इजरायली सेनाले हवाई हमलामा हिजबुल्लाहका कमान्डर सलिम जमील अयास मारिएका छन । । टाइम्स अफ इजरायलका अनुसार, सलिम सिरियाको हिजबुल्लाहको गढ रहेको अल–कुसेरमा लुकेका थिए । इजरायली सेनाको आक्रमणमा सलिमबाहेक अन्य आठ जनाको मृत्यु भएको छ । इरानको विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायललाई राष्ट्रसंघबाट निष्कासन गर्न माग गरेको छ । सलिम हिजबुल्लाहको युनिट १५१ का सदस्य थिए । अमेरिकाले उनीमाथि १० मिलियन डलर इनाम राखेको थियो । उनीमाथि लेबनानी प्रधानमन्त्री रफिक हरिरीको हत्यामा जिम्मेवार रहेको आरोप थियो । हरिरी लेबनानका सबैभन्दा लोकप्रिय सुन्नी मुस्लिम नेता थिए । उनी पाँचपटक देशको प्रधानमन्त्री भइसकेका थिए ।
१४ फेब्रुअरी २००५ मा हरिरीलाई बेरुतमा तीनहजार किलो विस्फोट पदार्थले भरिएको ट्रकले ठोकेर हत्या गरिएको थियो । आक्रमणमा उनीसँगै रहेका २१ जनाको पनि मृत्यु भएको थियो । संयुक्त राष्ट्र संघले हरिरीको मृत्युपछि लेबनानका लागि विशेष न्यायाधीकरण (एसटीएल) गठन गरेको थियो । सन् २०२२ मा एसटीएलले सलिमसहित तीन जनालाई रफिकीको हत्यामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो । तर, हत्यापछि तीनै जना फरार थिए । तत्कालीन हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले यी तीनलाई न्यायाधीकरणमा सुम्पन अस्वीकार गरेका थिए ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक