रुसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहरनजिकैको अर्को गाउँ कब्जा गरेको शनिबार जनाएको छ । रुसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रस्थित झेलानोय भ्टोरोयको बस्तीलाई ‘स्वतन्त्र’ बनाएको रक्षा मन्त्रालयले जनाएको हो । रुसी सेनाको खतरामा रहेको पोक्रोभस्कनजिकको यो गाउँ युक्रेनी सेनाको महत्त्वपूर्ण केन्द्र मानिन्छ । गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ सर्वसाधारण घाइते भएका जनाएका छन् । रुसले युक्रेनको सिमानास्थित बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।
भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक सर्वसाधारण घाइते भएका बताएका छन् । युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी हमलामा दुईजनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राममार्फत जानकारी गराएका छन् । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको शृंखलाबद्ध आक्रमणपछि रुसी सेनाले २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडि बढाइरहेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक