20241128

प्रचण्डले काँग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह

 नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली काँग्रेसलाई हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताउनुभएको छ । बिहीवार कीर्तिपुरको उपनािर्वचनमा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष दाहालले हप्तामा एक पटक काँग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताउनु भयाे। उहाँले सरकार तलमाथि गर्ने नभइ आफूहरु परिणाम दिनेगरी काम गरिरहेको बताउनु भयो । उहाँले सरकारलाई स्थिर बनाउन काँग्रेस लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो दुश्मन कोही पनि छैन । न प्रचण्ड हाम्रो दुश्मन न त केपी ओली हाम्रो दुश्मन हो । हामी अहिले केपी ओलीसँगै सरकारमा छौँ । हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छाैँ। किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ । हामी परिणाम दिन चाहन्छौँ । अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ । प्रचण्डले भर्खर भनेर जानुभयो । यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक काँग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुप¥यो । यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो । काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि । उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या काँग्रेससँग छ । प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ । यो बेलामा देशलाई स्थिर सरकार दिनेकुरा महत्वपूर्ण हो ।’ महामन्त्री थापाले सबै एक भएर बेरोजगारी, गरिबीको बिरुद्धमा लड्न आवश्यक रहेको बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक