20240913

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २०

 गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा-आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताए । साथै सय जना घाइते भएका छन् । जसबाट कूल मृत्यु हुनेको संख्या ४१ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली संघर्ष शुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् । मङ्गलवार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक