20241108

अमेरिकामा ट्रम्प जिताउ अभियानका एक प्रमुख एलन मस्कले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आगामी निर्वाचनमा पराजित हुने भविष्यवाणी गरे

 अमेरिकामा ट्रम्प जिताउ अभियानका एक प्रमुख पात्र टेस्लाका मालिक तथा अमेरिकी बिलिनियर एलन मस्कले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आगामी निर्वाचनमा पराजित हुने भविष्यवाणी गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार, जर्मनीमा सरकारको पतनपछि एक प्रयोगकर्ताले क्यानडालाई ट्रुडोबाट छुटकारा पाउन मस्कको सहयोग आवश्यक रहेको पोस्ट गरेका थिए । यसबारे मस्कले एक्समा क्यानडामा हुने आगामी चुनावमा ट्रुडो आफैँ हार्ने बताएका हुन् । मस्कले जर्मनीमा सरकारको पतनलाई लिएर चान्सलर स्कोल्जको खिल्ली उडाएका छन् । उनले स्कोल्जलाई 'मूर्ख' भनेका छन् । 

क्यानडामा आगामी सन् २०२५ को अक्टोबरमा चुनाव हुने अपेक्षा गरिएको छ । ट्रुडो सन् २०१५ देखि सत्तामा छन् । ट्रुडोको पार्टीले २०१९ र २०२१ मा बहुमत हासिल गर्न सकेन । उनी अर्को पार्टीको समर्थनमा सरकारमा छन् । गत सेप्टेम्बरमा जगमीत सिंहको एनडीपी पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसयता ट्रुडोले अल्पमतको सरकार चलाउँदै आएका छन् । आगामी चुनावमा ट्रुडोको लिबरल पार्टीले कन्जरभेटिभ पार्टी, न्यू डेमोक्रेटिक पार्टी, ब्लक क्युब कोइन्स र ग्रिन पार्टीसँग पनि प्रतिस्पर्धा गर्नेछ । बीबीसीका अनुसार, विगत केही वर्षयता क्यानडाका जनतामा मुद्रास्फीति र आवाससम्बन्धी समस्यालाई लिएर निराशा बढेको छ । ट्रुडोको लिबरल पार्टीको लोकप्रियता लगातार घटिरहेको छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक