विराटनगर / काम गर्नु पर्ने सरकारले नगरे पछि के गर्नु । निजी क्षेत्रको एउटा अग्रणी टेलिभिजन एभिन्यूज खबरले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा गर्ने बहस र अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्र, उद्योग, बाणिज्य, मिडिया क्षेत्रका आइकन मानिने भास्करराज राज कर्णिकार कार्यकारी अध्यक्ष रहेको टेलिभिजन एभिन्यूज खबरले आयोजना गरेको र कर्णिकार स्वयमले सन्चालन र सहजिकरण गरिरहेको यो अभियान देश भर पुग्ने क्रममा बिराटनगर पुग्दा त्यहा पनि स्थानिय खुशी हुँदै सहभागी भएर साथ दिए । “अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा कार्यक्रम गर्ने क्रममा बहस विराटनगरको होटल स्वागतममा भएको हो । एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधानबारे सरकारी, सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया गरेको हो ।
विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राजनीतिक दल, सरकार र कर्मचारीहरु इमान्दार नहुँदा अर्थतन्त्र झन् झन् खस्किँदै गएको बताए । उनीहरुले खुला सीमानाका कारण सीमा क्षेत्रमा ठगी, चोरी निकास बढ्दो पनि नियन्त्रणका लागि चासो नदिएको गुनासो गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर, विराटनगर नगरप्रमुख नागेश कोईराला, नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, अर्थशास्त्री पिके झा लगायत अर्थतन्त्रका समस्या र समाधानबारे धारणा राखेका थिए । अन्तरक्रियामा सहजकर्ताको रुपमा एभिन्यूज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकार रहेका छन् ।
अन्तिम बहस गण्डकी प्रदेशको पोखरामा पौष १८ गते कार्यक्रम हुनेछ । यसअघि सुदुरपश्चिमको धनगढी र कर्णालीको बहस नेपालगञ्जमा र लुम्बिनीको बुटवल, बागमतीको चितवन, मधेशको वीरगञ्जमा सम्पन्न भैसकेको छ ।
सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रशारण भैरहेको छ । त्यस्तै प्रतक्ष्य प्रशारण स्थानीय एफएफ र नेपाल एफएममा जारी छ ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक