20241112
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला कम्तीमा १९ नोभेम्बर सम्मका लागि स्थगित
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बर सम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरे पछि न्यायधीसले स्वीकार गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१६ को चुनाव अघि एक महिला सँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो । चुनाव अघि देखि नै ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । तर, अभियोजकहरूले अस्वीकार गर्दै आएका थिए । मुद्दा खारेज भएमा ट्रम्पलाई कुनै सजाय हुने छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक