20241105

अमेरिकाको चुनावमा यस्तो हुँदै छ हेर्नुस !


आज संयुक्त राज्य अमेरिकामा ६० औं राष्ट्रपतीय निर्वाचनको मतदान हुँदै छ। भोलि साँझसम्म अमेरिकाले आफ्नो ४७ औं राष्ट्रपति र ५० औं उपराष्ट्रपति पाइसक्ने छन्। यद्यपि निर्वाचन प्रक्रिया पूर्ण भएर नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले सत्ता समाल्न भने अरु अढाई महिना लाग्ने छ।
उदार राष्ट्रवादी दल रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचन जिते भने जेडी भान्स उपराष्ट्रपति हुने छन् भने उग्र प्रगतिशील दल डेमोक्रेटिक पार्टीकी कमला ह्यारिशले राष्ट्रपतिको चुनाव जितिन् भने टिम वाल्ज उपराष्ट्रपति हुने छन्।
डोनाल्ड ट्रम्पले यसपटक राष्ट्रपतिको चुनाव जिते भने उनी अमेरिकी इतिहासमा राष्ट्रपतिको पदबाट अवकाश पाएर पुन: राष्ट्रपति भएर ह्वाइटहाउसमा प्रवेश गर्ने ग्रोभर क्लेभल्याण्ड पछिको दोस्रो व्यक्ति हुने छन्। क्लेभल्याण्डले सन् १८८५ मा २२ औं र १८९३ मा २४ औं राष्ट्रपतिको रुपमा दुई पटक ह्याइटहाउसमा प्रवेश गर्न पाएका थिए।
यदि कमला ह्यारिशले चुनाव जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति र दोस्रो अश्वेत राष्ट्रपति हुने छिन्।
त्यस्तै ट्रम्पको जित भयो भने उनी सन् २०२५ को जनवरी २० मा ७८ वर्ष ७ महिनाको उमेरमा राष्ट्रपतिको शपथ खाएर अमेरिकी इतिहासको सबैभन्दा बूढो राष्ट्रपतिको कीर्तिमान कोर्ने छन्।
उनका सहयोगी ४० वर्षीय जेडी भान्स पनि अमेरिकी इतिहासको तेस्रो युवा र २१ औं शताब्दीको सबैभन्दा युवा अमेरिकी उपराष्ट्रपति बनेर नयाँ कीर्तिमान कोर्ने छन्।
चुनाव परिणामका पूर्वानुमानहरूलाई हेर्दा प्राय: निष्पक्ष र स्वतन्त्र मिडिया-बुद्धिजीवीहरूले डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरेका छन् भने समाजवादी-प्रोग्रेसिभ र नश्लवादी-जातीवादी मिडिया-बुद्धिजीवीहरूले कमला ह्यारिशले जित्ने अनुमान गरेका छन्।
अमेरिकी चुनावको स्वरुप र अमेरिकी मतदाताको चरित्रलाई हेर्दा पपुलर भोट कमला ह्यारिशले बढी पाउने तर इलोक्टोरल भोटमा भने ट्रम्पले जित्ने संभावना देखिन्छ।
अमेरिकामा जनताले हालेको भोट जति पाए पनि राष्ट्रपति हुनको लागि २७० इलेक्टोरल भोट पाउनै पर्छ। ट्रम्प सन् २०१६ मा पपुलर भोट हिलारी क्लिन्टनभन्दा थोरै पाएर पनि इलेक्टोरल भोट बढी पाएर विजयी घोषित भएर ४५ औं राष्ट्रपति भएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक