20240922

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

 मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो।  साइबर ब्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पुर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार प्रसाईंलाई साइबर ब्युरोमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । 


साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार प्रसाईं विद्युतीय कारोबार ऐन अनुसार परेको उजूरीको आधारमा पक्राउ पर्नुभएको हो । उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक