20241104

वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै ४० जनाबाट ५ करोड बढी रकम ठगी : प्रहरीले इन्टरपोलको सहयोगमा ९ महिनापछि कम्बोडीयाबाट पक्राउ

 
वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै ४० जनाबाट ५ करोड बढी रकम ठगी गरि फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई प्रहरीले इन्टरपोलको सहयोगमा ९ महिनापछि कम्बोडीयाबाट पक्राउ गरि नेपाल ल्याएको हो । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएसँगै फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका १० का सुजन आचार्य र विनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ । 

 उनीहरुविरुद्ध गत वर्षको माघ १९ गते रेड नोटिस जारी भएको थियो ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा उनीहरुलाई गत असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो । तर ढिला नेपाल ल्याईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक