20240913

बाग्लुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु

बाग्लुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । बाग्लुङ्‍को गलकोट नगरपालिका–२ भुङ्खानीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । गलकोटतर्फ गइरहेको जीप आज बिहान भएको दुर्घटनामा पालिका उपाध्यक्ष बाहेक अरुको सनाखत हुने क्रममा रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनु भएको छ । घाइते भएका १ जनालाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । मृतकहरुलाइ पनि पोष्टमार्टमको लागि बाग्लुङ अस्पतालमा राखिएको छ । रा १ झ २०० सरकारी नम्बर प्लेटको बोलेरो जीप आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक