कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी
अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परि दुई जना होनाहार नेपालीहरूको ज्यान गएको छ । नोभेम्बर २२ तारिख बिहान साढे बाह्र बजे ( मध्य रात पछि) भएको उक्त दुर्घटनामा एक अर्को नेपाली घाइते भएका छन् । कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरिरहेको कुरा लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि गरेको छ । उक्त दुर्घटनामा परेर ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठ बिस कोट नगर पालिकाको वडा नम्बर ७ का सुरेश केसी भएको कुरा उनका छिमेकी सुशील चन्दले हामीलाई जानकारी दिएका छन् । अर्का ज्यान गुमाउने मा बर्दियाका विवेक सुबेदी भएको कुरा उनलाई चिन्ने जान्ने एक जना समाजसेवी योगेश श्रेष्ठले हामीलाई फोनमा जानकारी दिए । उनका अनुसार घाइते हुनेमा काठमाडौँ का मेहुल श्रेष्ठ रहेका छन् उनी अहिले अस्पतालमा उपचार गराइरहेका र उनको स्वास्थ्य अवस्था खतरा भन्दा बाहिर रहेको छ ।
लाउडाउन काउन्टी सेरिफ कार्यालयले यस बारेमा दुई वटा प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । पहिलो वक्तव्यमा एक जना महिला समेत भएको भनिएको मा दोस्रो प्रेस विज्ञप्तिमा उक्त कुरा सच्याउँदै दुर्घटना परेको कारमा चारै जना पुरुष रहेको भनी सच्याइएको छ । यस बारेमा हामीले त्यहाँ सम्पर्क गर्दा घटनाको अनुसन्धान भइरहेको बताइयो । एन आर एन ए भर्जिनियाका अध्यक्ष विशाल कार्कीले घटना निकै दुःखद भएको बताए । परिवारजन र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालय सँग सम्पर्क गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको पनि कार्की र श्रेष्ठले बताए ।
उक्त दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ । अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमे पछि सडकबाट बाहिर पुगी रुखहरूमा ठोक्किएर दुर्घटना भएको प्रहरीले स्थानीय प्रत्यक्षदर्शी बासिन्दालाई उध्रित गर्दै बताएको छ तर प्रहरीले घटनाको अनुसन्धान पुरा भए पछि मात्र सबै कुरा बताउन सकिने प्रहरी भनाइ छ ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक