20240930

बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुग्दा प्रधानमन्त्री नेपाल फर्किए र भने - "यस्तो गरी बाढी आउला भन्ने कल्पना गरिएको थिएन, बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो"


प्रधानमन्त्रीको विरोध गर्ने, कालो झन्डा देखाउन सक्ने भन्दै प्रहरीद्वारा युवाहरु पक्राउ, लोकतन्त्र र गणतन्त्रको यसरी खिल्ली उड्यो ! 

अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको प्रहरी र गृह श्रोतले जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं

उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् । देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विवरणमा उल्लेख छ । बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्‍याएको हो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले गरिरहेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए । 'विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो,' ओलीले भने, 'मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।' सरकारले आफ्नो क्षमताअनुसार उद्धार, राहतलगायतका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने उनको भनाइ थियो । 


 उनले बाढी आउने कुरालाई रोक्न नसकिने जवाफ दिए । “विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, तत्काल सेना प्रहरी खटेर उद्धार कार्य गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो । सूचना गरेर पहिरो जाँदैन,” उनले भने । सरकारले तदारुकताका साथ उद्धार र राहत पुर्‍याउने काम सरकारको भएको बताए । 

ओलीले काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना नगरिएको बताए । “काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन । यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ,” उनले भने ।   

ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्नको जवाफका क्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन् । 

“कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन । हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो,” प्रधानमन्त्रीले भने । विश्वव्यापी समस्यालाई मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भएको ओलीले बताए । क्षति पुर्‍याउने कुरामा हात नभए पनि अल्पविकसित देशले बढी मार भोग्नुपरेकोमा विश्वसमुदायको ध्यान जानुपर्ने धारणा राखिएको उनको भनाइ छ । “जसले बढी बिगारेको छ, उसले क्षतिपूर्ति ब्यहोर्नुपर्छ । जसले बिगारेको छ, त्यसले सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुरा राखिएको छ,” ओलीले भने ।

प्रधानमन्त्रीको विरोध गर्ने, कालो झन्डा देखाउन सक्ने भन्दै प्रहरीद्वारा युवाहरु पक्राउ, लोकतन्त्र र गणतन्त्रको यसरी खिल्ली उड्यो ।    

यता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका बेला तीन युवालाई नियन्त्रणमा लिएको हो । विरोध वा कालो झन्डा देखाउन सक्ने भएकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । 

हेर्नुहोस् तस्बिरहरू

01-Nepal-Police-Security-1727695472.jpg

1-Nepal-Police-Security-1727695473.jpg

Nepal-Police-Security-1727695473.jpg

Secur-1727695472.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक