20241115

पछिल्लो दुई वर्षमा विभिन्न अपराधमा संलग्न भई विदेशमा लुकेर बसेका ३४ जनालाई इन्टरपोलमार्फत पक्राउ, ३३८ नेपाली इन्टरपोलको सूचीमा

 ३३८ नेपाली इन्टरपोलको सूचीमा रहेका छन् । ती मध्ये पछिल्लो दुई वर्षमा विभिन्न अपराधमा संलग्न भई विदेशमा लुकेर बसेका ३४ जनालाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ । सहकारीको रकम हिनामिना गरी फरार ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु जिबी राईसहित ३ सय ४ जना आरोपित पक्राउ गरी स्वदेश फर्काउन नेपाल प्रहरीले १ सय ९६ देशका प्रहरी सङ्गठनसँग निरन्तर संवाद, समन्वय गरिरहेको जनाएको छ । बाँकी तीन सय चार जनालाई फिर्ता ल्याउने प्रयास जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो ।

हालसम्म विभिन्न मुलुकमा लुकेर बसेका १९६ जनाविरुद्ध ‘रेड नोटिस’, २६ जनाविरुद्ध ‘यल्लो नोटिस’, एक जनाविरुद्ध ‘ब्लु नोटिस’, दुई जनाविरुद्ध ‘ब्ल्याक नोटिस’, एक जनाविरुद्ध ‘पर्पल’ र १ सय १२ जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा छ । फरार रहेकामध्ये सहकारी ठगी, बैङ्किङ कसुर, सुन तस्करी, वैदेशिक रोजगार ठगी, अपहरण तथा शरीर बन्धक, सङ्गठित अपराध तथा ठगी, बलात्कार, बैङ्क तथा वित्तीय ठगी, हत्या, साइबार अपराध, मानव तस्करी तथा लागु औषधको ओसारपसार तथा कारोबारी रहेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक