20240807

Breaking News: एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, पाइलट सहित सवार चारजनाको निधन, चारजना चिनियाँ नागरिक

दुई बस त्रिशुलीमा खसेर बेपत्ता, दुई हप्ता अघि सार्य एयरलाइन्स को जहाज दुर्घटना देखी धेरै दुर्घटना भइरहेका बेला आज फेरी नेपाल मा अर्को दु:खदायी घटना घटेको छ । उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ र पाइलट सहित सवार चारजनाको निधन भएको छ ।      

 नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खसेको थियो । नुवाकोट शिवपुरी ७ मा रहेको जंगलको रुखमा हेलिकोप्टर ठोक्किएको बताइएको छ । हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकसहित पाइलटको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एयर डाइनेस्टीका एकजना उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा हेलिकोप्टर दुर्घटनामा परेको र सबै यात्रुको निधन भएको बताए । एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनीले जानकारी दिएको छ । बाह्रखरीका अनुसार मृत्यु हुनेमा एक जना महिला र चार जना पुरुष रहेको नुवाकोटका एसपी शान्तिराम कोइरालाले जानकारी दिए ।

heli8-1723025191.JPG


heli9-1723025191.JPG

heli3-1723025190.JPG

heli4-1723025190.JPG

heli5-1723025190.JPG

heli6-1723025190.JPG

heli7-1723025190.JPG

heli1-1723025189.JPG

heli2-1723025189.JPG

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक