अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भयो । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् । उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए । करिब सात महिनाअघि आठ दिनका लागि अन्तरिक्षमा गएका उनीहरू सवार स्पेसक्राफ्टमा खराबी आएपछि उतै फसेका हुन् । अब उनीहरू सन् २०२५ को फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किनेछन् ।
उनीहरूलाई पृथ्वीमा फर्काउन भनेर एलन मस्कको कम्पनी स्पेस एक्सले ‘स्पेस एक्स क्रु ड्रागन’ नामको स्पेसक्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ । नासाले बिग्रेको स्टारलाइनर बनाउने प्रयास गरेको थियो । तर, बनाउन सकेन ।नासाले सुनिता र विलमोरसँग गरेको कुराकानीको एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उनीहरूले आफ्नो स्वास्थ्यमा कुनै खराबी नआएको बताएका छन् ।
किन गएका हुन् अन्तरिक्षमा ?
सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित छन् । आईएसएसमा ६ जनासम्म अन्तरिक्षयात्री बस्न सक्छन् । यहाँ अन्तरिक्षयात्रीका लागि पर्याप्त खानेकुरा पनि छ ।
अमेरिका, क्यानडा, रूस, जापान र युरोपका अन्तरिक्ष यात्री आईएसएसमा हुन्छन् । यी पाँच देशका १५ वटा अन्तरिक्ष एजेन्सी मिलेर आईएसएस चलाउँछन् ।
सुनिता र विलमोर नासाका वरिष्ठ अन्तरिक्ष यात्री हुन् । उनीहरू दुवैजना यसअघि पनि अन्तरिक्षमा गइसकेका छन् । ६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता उत्कृष्ट अन्तरिक्षयात्री हुन् । सुनिता सन् १९९८ देखि नासाको अन्तरिक्षयात्री हुन् भने विलमोर सन् २००० देखि नासामा अन्तरिक्षयात्रीका रूपमा कार्यरत छन् । सुनिता यो मिसनकी पाइलट हुन् भने विलमोर कमान्डर ।
के हो आईएसएस ?
पृथ्वीको कक्षमा रहेको यो सबैभन्दा ठूलो अन्तरिक्ष केन्द्र हो । यो अन्तरिक्ष केन्द्रमा अमेरिका, रूस, क्यानडा, जापान र युरोपका ‘ल्याबरोटरी’ छन् । यिनै देशहरू मिलेर यसको मर्मतसम्भार र खर्च व्यहोर्छन् ।
यो अन्तरिक्ष केन्द्र टुक्रा–टुक्रा गरी पुर्याएर एक आपसमा जोडिएको हो । अमेरिकाले सन् १९९८ को नोभेम्बरमा पहिलो टुक्रा पुर्याएको थियो । त्यसपछि अन्तरिक्ष केन्द्रको नियन्त्रण गर्ने टुक्रा रुसले पुर्यायो । त्यसपछि क्रमशः अरु देशका ल्याबरोटरीहरू यसमा जोडिए ।
यो अन्तरिक्ष केन्द्रको पूरा निर्माण सन् २०११ मा सकिएको थियो । तर, सन् २००२ देखि नै मानिस जान थालिसकेका थिए । आईएसएस पृथ्वीको सतहबाट चार सय किलोमिटरमाथि छ ।
कसरी फसे सुनिता र विलमोर ?
नासाले अन्तरिक्ष मिसनमा प्रयोग हुने स्पेसक्राफ्ट बनाउने ठेक्का बोइङ एलन मस्कको स्पेस एक्सलाई दिएको छ ।
स्पेस एक्सले मानवसहित ९ वटा स्पेसक्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ । तर, बोइङले हालसम्म एउटा पनि मानवसहितको स्पेसक्राफ्ट पठाएको छैन । सुनिता र विलमोरलाई लिएर गएको स्पेसक्राफ्ट बोइङको पहिलो मानवसहितको स्पेसक्राफ्ट हो ।
बोइङले बनाएको स्टारलाइनरले मानिसलाई अन्तरिक्षसम्म पुर्याउने र ल्याउने गर्न सक्छ कि सक्दैन भनेर गरिएको परीक्षण उडानमा थिए सुनिता र विलमोर । तर, बोइङको स्टारलाइनर परीक्षण उडानमा असफल सावित भयो ।
यसले पृथ्वीको सतह छाडेर अन्तरिक्षमा पुगेसँगै यसको ‘पोपल्सन सिस्टम’मा चुहावट भयो । त्यसपछि यसका थ्रस्ट बन्द भए । यसका बाबजुद यो आईएसएससम्म सुरक्षित पुग्यो । सुनिता र विलमोर बोकेर गएको बोइङको स्टारलाइनरले उनीहरूलाई ल्याउन नसक्ने भएपछि पृथ्वीमा फर्काइएको छ ।
त्यसपछि २९ सेप्टेम्बरमा एलन मस्कको ‘स्पेस एक्स ड्रागन’ सुनिता र विलमोर रहेको आईएसएसमा पुग्यो । अब सन् २०२५ को फेब्रुअरीमा मस्कको ‘स्पेस एक्स ड्रागन’लाई पृथ्वीमा फिर्ता लिएर आउनेछ ।
अन्तरिक्षमा फसेका सुनिता र विलमोर पहिलो व्यक्ति होइनन् । सन् १९९० को दशकमा रूसका अन्तरिक्षयात्री ४३७ दिनसम्म त्यहाँ फसेका थिए । सन् २०२३ मा मात्र फ्रया्कं रुबियाले ३१७ दिन अन्तरिक्षमा बिताएका थिए ।
दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्छन् अन्तरिक्षयात्री
पृथ्वीमा हामीले २४ घण्टामा एकपटक मात्र सूर्योदय र सूर्यास्त देख्छौँ । तर, अन्तरिक्षमा रहेको आईएसएसबाट अन्तरिक्षयात्रीले दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्छन् ।
आईएसएसले २८ हजार किलोमिटर प्रतिघण्टाका दरले पृथ्वीको परिक्रमा गर्छ । आईएसएसले ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ । यसर्थ अन्तरिक्षयात्रीले हरेक ४५ मिनेमा सूर्यास्त र सूर्योदय देख्छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक