20241018

रबी, ओली, देउबा, प्रचण्ड र प्रहरी महानिरीक्षकका नाममा ! आज कुन नाकले प्रहरी मुद्दा चलाउँदै छ ? जबाफ दिनु पर्दैन ??

   
मेरा मित्र शैलेन्द्र सिम्खडाले भनेझैँ राजनीति फटाहाहरूको राजमार्ग नै रहेछ, देखियो, भोगियो, अलिकति चेत पनि आयो । हामीलाई देश र जनता प्रति इमान्दार, पुराना, भ्रष्ट, नालायक र असफलहरूलाई किनारा लगाएर केही गर्ने मान्छे चाहिएको थियो न कि तिनैका शती जाने, तिनैले जस्तो गर्ने, उही प्रवृत्ति दोहोराउने र काण्ड थप्दै जाने । गलत गर्नेलाई काँधमा बोक्न र आरती उतार्न सकिन्न माफ गर्नुहोला । नियम कानुन सबैलाई लाग्नुपर्छ, सबैले मान्नुपर्छ । अराजकता स्विकार्न सकिन्न । रबीजी तपाईँले आफू निर्दोष हुँ भनेर मात्र हुन्न प्रमाणित गर्न सक्नुपर्छ । तर यसो भन्दै गर्दा यी डुङ्डुङी गन्हाएका र जनता लुटेर पटक पटक छोटे राजा होइन महाराजा बन्दै देश र जनता लुट्ने पुराना लुटेराहरूको पक्ष पोषण गर्न त झन् सक्दै सकिन्न । यिनै केपी ओली, देउवा र प्रचण्ड होइनन् हिजो सांसदमै र सार्वजनिक रूपमा रबी लामिछाने दोषी छैनन् भनेर प्रवक्ता बन्ने ! प्रहरी महानिरीक्षक वसन्त कुँवर यदि तपाईँको नैतिकता छ भने तपाईँले माफी माग्दै राजीनामा दिनुस् तुरुन्त किनकि तपाईँले भन्नु भएको थियो - रबी लामिछाने भन्ने मान्छेको सहकारी ठगीमा कुनै संलग्नता देखिएन । आज कुन नाकले प्रहरी मुद्दा चलाउँदै छ ? जबाफ दिनु पर्दैन ?? 
- रामप्रसाद खनाल 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक