20240928

प्रधानमन्त्रीज्यू, यस्तो बिपतको बेला तपाईँको अमेरिका बसाइ र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईँले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ?

भारी वर्षा, बाढी पहिरो, धनजनको ठुलो क्षति भइरहेको र देश र जनता रोइरहेको यस्तो संवेदनशील बेलामा अमेरिकामा व्यक्तिका घरमा कन्सुलेट उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र केही एमाले कार्यकर्ताहरू पनि । लाज पनि कति लजायो होला भन्दै छन् यो देख्नेहरू ! प्रधानमन्त्रीज्यू, राजदूतावास, परराष्ट्र मन्त्रालय अन्तर्गतको न्युयोर्क स्थित महाबाणिज्यदुताबास कार्यरत रहेको अमेरिकामा, यस्तो बिपतको बेला तपाईँको अमेरिका बसाइ र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईँले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ? तपाईँ त देशको प्रधानमन्त्री हो, सारा जनताको प्रधानमन्त्री हो नि, आफ्नो पद, उचाइको मर्यादा र गरिमा ख्याल गर्नु पर्ने होइन र ?? कृपया तुरुन्त देश फर्केर यो विपत्तिमा नेपाली जनतालाई, पीडितहरूलाई प्रधानमन्त्री भएको आभास दिनुस्, सरकार भएको आभास गराउनुस् । डुबाए डुबाए तपाईँका वरिपरि र घेरामा हुनेहरूले प्रधानमन्त्रीज्यू । यो त पटक्कै हजम भएन दुःख नमान्नुहोला ।

        






अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक