20240926

अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा फोटो खिच्न र हात मिलाउन हम्मे हम्मे भयो प्रधानमन्त्री ओलीलाई !

न्युयोर्क / संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु सँगै सामुहिक रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका थिए । सबैलाई एक साथ सम्बोधन गरेका बाइडेन सँग फोटो खिच्न र हात मिलाउन हम्मे हम्मे भएको थियो प्रधानमन्त्री केपी ओलीलाई । राष्ट्रसंघको महसभामा भाग लिना आउने पाहुनाहरु लाई अमेरिकी राष्ट्रपतिले हरेक बर्ष यसै गरी औपचारिक र सामुहिक रुपमा स्वागत गर्ने यो अमेरिकाको पहिलै देखिको चलन रहिआएको छ । यहाँ हेलो हाय गर्दै हात मिलाउने र फोटो खिच्ने बाहेक लामो बार्ता खसै हुन्न । सम्बोधन गर्नु अगाडि बाइडेन पत्नी जिल सँगै मँचमा गएका थिए । जिलले शुरुमा छोँटो सम्बोधन गरेकी थिइन भने बाइडेनले त्यस पछी छोँटो र सामुहिक सम्बोधन गरेका थिए । सम्बोधनको भिडियो जस्ताको तस्तै हेर्नुस यहाँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको राजकीय सम्मान अर्थपूर्ण र ऐतिहासिक देखियो । नेपाली प्रधानमन्त्रीका फितल्ला एजेन्डा र प्रस्तुतिले नेपाल अझै कमजोर भएको कुटनीतिज्ञ र बिज्ञको दाबी !

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा सम्बोधन

दोश जति पञ्चायत र राजालाई, राम्रो जति सबै वहाँहरुले गरेको रे ! 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक