20241123

ए बहुरूपी मान्छे !

तिमी सरकारमा आफै 
तिमी सडकमा आफै 
यत्र तत्र सर्वत्र, आफै 
माओवादी सँग मिल्छौ आफै 
माओवादी छोड्छौ आफै 
उखान टुक्का र गाली बर्साउँछौ आफै 
काँग्रेसलाई सत्तो सराप गर्छौ आफै 
प्रधानमन्त्री बन्न शरण पर्छौ आफै 
हुने नहुने चुच्चे कुरा गर्छौ आफै 
लम्पसार परी शरणमा पर्छौ आफै
मलाई "बा" भन पनि भन्छौ आफै
ए बहुरूपी मान्छे !
भाषणले पेट भरिन्न भन्ने बुझ 
उखान टुक्काले तरिन्न भन्ने बुझ 
गफले विकास गरिन्न भन्ने बुझ 
आलोचना गर्दैमा मरिन्न भन्ने बुझ
तिम्रा नाति र हजुर बाउका कुरा 
जान तिमी र तिम्रा नाति आफै
नदेखाऊ नाना र भाँती आफै
जानै पर्छ एक दिन माथि आफै 
अजम्मरी कोही छैन जान 
कुरा हैन काम गर, भनेको मान ! 
- रामप्रसाद खनाल, नोभेम्बर २३, २०२४

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक