20240915

बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते

 बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पताल निजगढमा उपचार भईरहेको छ । सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर छ जना र सि.टी अस्पताल निजगढ बारामा गम्भीर दुई जनासहित नौ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिनुभएको छ । बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।

त्यसैगरी हिजो राती भएको अर्को एक सवारी दुर्घटनामा मोटरसाईकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको उपचारका लागी बिरगन्ज लैजादै गर्दा मृत्यु भएको छ । निजगढ-८ पूर्व-पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो । मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल बिरगंजमा उपचार भईरहेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक