६ गतेको दिन स्मरण गर्दै स्रष्टा समाज युवावयमा प्रवेश गरेको उल्लेख गरे ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, सम्मानितहरू आरडी प्रभास चटौत र मनोज भण्डारी, डा. शान्तिमाया गिरी, पुरस्कारका संस्थापकहरू विधान आचार्य, चेतनाथ कँडेल र डा. सदानन्द कडेलले बोलेका थिए ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक