20240913

काबिल राष्ट्र सेबक, सहसचिव महादेव पन्थ सचिवमा बढुवा


 सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायम मुकायम प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । महादेब सरकारी सेवामा प्रबेश गरे देखि हाल सम्म जहाँ जहाँ रहे उनी काबिल राष्ट्रसेबकको रुपमा चिर परिचित छन । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो । जसमध्ये पन्थलाई सचिवमा बढुवा गरिएको हो । हार्दिक बधाई महादेब पन्तलाई र बधाई तथा शुभकामना पनि नेपाल मदरको तर्फबाट पनि ।  




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक