20240915

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास

 
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन् । गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट AK47 शैलीको बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको छ ।

यसअघि पनि चुनावी प्रचारका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो । गुप्तचर सेवाका एजेन्टले सन्दिग्ध व्यक्तिलाई धेरै पटक गोली हानेको र ती व्यक्ति झारीबाट भागेर कालो निसान कारमा बसेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पले आफू सुरक्षित रहेको बताउनु भएको छ । हिंसाका लागि कुनै ठाउँ नभएको भन्दै ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपतिकी डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिस र उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्चले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक